समाचार

    Showing 20,251-20,260 of 26,731 items.
  • गैँडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

    चितवन । चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । हरियाली मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्ने क्रममा आइतबार साँझ उनलाई गैँडाले आक्रमण गरेको हो ।आक्रमणबाट भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुरका झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।गैंडाको आक्रमणपछि झन्डिलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 204 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी, र बागमती प्रदेशको थोरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ ।देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ ।दिउँसो कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 219 पटक पढिएको
  • पूर्व बालसेनाले दिएको रिट सर्वोच्चमा दर्ता

    काठमाण्डौ   ।    पूर्व बालसेनाले हालेको रिट आज सर्वोच्च अदालतमा दर्ता भएको छ। नेकपा (माओवादी केन्द्र)को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै पूर्व बालसेनाहरूले सर्वोच्च अदालतमा रिट दिएका हुन्।पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिटमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहित गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन्।यसअघि सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अ

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 308 पटक पढिएको
  • भारतमा भएको सडक दुर्घटनामा ४ नेपालीको मृत्यु

    कञ्चनपुर । भारत उत्तराखण्डको बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार मध्याह्न कार र दुई स्कुटर ठोक्किँदा चार नेपालीको मृत्यु भएको छ ।दुर्घटनामा परि भीमदत्त नगरपालिका–२ उल्टाखाम र भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्ला अन्तर्गत खटीमा नजिकै मुडेलीमा गरी दोहोरो बसोबास भएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु भएकाहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर मुडेलीतर्फ फर्किरहेका थिए । २ वटा स्कुटरमा गइरहेका उनीहरु चकरपुरमा कारसँग ठोक्किएका हुन् । दुर्घटनामा

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 197 पटक पढिएको
  • बेबारिसे अबस्थामा बन्दुकमा प्रयोग हुने गोली फेला

    काठमाण्डौ । नाला सफाइ गर्ने क्रममा वीरगन्जमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।वीरगन्ज महानगरपालका वडा नम्वर ६ स्थित नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो ।नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कूल १०५ थान गोली फेला परेको पर्सा प्रहरीले जनाएको छ ।फेला परेकोमध्ये ४ वटा गोली बिग्रेको अवस्थामा भेटिएको छ। उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन ।नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 293 पटक पढिएको
  • कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता

    नवलपुर- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले बताए ।नदीमा डुबेर गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् ।गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् । बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहर

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 171 पटक पढिएको
  • राष्ट्रियसभसा अध्यक्ष तिमिल्सिना चीन उडे

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना चीनको औपचारिक भ्रमणमा गएका हुन ।तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना शनिबार राती चीन प्रस्थान  गरेका हुन् ।अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राती १२ः५ बजेको चाईना साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान  गरेका  छन।तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 152 पटक पढिएको
  • जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा

    सर्लाही । जिल्लाको हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा श्रीमान‍्को कुटपिटबाट एक महिलाको मृत्यु भएपछि जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।घरायसी विवादमा श्रीमान् राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षीया इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते भएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो ।इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।  वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएकोमा पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उनलाई फेरि उपचारका लागि जनकपुर अस्पताल ल

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 278 पटक पढिएको
  • बाघको छाला र हड्डीसहित चार जना पक्राउ

    काठमाण्डौ। जिल्लाबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० वर्षीय आशाराम विक, २५ वर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका ३ का २८ वर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।पक्राउ परेकाहरुबाट ९ फिट ६ इञ्च लामो र ५ फिट १० इञ्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८ किलो ४३० ग्रा

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 213 पटक पढिएको
  • अमेजन जंगलमा ४० दिनसम्म चार नाबालकको उद्दार

    काठमाडौँ । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ ।जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन ।कोलम्बियामा यस्तै चमकत्कार भएको छ । देशको राष्ट्रिय सेनाले ४० दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ ।कोलम्बियाका अधिकारीका अनुसार उनीहरूले देशको अमेजन जंगलबाट १३, ९, ४ १ वर्षका बालबालिकालाई गएराति उद्धार गरेका हुन् ।सान होसे डेल ग्व

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 227 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.