समाचार

    Showing 20,201-20,210 of 26,731 items.
  • सोमबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार

    काठमाडौं / नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको हो ।आइतबार पनि छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार ४, २०८०
    • 102 पटक पढिएको
  • लोकप्रिय भिडियो गेम पब्जी बन्द गराउन सरकारसँग सांसद चौधरीको माग

    झापा / लोकप्रिय भिडियो गेम पब्जी बन्द गराउन लोसपा सांसद रामप्रकाश चौधरीले सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरू बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।  ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्’, सांसद चौधरीले संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    • प्रकाशित मितिः असार ४, २०८०
    • 130 पटक पढिएको
  • ताप्लेजुङमा पहिरोमा परेर बाबु-छोराको मृत्यु

    झापा / ताप्लेजुङमा पहिरोमा पुरिएर सोमबार बिहान बाबु–छोराको मृत्यु भएको छ । सिदिङ्वा -६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेशकुमारको मृत्यु भएको हो । पहिरोमा पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । पहिरोमा परेर  थप एकजना गम्भीर घाइते भएका छन् । सोही पहिरोमा परेका राजकुमार राई भने सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुले बताए । गत शनिबार रातीबाट आएको बाढीपहिरोले धेरै धनजनको क्षति गरेको छ । 

    • प्रकाशित मितिः असार ४, २०८०
    • 125 पटक पढिएको
  • हेवा खोलाको बाढीमा बेपत्ता २२ जनाको खुल्यो पहिचान

    झापा / सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।गए राति आएको बाढीले बगाउँदा पाँचखपन- ९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर क

    • प्रकाशित मितिः असार ४, २०८०
    • 121 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसकारण कोशी प्रदेशको केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र देशको बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । आज राति कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि

    • प्रकाशित मितिः असार ४, २०८०
    • 230 पटक पढिएको
  • भन्सार छली ल्याउदैँ गरेको डेढ करोड बराबरको कपडा सहित २ भारतीय पक्राउ

    झापा / भन्सार छली गरेर ल्याइएको ठूलो परिमाणको कपडा सहित दुई जना  भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशबाट बागमती प्रदेश प्रवेश गर्ने हेटौँडाको चुरियामाई प्रमुख नाकाबाट प्रहरीले भन्सार छलि गरेर ल्याइएको कपडा सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रक चालक भारत पञ्जाब राज्य लोदियान जिल्ला ग्राम रसलपुर वडा नं ७ बस्ने ३३ वर्षीय रन्जौद सिंह र सह–चालक बिहार राज्य मोजफरपुर जिल्ला ग्राम माहामाद बस्ने २६ वर्षीय सुधिर मुकार सहनी रहेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरकी इन्चार्ज वरिष्ठ प्रहरी निरीक्षक मञ्जु कुमारी रानाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आइतबार प्याज लो

    • प्रकाशित मितिः असार ३, २०८०
    • 392 पटक पढिएको
  • हेवाखोलामा बेलिब्रिज बनाइने

    झापा / ताप्लेजुङ जिल्लामा यातायात आवागमन खुलाउन हेवाखोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माण गरिने भएको छ ।  त्यहाँ १० दिनभित्र बेलिब्रिज जोडिने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । बेलिब्रिज निर्माण नहुँदासम्म सतहबाटै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने उनले बताए । अवरुद्ध सडक खुलाउन सडक आयोजना कार्यालयहरूलाई भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागबाट निर्देशन दिइसकेको र काम भइरहेको मन्त्री ज्वालाले जानकारी दिए ।

    • प्रकाशित मितिः असार ३, २०८०
    • 352 पटक पढिएको
  • वर्षा र बाढीका कारण १ जनाको मृत्यु २५ बेपत्ता

    झापा / शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक अवरुद्ध हुनुका साथै पुलहरु पनि भत्किएको छ । सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको उनले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी दिए ।ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्य

    • प्रकाशित मितिः असार ३, २०८०
    • 195 पटक पढिएको
  • नेपालगञ्जमा घुस सहित कार्यवाहक वडाध्यक्ष पक्राउ

    झापा / नेपालगञ्जमा घुस रकम सहित वडाध्यक्ष पक्राउ परेका छन् ।  कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग ९ हजार घुस माग्ने नेपालगञ्ज उपमहानगरपालिका- १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया घुस रकम सहित पक्राउ परेका हुन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार ३, २०८०
    • 193 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  र भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ।महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनुका साथै देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।दिउँसो 

    • प्रकाशित मितिः असार ३, २०८०
    • 134 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.