समाचार

    Showing 20,271-20,280 of 25,120 items.
  • पिकअपको ठक्करबाट पदम बहादुरको मृत्यु

    मोरङ / मोरङको बुढीगंगा गाउँपालिका –३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खेदीखोला गाउँपालिका –१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर बस्नेत रहेका छन् । मंगलबार साँझ ७ बजे प्रदेश १–०२–००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री बस्नेतलाई ठक्कर दिँदा उनी घाईते भएका थिए । घाइते बस्नेतको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  दुर्घटनामा संलग्न भेन र चालक विराटनगर –५ का २४ वर्षीय सन्तोष गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 84 पटक पढिएको
  • सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

    झापा / संघीय संसद, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दिन आह्वान गरेको छ । संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले न्यायाधीशमा सिफारिस नीता गौतम, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी दिन आह्वान गरेको हो उजुरीका लागि १० दिनको समय दिइएको छ । सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ। सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 100 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक १ बजे मात्र बस्ने

    काठमाडौं /  प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको हो ।प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारेको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद् बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।त्यस्तै आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहे

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 97 पटक पढिएको
  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं / पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । हाल देशभर कोरोन भाइरसको सक्रिय सङ्क्रमितको संख्या २२३२ रहेको छ ।

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 106 पटक पढिएको
  • सामूहिक बलात्कारको शिकार भइन १६ वर्षीया बालिका

    झापा / मुगुमा १६ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायानाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ । पीडितको उजुरीका आधारमा  बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका- १४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 126 पटक पढिएको
  • धरौटीमा छुटे जातीय विभेद गरेको आरोपमा पक्राउ परेका पुजारी भट्ट

    झापा / कञ्चनपुरमा जातीय विभेद गरेको आरोपमा पक्राउ परेका  पुजारी धरौटीमा रिहा भएका छन् । गत भदौ १६ गते ऋषि पञ्चमीका दिन भीमदत्त नगरपालिका -५ शुकासाल की २८ वर्षीया सन्जु नेपालीलाई  भीमदत्त नगरपालिका-१० गड्डाचौकीका ४५ वर्षीय पुजारी सहदेव भट्टले अपमान गरी जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका थिए । ति महिलाले जातीय विभेद गरेको आरोपमा पुजारी सहदेव भट्टका विरुद्ध भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।पीडितको उजुरीपश्चात आरोपित पुजारीलाई प्रहरीले भदौ १९ गते नै पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको थियो ।प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध भदौ २

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 174 पटक पढिएको
  • नक्कली पेस्तोल देखाएर प्रहरी हौं भनी लुटपाट गर्ने दुई जना पक्राउ

    काठमाडौं / नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका -६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।काठमाडौं महानगरपालिका -३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाइल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरूले अनलाइन मार्फत मोबाइल किन्छु भन्दै पसलमा गई प्रहरी हौं भनी नक्कली पेस्तोल देखाई ३ थान मोबाइल लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 129 पटक पढिएको
  • ओली र चिनियाँ सभामुखबीच भेटवार्ता

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनिँया सभामुख ली चान्सुबीच भेटवार्ता भएको छ ।आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल र चीनका राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको हो ।तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका चिनिँया सभामुख लिले आजै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 174 पटक पढिएको
  • गूप्तचरको प्रमुखमा थापा नियुक्त

    झापा / राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई गूप्तचरको प्रमुखमा नियुक्त गरेको हो ।हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि सरकारले बुधबारदेखि लागू हुने गरी थापालाई नियुक्ति गरेको हो । गुप्तचर विभागको प्रमुखका लागि एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई नै प्रमुख नियुक्त गरेको हो ।सोमबार बसेको बैठकले डिआईजी टेकेन्द्र कार्कीलाई समेत एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । थापापछि जोशी र कार्कीमध्ये एक जना गूप्तचरको आईजीपी बन्नेछन् ।

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 104 पटक पढिएको
  • यस्तो छ आजको मौसम

    काठमाडौँ / आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशभर सामान्य  बदली  रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।देशका पहाडी भू -भागका केही र बाँकी भू -भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.