समाचार

    Showing 20,141-20,150 of 26,731 items.
  • बर्ने चिया कमानका मजदुरलाई रेनकोट वितरण

     दिपेन बिश्वकर्मा  / बुद्धशान्ति / बर्ने चिया कमानमा काम गर्ने मजदुरलाई  आज रेनकोट वितरण गरिएको  छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले ३३० थान रेनकोट वितरण गरेको हो । बर्खाको समयमा परेको पानीमा मजदुरहरूले भिज्दै काम गरेको देखिएका कारण १ लाख ७० हजार बराबरको रेनकोट वितरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । चिया कमानमै गएर रेनकोट वितरण गरिएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले सञ्

    • प्रकाशित मितिः असार १५, २०८०
    • 640 पटक पढिएको
  • राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौँ / कर्णाली प्रदेशको जुम्ला बाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार आज शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको छ ।कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मन

    • प्रकाशित मितिः असार १५, २०८०
    • 190 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकभर आँशिक बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।दिउँसो देशभर पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा

    • प्रकाशित मितिः असार १५, २०८०
    • 348 पटक पढिएको
  • नलगाड नगरपालिका जहाँ सुत्केरी भैँसीलाई दिइन्छ एक हजार भत्ता

    काठमाडौँ / जाजरकोटको नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए।दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए । असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो । वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडा भित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए । उनका अनुसार नगरपाल

    • प्रकाशित मितिः असार १४, २०८०
    • 252 पटक पढिएको
  • नासु तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता लामिछाने पक्राउ

    काठमाडौँ / ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन् । बुधबार कार्यकक्षमा सामान्य विवाद हुँदा आफूलाई हातपात गरेको भन्दै तामाङले उजुरी दिएपछि उनलाई प्रहरी पक्राउ गरेको हो ।लामिछानेविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

    • प्रकाशित मितिः असार १४, २०८०
    • 228 पटक पढिएको
  • २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय प्रति यातायात व्यवसायी आन्दोलित

    काठमाडौँ / २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् । सरकारको उक्त निर्णय हटाउनुपर्ने भन्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले आज बिहानैदेखि काठमाडौंमा विभिन्न सडकमा प्रदर्शन गरेका हुन् । यातायात व्यवसायीहरूले सवारी साधन सडकमा राखेर प्रदर्शन गर्दा उपत्यकाको यातायात प्रभावित भएको छ ।

    • प्रकाशित मितिः असार १४, २०८०
    • 213 पटक पढिएको
  • साउदीमा गोली चल्दा एक नेपाली सुरक्षागार्ड सहित दुई जनाको मृत्यु

    काठमाडौं / साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्ड सहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरूले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ ।मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमे

    • प्रकाशित मितिः असार १४, २०८०
    • 282 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली  रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावन

    • प्रकाशित मितिः असार १४, २०८०
    • 256 पटक पढिएको
  • ११ दिनपछि राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् । उनी मुटुको धड्कनमा समस्या देखिएपछि यही असार २ गते त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । राष्ट्रपतिको मुटुको शल्यक्रिया गरी पेसमेकर राखिएको छ । सबै स्वास्थ्य सूचक सकारात्मक भएपछि डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०८०
    • 175 पटक पढिएको
  • ३० दिनभित्र सहकारीहरूलाई विवरण बुझाउन महानगरको निर्देशन

    काठमाडौं / काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै सहकारी संस्थाहरूलाई आफ्नो विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महानगर अन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो । केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागको सूचनामा उल्लेख छ । 

    • प्रकाशित मितिः असार १३, २०८०
    • 178 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.