समाचार

    Showing 20,161-20,170 of 26,731 items.
  • कीर्ते आरोपमा वाणिज्य बैंकका प्रबन्धक शाही ८ वर्ष जेल

    काठमाडौँ । कीर्ते कागज बनाएर ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन् ।उनका साथै रिजवान अहमदमाथि समेत कैद तथा जरिवाना हुने फैसला भएको छ । विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको विशेष अदालतले जनाएको छ । यसका साथै एक करोड २५ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ ।इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारण गर्न आइतबारको पेसी राखिएको थियो । अदालतले अहमदलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दाका अन्य ६ प्रतिवादी

    • प्रकाशित मितिः असार १२, २०८०
    • 561 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । आज मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मुलुकभर आंशिक बदली  रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी,  बागमती , गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना

    • प्रकाशित मितिः असार १२, २०८०
    • 155 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत स

    • प्रकाशित मितिः असार ११, २०८०
    • 160 पटक पढिएको
  • क्यान्सर रोगबाट पीडित कांग्रेस नेता लामाको निधन

    काठमाडौं / नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । ब्लड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।

    • प्रकाशित मितिः असार ९, २०८०
    • 66 पटक पढिएको
  • पहिरोमा परेकाको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

    झापा / गत शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरूका आफन्तले कुशको शव बनाइ दाहसंस्कार गरेका छन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् ।बेपत्ता भएदेखि नै आफन्त र स्थानीय सहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए । पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८०
    • 80 पटक पढिएको
  • १५ वर्षीया किशोरी पाँच दिनदेखि बेपत्ता

    काठमाडौं  / गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन् । रामेछाप घर भइ हाल बंगलामुखी बस्दै आएकी शोभा बुढाथोकी नाम गरेकी बालिका भाइहरूलाई विद्यालय लैजाने क्रममा बंगलामुखीबाट निस्किए पनि घर नफर्किएको  उनका आफन्त ज्ञानु खत्रीले जानकारी दिए । १५ वर्षीया बुढाथोकीलाई कतै भेटे नजिकको प्रहरीमा खबर अथवा ९८६१६६२११४ मा सम्पर्क गरिदिनु हुन खत्रीले आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 189 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध सहित एक युवक पक्राउ

    बिर्तामोड / झापाको झापा गाउँपालिका- ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन । हिजो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१५ का ३८ बर्षीय अच्युत कुमार मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 175 पटक पढिएको
  • झापामा बसको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु

    बिर्तामोड / झापाको कमल गाउँपालिका- ३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । हिजो बिहान मे।१ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिदा स्थानिय कमल थापाको ५ बर्षीय छोरा जनम चौधरी घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । ठक्कर दिने बस र चालक कमल गाउँपालिका(२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 186 पटक पढिएको
  • सुनसरीबाट यार्सागुम्बा सहित दुई युवक पक्राउ

    बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका(२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ३ बजे  प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको को २ ह १०७ नम्बरको अटोटेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैधरुपमा ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो । यार्सागुम्बा बरामद भए संगै ओसार पसारमा संलग्न रहेकि धरान उपमहानगरपालिका(३ कि ४२ बर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान(१९ का ४३ बर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा

    • प्रकाशित मितिः असार ८, २०८०
    • 246 पटक पढिएको
  • ओखलढुंगामा पहिरोमा परि एकै परिवारका ४ जनाको मृत्यु

    झापा / ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–८ विलन्दुका बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविता र छोरा दिनेशको पनि शव फेला परेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए । गुरूङको घर पहिराले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए ।राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन । वडाध्यक्षको अनुसार घनाबस्ती रहेको ग

    • प्रकाशित मितिः असार ८, २०८०
    • 191 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.