समाचार

    Showing 20,291-20,300 of 26,731 items.
  • गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ।काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो।सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 265 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 201 पटक पढिएको
  • पर्साको कालीकमाईमा गोली चल्यो, बालक घाइते

    पर्सा । पर्साको कालीकमाई गाउँपालिका-५ बिरञ्चीबर्वामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय ९ वर्षीय बालक श्यामसुन्दर महतो रहेका छन् । वीरञ्चीबर्वास्थित आँपको बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरू खेल्न गएका थिए ।त्यहि बेला बगैंचाधनी ४५ वर्षीय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महतो घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।घुँडामा गोलीको छर्रा लागेर घाइते भएका महतोलाई उपचारका लागि वीरगन्ज लगिएको छ । गोली चलाउने तिवारी भने फ

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 401 पटक पढिएको
  • पशुपतिमा सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत फेला परे

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ । कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताउनुभयो

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 202 पटक पढिएको
  • पाँच दिनदेखि सुनकोशीमा बेपत्ता दुई कर्मचारी र गाडी फेला

    काठमाडौँ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का दुई जना अधिकारीको शव फेला परेको कछ ।घटनाको पाँचौँ दिन सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुवाश थापाको कमाण्डको गोताखोरले सुनकोशीबाट गाडीसहित दुई जनाको शव निकालेको हो । शवको सनाखत हुन बाँकी रहेको थापाले बताए ।भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 583 पटक पढिएको
  • करेण्ट लागेर देविलाल घर्तीको मृत्यु

    बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका २ भैरबुङगा बस्ने ५५ वर्षीय देविलाल घर्तीको करेण्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।सोही ठाउँस्थित बेँसीमा गाई, भैँसी चराउन जाने क्रममा बुर्तिबाङबाट भैरबुङगा लाने नाङगो विद्युतको तारमा छुँदा करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 407 पटक पढिएको
  • भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारीहरू

    काठमाडौँ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीको खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनमा समेत अझैसम्म ती अधिकारीहरूलाई भेट्टाउन सकिएको छैन ।सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलञ्जोर गाउँपालिका ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 466 पटक पढिएको
  • कोशी प्रदेशमा माओवादीका मन्त्रीहरूले राजीनामा दिए

    काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरूले राजीनामा दिएका छन् ।माओवादी कोशी प्रदेश संसदीय दलले नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीका भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाई र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।आज माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गरा

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 377 पटक पढिएको
  • चन्द्रागिरीबाट गाँजा पक्राउ

    काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ बाडभञ्जाङबाट अवैध लागू औषध गाँजाको धुलो दुई किलोग्रामसहित धादिङ गजुरी गाउँपालिका ८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०२–०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 352 पटक पढिएको
  • घुससहित वडाध्यक्ष पक्राउ

    काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडाध्यक्ष सब्दुल मियाँ घुस रकमसहित पक्राउ परेका छन् । उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहँदा पक्राउ गरेको हो ।हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस लिएको अख्तियारले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 423 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.