समाचार

    Showing 20,231-20,240 of 26,731 items.
  • मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएकाे छ । मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो।उहालाई बिहान ११ बजे भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ। अहिले राष्ट्रपति पौडेललाई अस्पतालको भिआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको अस्पतालले जनाएको छ। उहालाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको जानकारी दिनुभयाे । गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले यस विषमा आफू नबो

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 156 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटमा सुनुवाइ आज

    काठमाडौं । बाल सेना दुरुपयोगलगायत आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलवार) सुनुवाइ हुँदैछ । पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’विरुद्ध आइतवार सर्वोच्चमा रिट दर्ता भएको थियो ।यसअघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रवार दिएको आदेशअनुसार दर्ता भएको थियो ।रिटमा विष्टले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 101 पटक पढिएको
  • नेपाल एयरलाइन्सको विमान पहिलोपटक गौतमबुद्ध विमानस्थलमा अवतरण

    भैरहवा। नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।  राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुदै काठमाण्डौ जाने छ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबा

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 164 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं   ।   मध्य तथा पश्चिम तराईका भूभागमा तापक्रम तत्काल घट्ने संकेत देखिएको छैन। मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा अझै केही दिन तापक्रम उच्च रहने जनाएको छ।अहिले कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। कोशी तथा बागमती प्रदेशको केही स्थानका साथै मधेश र गण्डकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बा

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 186 पटक पढिएको
  • काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि रोकियो

    जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 163 पटक पढिएको
  • इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुब्यो अध्यक्ष देवकुमार फरार

    बागलुङ     ।    सर्वसाधारणले दुःखजिलोबाट बचत गरेको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेर इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष देवकुमार नेपाली प्रहरी प्रशासनको नाकै मुनिबाट दुई भन्दा लामो समयदेखि फरार छन् ।बचतकर्ताले जम्मा गरेको रकम आर्थिक तरलताको अभाव देखाउँदै रकम फिर्ता गर्न नसक्ने सूचना टाँसेका अध्यक्ष नेपालीले बचत कर्ताको दबाबपछि केही समयभित्र आफ्नो नीजि सम्पत्ति बेचेर रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए । सहकारीका बचतकर्ताको भेला गरेर रकम छ महिनाभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष नेपाली रातारात परिवारसहित फरार भएपछि बचतकर्

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 282 पटक पढिएको
  • त्रिभुवन विमानस्थलबाट चरेस सहित जर्मनी नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८६० ग्राम चरेससहित जर्मनी नागरिक पक्राउ परेका छन् ।टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका ६३ वर्षीय पाउल वेर्स्रट पक्राउ परेका हुन् ।उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला परेको प्रहरीले जनाएको छ ।उनलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं पठाइएको छ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 407 पटक पढिएको
  • लिम्बु भाषाको पाठ्यपुस्तक वितरण

     सरोज निरौला - पथरी, २ जेष्ठ   ।   लोप हुँदै गएको भाषा संरक्षण गर्ने उदेश्यले किरात याक्थुङ चुम्लुङ ईजरायल समितिले पथरी शनिश्चरेका लिम्बु भाषा अध्यापन गराउदै आएका २ वटा विद्यालयलाई लक्षीत गरी करीब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको छ । चन्द« किरातेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्म  र भगीरथ माध्यमिक  विद्यालय पथरी शनिश्चरे ४ का  कक्षा १ देखि कक्षा कक्षा ५ सम्म अध्ययन गरीरहेका करीब ३ सय ६३ विद्यार्थीहरुका लागी पाठ्यपुस्तक उपलब्ध गराइएको हो । किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ ईजरायलबाट प

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 479 पटक पढिएको
  • सीता दाहाल नर्भिक अस्पतालमा भर्ना

    काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाललाइ सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका लागि अस्पताल ल्याइएको चेकजाँच चलिरहेको छ ।सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ।यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 213 पटक पढिएको
  • होटलमा युवा-युवती मृतावस्थामा फेला

    काठमाडौँ । जिल्लाको गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका ९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका ९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका १ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका १० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए ।बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँद

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.