समाचार

    Showing 20,131-20,140 of 26,731 items.
  • दुर्घटनामा ४८ जनाको ज्यान गयाे

    एजन्सी  । पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । ढुवानी कन्टेनर बोकेको लरी सडकबाट ओर्लिएर धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएकाे छ । रिपोर्टका अनुसार क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले घटनाको जानकारी दिएका छन्। उनले शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुगेको बताए

    • प्रकाशित मितिः असार १६, २०८०
    • 272 पटक पढिएको
  • शनिबार बिहान बस दुर्घटनामा २५ जनाको मृत्यु

    एजन्सी  । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ।दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो ।गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो । यसैबीच महाराष्ट्रका मुख्यम

    • प्रकाशित मितिः असार १६, २०८०
    • 280 पटक पढिएको
  • देशभर गिटी र बालुवाको उत्पादन र बिक्री बन्द

    काठमाडौं  ।     देशभर ढुंगा, रोडा, गिटी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेबाट ढुंगा तथा गिटी बालुवाको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो।क्रसर नविकरणमा देखिएको समस्याको स्थायी समाधानको माग गर्दै असार १५ सम्मको अल्टिमेटम दिएपनि गृह मन्त्रालयले आफूहरुको माग सम्बोधन नगरेका कारण असार १६ गतेबाट उद्योग नै बन्द गर्ने घोषणा गरिएको महासंघले जनाएको छ।महासंघका अध्यक्ष सिताराम न्यौपानेले यसअघि आफूहरुले असार १५ गते सम्मको समय दिएको तर, यस अवधिमा सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधन नगरेकाले अस

    • प्रकाशित मितिः असार १६, २०८०
    • 411 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्

    • प्रकाशित मितिः असार १६, २०८०
    • 284 पटक पढिएको
  • पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

    काठमाडौँ । प्रहरीले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रा.लिंका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनी पूर्व सांसदसमेत हुन् ।पप्पु कन्स्ट्रक्सनले बनाउन ठेक्का लिएको काठमाडौँको तीनकुनेको पुल, टेकु र कालिमाटीलाई जोड्ने पुल, पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र हेरियाडी नदीमा बन्दै गरेको पुल अलपत्र रहेको छ ।पप्पु कन्स्ट्रक्सनले विभिन्न राष्ट्रिय आयोजनाको १० अर्ब रुपैयाँभन्दा बढीको ठेक्का लिएर अलपत्र पारेको छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 288 पटक पढिएको
  • आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

    काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा। खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल

    • प्रकाशित मितिः असार १५, २०८०
    • 267 पटक पढिएको
  • करेन्ट लागेर बिर्तामोडमा एकको मृत्यु

    काठमाडौँ / करेन्ट लागेर बिर्तामोडमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ सैनिकमोडका ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । सडक निर्माणको क्रममा उनलाई आज बिहान ७:३० बजे करेन्ट लागेको हो । घैलाडुब्बा–बिर्ताबजार सडकखण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 407 पटक पढिएको
  • पोखरामा बढ्यो प्याराग्लाइडिङ शुल्क , प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने

    काठमाडौँ  / कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दै आएकामा अबदेखि प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्च समाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउँछन् ।पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बत

    • प्रकाशित मितिः असार १५, २०८०
    • 263 पटक पढिएको
  • समलिंगी विवाह दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै परम्परागत रूपमा मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्थामा परिवर्तन आउने भएको छ  । यसअघि विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँदै समलिङ्गीहरूको विवाह दर्ता अस्वीकार गर्दै आएका थिए  । त्यस्तो अवस्थामा समलिंगी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्ति लगायतका व्यवहार र कारोबारमा अड्चन खेप्दै आएका थिए । समलिंगी विवाहलाई दर्ता गर्ने कानुनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि स

    • प्रकाशित मितिः असार १५, २०८०
    • 273 पटक पढिएको
  • पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला

    काठमाडौँ / गण्डकी प्रदेश सरकारको अगुवाइमा आज शुक्रवार सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन । मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्रिया हुने उनले बताइन् । भेलामा अन्तर प्रदेश बीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो ।  भेला दोस्रोपटक गर्न लागिएको हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका

    • प्रकाशित मितिः असार १५, २०८०
    • 213 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.