समाचार

    Showing 20,241-20,250 of 26,731 items.
  • साउन १ गतेदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने

    काठमाडौं । निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ ।सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् । पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए । उनीहरुको बायोम्याट्रिकसहित मतदाता नामावली संकलन गरिनेछ । विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन भरेपछि कुटनीतिक नियोगमा पुग

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 207 पटक पढिएको
  • कार दुर्घटनामा ८ जनाको मृत्यु

    काठमाण्डौ । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।साेमबार लु १ च ६३४५ नम्बर को ८ जना सवार कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट खसेको थियो । प्रहरीका अनुसार कारमा लमही ५ का दुई महिला दुई पुरुष र चार बालबालिका सवार रहेका थिए ।दुर्घटनापछि यात्रुहरुलाई उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 448 पटक पढिएको
  • चाइनिज पिपल्स हस्पिटलमा महानगरले लगायो ताला

    काठमाडौँ । दर्ताबिना सञ्चालन हुँदै आएको चाइनिज पिपल्स हस्पिटलमा काठमाडौं महानगरले ताला लगाएको छ ।बौद्धस्थित चाइनिज पिपल्स हस्पिटल प्रा.लि.मा ताला लगाएको हो । नगर प्रहरीका अनुसार दर्ता नगरेकाले उक्त अस्पतालमा ताला लगाएको हो ।सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पताल हालसम्म दर्ता हुन सकेको छैन ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 347 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

    बिराटनगर   ।  झापा, मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अपरान्ह ४ बजे झापाको बिर्तामोड नगरपालिका-१ भगवान चोकबाट बिर्तामोड-४ का ३३ बर्षीय बब्लु शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारे सगै नियन्त्रणमा लिएको हो । यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी-१५ का २० बर्षीय सुरज चौधरीको साथबाट NITROMEC २४० ट

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 313 पटक पढिएको
  • आज अर्थमन्त्री डा. महतले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने

    काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने छ ।आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट)मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 231 पटक पढिएको
  • विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखियोस्

    काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन्।आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औँ बैठकलाई सम्बोधन गर्दै उनले त्यसतर्फ गम्भीर हुन मातहतका निकाय तथा सरोकारवाला निकायलाई निर्देशन दिए।“यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस्”, उनले भने, “के के गर्नुपर्ने हो अहिले नै तयारी गरौँ, ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।”कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहोर्‍याउने गरी काम गर्न पनि आग्रह गरे। उन

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 199 पटक पढिएको
  • सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुन: झडप सुरू

    एजन्शी । सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)को नेतृत्व सम्हालिरहेका उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको समूहबीच आपसी भिडन्त भएको थियो ।युद्धविराम सम्झौताको पछिल्लो शृङ्खलाले राजधानी खार्तुममा फसेका सर्वसाधारणलाई बाहिर जान र खाद्यान्न तथा अन्य आवश्यक सामग्री भण्डारण गर्न मौका दिएको छ ।स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको युद्धविरामको अवधि स

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 217 पटक पढिएको
  • निजामती कर्मचारीलाई टिकटक बनाउन रोक

    काठमाडौं । निजामती कर्मचारीहरुले अब टिकटक बनाउन नपाउने भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको गुनासो आएको भन्दै टिकटक बनाउन रोक लगाएको हो ।कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 254 पटक पढिएको
  • यस वर्षको मनसुनबाट १२ लाख ५० हजार प्रभावित

    काठमाडौं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको समितिको १८ औं बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र र मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्दार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।उपप्रधानमन्त्री एवं गृहमन

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 228 पटक पढिएको
  • निजामती कर्मचारी सङ्गठनले नमस्कार अभियान सञ्चालन गर्ने

    काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ ।सो सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई शिष्टाचारका रुपमा ‘नमस्कार अभियान’ र जनताको तीव्र विकासको चाहनाअनुरुप ‘शीघ्र सेवा–तीव्र विकास’ को नीतिलाई आफूहरु कार्यरत कार्यालयमा कार्यान्वयन गराउने भएको हो । यही जेठ २७ र २८ गते काठमाडौँमा आयोजित सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलाले सो नीतिको कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।भेलाका निष्कर्षहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखनाथ कोइरालाले सरकारले नै

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.