झापा / वीरगन्ज महानगरपालिका -१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँ २८ लाख ५६ हजार सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी -७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई रहेका छन् । वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन् । उनले चितवन क्षेत्र नम्बर -२ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन दुईबाट मनोनयन दर्ता गर्ने लगभग पक्का भएको पार्टीका नेता दीपक बोहराले जानकारी दिए । उनका अनुसार चितवन -३ लाई पनि विकल्पका रूपमा राखिएको छ । चितवन -२ बाट उम्मेदवारी दिने लगभग पक्का भएको छ, बोहराले भने, निर्वाचन क्षेत्र नम्बर ३ पनि विकल्पको रूपमा छ । दिउँसो २ देखि ३ बजेभित्र मनोनयनपत्र दर्ता हुन्छ ।
बिर्तामोड / मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको इन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्रयाक्टरमा बालुवा लिई फर्कने क्रममा इन्जिनको भाग माथि तर्फ उठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ वर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / झापाको भद्रपुर नगरपालिका -४ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० वर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० वर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका- ४ डांगीवारीबाट पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा बिर्तामोडको ब्यापारिक महल वानस्टेपमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले आगलागी घटनाको पुष्टि गर्दै नियन्त्रणको प्रयास भैरहेको जानकारी दिएका छन। महलको एउटा कपडा पसलमा आगलागी भएको हो ।डीएसपी रुगम कुँवरका अनुसार व्यवसायी सूर्य अधिकारीले सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी भएको हो ।सो ब्यावसाहिको पहिला पनि एक्सल बैक छेउमा सञ्चालन गर्दै आएको कपडा पसलमा दुई वषृअघि पनि आगो लागेको थियो ।
बिर्तामोड / वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडकी एक बालिकाको घटना स्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेतिर परेको चट्याङले लागेर बिर्तामोड –२ चैतुबारीका रुपलाल हस्दाकी ११ वर्षीया छोरी अन्जु हस्दाको घटनास्थलमै मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार कुमाल बस्तीमा रहेको हजुरआमाको घरबाट साइकलमा आफ्नो घरतर्फ फर्किँदै गरेकी अन्जुलाई बाटैमा चट्याङले हानेको थियो ।
दाङ / दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका –३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो ।मृत्यु हुनेमा लमही नगरपालिका –१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीका अनुसार दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको हो । मृतकद्वय लगातारको वर
धनकुटा / धनकुटाको पाख्रिबासमा ५४ वर्षीय उपेन्द्र ठाडाले आफ्ना छोराको हत्या गरेका छन् । पाख्रिबास नगरपालिका –९ का ठाडाले आफ्नो छोरा ३० वर्षीय सन्तोषको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। प्रहरीका अनुसार ठाडाले शुक्रबार बिहान साढे ८ बजे छोराको हत्या गरेका हुन् । घटना घरायसी विवादका कारण भएको जनाइएको छ।
काठमाडौँ / काठमाडौँको चन्द्रागिरिमा ध्यान केन्द्र पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबार साँझ चन्द्रागिरि नगरपालिका –२ देउराली नजिकै रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।पहिरोमा पुरिएर ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।तामाङका अनुसार अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको हो ।
बारा / पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्ज सडकखण्डमा बिहीबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयां मेडिकल चितवनमा र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।मृत्यु हुने अन्य सबैजना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.