झापा / सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ ।सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए । तर, मल्ल भने निर्वाचन क्षेत्र बाडफाँटका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको बताए ।माओवादी पार्टी पदाधिकारीको बुधबारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन
काठमाडौँ / सांसदको महाभियोग समिति बैठक केही घण्ट पर सारिएको छ । सोधपुछका लागि बोलाइएका सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार सर्वोच्च अदालतका न्यायाधीशहरूले सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएका थिए । समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल–कोर्ट) ले चोलेन्द्र शमशेरको महाअभियो
राँझा / भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको हो।शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईका अनुसार रूपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पुर्याइएका थिए। १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा ती बालकलाई भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैला
झापा / काभ्रेमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिका –४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा आमा र छोराछोरीको मृत्यु भएको हो।काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार मृत्यु हुनेमा आमा ६५ वर्षीय ठूलीमाया तामाङ ‘लुदुलुङ’, ४४ वर्षीय छोरा निरबहादुर तामाङ, ४० वर्षीया छोरी सावित्री तामाङ रहेका छन् । निरबहादुर र साबित्रीको घटनास्थलमै मृत्यु भएको थियो भने ठुलीमायाको बनेपाको शिमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रजिअ सुनारले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा राति साढे १ बजेतिर ढुंगा
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबार तथ्यजाँच र पत्रकारिता तालिम सम्पन्न भएको छ । बुद्धशान्ति प्रेस क्लबले आयोजना गरेको तालिम कार्यक्रममा झापाका ३० भन्दा बढि क्रियाशिल पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पत्रकारहरूलाई निर्धक्क रूपले कलम चलाउन आग्रह गरेका छन् । साथै उनले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए । बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको अध्यक्षतामा भएको कार्यक्रम माई संसार डटकमका सञ्चालक उमेश श्रेष्ठले समाचारमा तथ्यजाँच गर्न सकिन्
विराटनगर / प्रदेश १ सरकारले आठौँ संविधान दिवस प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो । जसअनुसार असोज २ गते, प्रदेश भरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गरिने र साँझमा दीपावली गरिने भएको छ । यस्तै ३ गते, विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकक
काठमाडौँ / प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर निर्णय गरेको छ ।समितिको बुधबार बसेको बैठकले राजनीतिक दलका नेताहरूलाई सोधपुछका लागि नबोलाएर जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको हो । समितिमा बयान दिने क्रममा राणाले सर्वोच्च अदालतका न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको नाम लिएर विभिन्न आरोप लगाएका छन् । त्यस्तै जबराले बयानमा एमाले अ
मोरङ / डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर –३ का ३३ वर्षीय विजय दाहाल रहेका छन् । दाहालले मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको रीट समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
बिर्तामोड / झापाको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका –६ का २८ वर्षीय मोहन राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको कोठाबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए । यसैगरी अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका –५ स्थित मेची पुल छेउबाट ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।&nb
मोरङ / मोरङको बुढीगंगाबाट चोरीमा संलग्न रहेका तीन जनालाई चोरी गरेको समान सहित प्रहरीले पक्राउ गरेको छ । गत भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बुढीगंगा गाउँपालिका –६ का २७ वर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ वर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् । उनीहरूको साथबाट प्रहरीले चोरी भएका बिभिन्न किसिमका सुनका गरगहना बरामद गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.