समाचार

    Showing 20,171-20,180 of 26,731 items.
  • गोरखामा जन्ती सवार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

    झापा / गोरखामा जन्ती सवार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा रहेको डिएसपी लिलाराज लामिछाने जानकारी दिएका छन । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ । शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान

    • प्रकाशित मितिः असार ८, २०८०
    • 178 पटक पढिएको
  • अदालतले आदेश नमान्ने मेयर बालेनको घोषणा

    काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतको यस्तो आदेशपछि शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 102 पटक पढिएको
  • दुई फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अभद्र व्यवहार र लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बुढीगंगा गाउँपालिका- ३ का ३४ वर्षीय विशाल सुवेदी र धरान उ-महानगरपालिका- १५  का २८ वर्षीय सजय तामाङ रहेका छन् । सुबेदीलाई अभद्र व्यवहार मुद्दामा  मोरङ जिल्ला अदालतको मिति २०७९ / १० / १२ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र ३ हजार जरिवाना सुनाएको थियो । फरार रहेका सुबेदीलाई पक्राउ गरी कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ । यसै गरी लागुऔषध मुद्दामा फरार रहेका तामाङलाई खोजतलास

    • प्रकाशित मितिः असार ७, २०८०
    • 79 पटक पढिएको
  • पोखरीमा डुबेर १९ वर्षीय पुरुषको मृत्यु

    झापा / पाँचथरको याङवरक गाउँपालिका- ५ गुवापानी स्थितमा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ५ बजे पौडी खेल्ने क्रममा १९ वर्षीय सुमन काम्बाङ बाङ्गे पोखरीमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै घटनास्थलमा प्रहरी टोली खटिगई घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 80 पटक पढिएको
  • ट्रिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बिर्तामोड / मोरङको रंगेली नगरपालिका- ९ फर्साडागी स्थितमा ट्रिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे ना १ क ७२१८ नम्बरको ट्रिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० वर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ वर्षीय दिनेश अधिकारी र ट्रिपर नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 73 पटक पढिएको
  • ‘सकम्बरी’ की कुसुमले अब अभिनेत्रीको रुपमा डेब्यु गर्ने

    काठमाडौं / सकम्बरी बोलको गीतबाट चर्चामा आएकी कुसुम शर्माले अब अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी छन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जीवनी’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ । फिल्म निर्माण  टिमले एउटा पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम र मुख्य कलाकारको बारेमा जानकारी गराइएको हो ।निर्देशक श्रेष्ठ फिल्ममा आर्यनको म्याचोर्ड (परिपक्व) क्यारेक्टर रहेको जानकारी दिए । ‘उहाँले यस अगाडि धेरै लभस्टोरी फिल्ममा काम गर्नुभयो । तर, यो उहाँको करिअरकै फरक लभस्टोरी हुनेछ,’ उनले कुसुमलाई लिनुको कारणबारे पनि भने,

    • प्रकाशित मितिः असार ७, २०८०
    • 67 पटक पढिएको
  • यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते

    झापा / रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना  हुँदा ८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्षीया बालिका बर्षा केसी रहेकी छन् ।उनको बाँया खुट्टामा गम्भीर चोट  लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको जानकारी प्रहरीले जानकारी दिएको छ । घाइतेमध्य ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका हुन् । घाइते सबैलाई उद्धारपछि उपचारका ल

    • प्रकाशित मितिः असार ७, २०८०
    • 81 पटक पढिएको
  • प्राज्ञिक विद्यार्थी परिषद्ले विराटनगरमा शिक्षा कार्यशाला गर्दै

    विराटनगर / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्यशाला गर्ने भएको छ । नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्यशाला सञ्चालन हुने परिषद्ले जनाएको छ । असार ९ गते शनिवार बिहान ११ बजेदेखि मोरङ व्यापार सङ्घमा कार्यशाला सञ्चालन हुने परिषद्का कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग प्रमुख अतिथि रहने कार्यक्रममा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यशालाको टिप्पणीकर्तामा शिक्षाविद् तथा पूर्वाञ्चल विश्वविद्यालयका प

    • प्रकाशित मितिः असार ६, २०८०
    • 1,336 पटक पढिएको
  • कृषिलाई यान्त्रिकरण र आधुनिकीकरण गर्न जरुरी छ : जनार्दन शर्मा

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रमा स्थापित गर्न सकेमात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने बताए । ‘कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्न जरुरी छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नसक्ने हो भने १० वर्षपछि किसान नै रहनेछैनन्’, शर्माले भने, ‘ठुला तथा साना सिँचाइ आयोजनाहरूको विस्तार गरेर कृषि क्षेत्रमा आकर्षण बढाउनुपर्छ ।’कृषि पेन्सन कार्यक्रम कटौती गरेको भन्दै

    • प्रकाशित मितिः असार ६, २०८०
    • 168 पटक पढिएको
  • बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट

    काठमाडौं / नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरू अदालत गएका हुन् । उनीहरूले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेक

    • प्रकाशित मितिः असार ६, २०८०
    • 41 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.