झापा / बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहामा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बूढाक्षेत्रीको च्यापिएर मृत्यु भएको हो ।गएराति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।उनका अनुसार तीव्रगतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहाको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यस लगत्तै पश्चिमतर्फ सडक छेउमा डिउटी रहे
झापा / पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जनाएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो ।पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ । ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलेजस्तो सुख्खा हुनेगरी सतह घट्दैन । ‘२० सेन्टिमिटर जति बाँध खोल्छौं । यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उनले भने, ‘कल्भर्टको काम सकिनेवित्तिकै बाँध बन्द ह
झापा / प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका –३२ नरेफाँट सत्य साईबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुलकित ठकुरीलाई शुक्रबार राति पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि पछाडिको अङ्क टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जानकारी दिए ।“पक्राउ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चोरी गरेको भेटिएको छ”, उनले भने
झापा / तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् ।नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाएका छन् । कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।नेपाली कांग्रेस, नेकपा ( माओवादी केन्द्र ), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार पुनः ताला लगाउन जाँदा
बिर्तामोड / मिर्गौला रोगबाट ग्रसित झापाकी पत्रकार माया पकवाल ५४ वर्षको निधन भएको छ । उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पववाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘वरुण’ की प्रकाशक र सम्पादक थिइन् ।
बिर्तामोड / सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका -५ कि ३८ वर्षीया निर्मला उराव रहेकी छिन । हिजो बेलुकी सवा ४ बजे प्रदेश २-०१-००१ झ ००२८ नम्बरको एम्बुलेन्सले प्रदेश १-०२-०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकी उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ/ अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले मातृभाषामा कविता महो
बिर्तामोड / मोरङको केरावारी गाउँपालिका ८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ ।उक्त घटनामा संलग्न केरावारी गाउँपालिका ३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे सँगै सो कुरा खुल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सूक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बू सँग वादविवाद भएको तथा लिम्बु
झापा / दाङमा आफूलाई शिव भगवानको भक्त बताउने एक जना धामीले जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का ३५ वर्षीय गोपाल वि क तुलसीपुर १८ खैरेनी टोलकी माता र उनकी भान्जी १४ वर्षीया नाबालिकाको जाहेरीपछि वि क लाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार माघ २९ गते बेलुका धामी झाँक्री बस्न भनेर गएका विकले पहिला ती महिला र पछि उनकी भान्जीलाई जबरजस्ती करणी गरेको भन्दै फागुन ५ गते प्रहरीमा जाहेरी दिएका थिए । ‘म शिवको भक्त हुँ र मलाई देवी देवताले आफूलाई छोएको भन्दै सर्वसाधारणलाई भ्रममा पार
झापा / खोटाङको ऐसेलुखर्क गाउँपालिका- ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका - ६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ वर्षीय दीपक ढुंगाना रहेका छन । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं को मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाण्डु तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक खोटाङ ऐसेलुखर्क -३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.