समाचार

    Showing 20,121-20,130 of 26,731 items.
  • श्री एयरलाइन्सका सबै उडान स्थगित

    काठमाडौँ / श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।  एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिने छन् । शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौँ नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 495 पटक पढिएको
  • आजको प्रतिनिधिसभा बैठकमा आर्थिक विद्येयकमा छलफल हुने

    काठमाडौँ / आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा आर्थिक विद्येयक २०८० माथि छलफल हुनेछ भने सो विद्येयक माथ प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने विधेयक पारित ग

    • प्रकाशित मितिः असार १७, २०८०
    • 298 पटक पढिएको
  • नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

    काठमाडौँ / नारायणगढ-मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना-५ को तुईनखोला नजिकै गएराति १२ बजे ठुलो पहिरो गएको जिल्ला ट्राफिक कार्यलय चितवनले जानकारी दिएको छ । पहिरो विहीवार र शुक्रबारको भन्दा ठुलो भएकाले पन्छाउन लामो समय लाग्ने देखिएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाउने काम सुरु भएको छ । सडक कहिलेसम्म खुल्ने भन्ने यकिन नभएका कारण यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । पूर्व र पश्चिमबाट काठमाडौँ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ’लाइफलाइन’ पनि भन्ने गरिन्छ ।यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक स

    • प्रकाशित मितिः असार १७, २०८०
    • 421 पटक पढिएको
  • ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीको बयान लिने तयारी

    काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा सङ्गठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो ।सङ्गठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सीआइबीले पक्राउ परेका र पक्राउ पर्न बाँकी सबैलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई सङ्गठित अपराध ऐनअन्तर्गत अनुसन्धानमा सङ्गठित अपराध गरेको ठहर हुने भए किर्ते बाहेकको अर्को मुद्दा पनि लाग्नेछ । प्रहरीले शुक्रबार मी

    • प्रकाशित मितिः असार १७, २०८०
    • 403 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ ।लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट

    • प्रकाशित मितिः असार १७, २०८०
    • 275 पटक पढिएको
  • प्रहरी हिरासतबाट फरार भएका दुई कैदी पक्राउ

    काठमाडौँ / प्रहरी हिरासतबाट फरार भएका दुई कैदी पक्राउ फेरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ढोडरी बर्दियाको हिरासतबाट फरार भएका  बर्दियाको मधुवन नगरपालिका–५ का २० वर्षका राजा नेपाली र १९ वर्षका अजय नेपालीलाई प्रहरीले शनिवार फेरि पक्राउ गरेको हो । ज्यान मार्ने उद्योगको मुद्दामा असार ८ गते पक्राउ परेका उनीहरू शुक्रवार बिहान हिरासतबाट भागेका थिए । मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । उनीहरूलाई प्रहरी उपरीक्षक सुधीरराज शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले जङ्गलबाट पक्राउ गरेको हो । थप अनु

    • प्रकाशित मितिः असार १६, २०८०
    • 231 पटक पढिएको
  • अविरल वर्षा पछि पाल्पामा सिद्धार्थ राजमार्ग पनि अवरुद्ध

    काठमाडौँ  / लगातार अविरल वर्षाका कारण देशभरका बिभिन्न राजमार्ग अवरुद्ध बनिरहेका बेला सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका- १ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भ

    • प्रकाशित मितिः असार १६, २०८०
    • 365 पटक पढिएको
  • बेवारिसे अवस्थामा रहेको २ सय ६२ केजी गाँजा बरामद

    काठमाडौँ / प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका- ७ बाट बेवारिसे अवस्थामा रहेको २ सय ६२ केजी गाँजा बरामद गरेको छ । सुराकको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । जितपुर सिमरा उपमहानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । बरामद भएको उक्त गाँजालाई भारत तर्फ लैजान लागेको आशङ्का गरिएको छ । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाड

    • प्रकाशित मितिः असार १६, २०८०
    • 362 पटक पढिएको
  • ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

    काठमाडौं / भक्तपुरको सूर्यविनायक नगरपालिका- ९ पलासेमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ३३ वर्षीय रामकुमार सार्की रहेको प्रहरीले जनाएको छ । गत असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका भएका सार्कीको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार १६, २०८०
    • 354 पटक पढिएको
  • रौतहटमा आमा र वर्षीया छोरीको हत्या , श्रीमान र ससुरा फरार

    काठमाडौँ / रौतहटको  मौलापुर नगरपालिका- ४ पतौरामा आमा र छोरीको हत्या भएको छ । २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको भएको हो । कविताको शव घरभित्रै र छोरीको शव भने पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साह लगायत परिवारका सदस्यहरू फरार भएका छन् । दाइजोको आरोपमा हत्या हुन सक्ने कविताका माइती पक्षले आरोप लगाएका छन् । तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक-पटक दाइजोका लागि यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताए । ‘बिहेपछि दाइजोमा सुनको औंठी र सिक्री दिन सकिएको थ

    • प्रकाशित मितिः असार १६, २०८०
    • 356 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.