समाचार

    Showing 20,181-20,190 of 26,731 items.
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    झापा / ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । सिरिजङ्गा गाउँपालिका- ३ का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीय श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बुले जानकारी दिए ।मंगलबार राति लक्ष्मणले मापसे गरी श्रीमती निशासँग झगडा गरेका थिए । त्यसक्रममा लक्ष्मणले चिर्पटले उनको टाउकोमा हिर्काएको डीएसपी लिम्बुले बताए। निशाको टाउकोबाट धेरै रक्तश्राव भएकाले मृत्यु भएको हो । ‘मृत्यु हिजै भइसकेको रहेछ। बुधबार बिहान खबर पाएका थियौं,ʼ उनले भने, ‘बाढी पहिरोले सडक अवरूद्ध भएकाले अस्पताल लगेनन्।ʼ घटनाबारे खबर पाएपछि बुधबार बिहान

    • प्रकाशित मितिः असार ६, २०८०
    • 255 पटक पढिएको
  • जिप दुर्घटनामा दुई जनाको मृत्यु

    झापा / बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका- १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।‘दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो, दुर्घटनाको कारण खुलिसकेको छैन,’ उनले भने । जिप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।

    • प्रकाशित मितिः असार ६, २०८०
    • 195 पटक पढिएको
  • कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित तीन जनालाई ९ वर्ष कैद

    काठमाडौँ  / विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मा सहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।विशेष अदालतका अनुसार तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भएको छ ।विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । यसअघिको सुनुवाइमा उनीहरूलाई दोषी ठहर गरिएकोमा आज सजाय तोकिएको छ ।

    • प्रकाशित मितिः असार ६, २०८०
    • 149 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौँ / अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युन

    • प्रकाशित मितिः असार ६, २०८०
    • 173 पटक पढिएको
  • बेवारिसे तथा शंकास्पद अवस्थामा रहेका ६ वटा मोटरसाइकल प्रहरीको नियन्त्रण

    बिर्तामोड  / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बेवारिसे तथा शंकास्पद अवस्थाका ६ वटा मोटरसाइकल नियन्त्रण  लिएको छ । झापाको भद्रपुर नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भद्रपुर नगरपालिका वडा नं. ८ घोडामार चौकदेखि दक्षिणतर्फ जाने सडक खण्डको छेउमा बेवारिसे तथा शंकास्पद अवस्थामा रहेका चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  त्यस्तै भद्रपुर नगरपालिका वडा नं. ८ चन्द्रगढीदेखी भद्रपुर आवत–जावत गर्ने पक्की सडक खण्डको पश्चिम किनारबाट पनि बेवारिसे तथा शंकास्पद अवस्थामा रहेका दुईवटा गरी जम

    • प्रकाशित मितिः असार ६, २०८०
    • 225 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

    झापा  / सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ । मन्त्रिपरिषद्‌को मङ्गलबारको बैठकले बुधबार प्रदेशभरि शोक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा परि निधन भएकाले प्रदेश सरकारले बुधबारका लागि शोक बिदा दिने निर्णय गरेको हो । डडेलधुराबाट गृह जिल्ला बझाङ जाँदै गरेको मन्त्री सिंह सहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडी मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो । दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको दे

    • प्रकाशित मितिः असार ६, २०८०
    • 110 पटक पढिएको
  • कानुनमन्त्री सवार गाडी दुर्घटना : २ जनाको मृत्यु, ३ जनालाई उपचारका लागि नेपालगञ्ज लगियो

    झापा  / सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको छ । घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए ।‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भ

    • प्रकाशित मितिः असार ५, २०८०
    • 182 पटक पढिएको
  • कानुन मन्त्री सिंह सवार गाडी बझाङमा दुर्घटना

    झापा / सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ । डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।उनीहरूको उद्धार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका- १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • 178 पटक पढिएको
  • शल्यक्रिया पछि राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

    काठमाडौँ / मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको छ । पौडेलको मुटुको धड्कन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • 203 पटक पढिएको
  • बाढीपहिरो अपडेट : आजसम्म १० जनाको मृत्यु, २६ बेपत्ता

    काठमाडौं / वर्षा, बाढी र पहिरोका कारण असार महिना यता  आजसम्म नेपालका बिभिन्न भागमा गरि १० जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन् । विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको पनि उनले जानकारी दिए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी  क्षति भएको छ ।गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिन

    • प्रकाशित मितिः असार ५, २०८०
    • 225 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.