समाचार

    Showing 20,311-20,320 of 26,731 items.
  • पेट्रोल छर्केर आगो लगाएका ढकालको मृत्यु

    विराटनगर । श्री माध्यमिक विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा फेला परेका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित लेखापाल मनिल ढकालको उपचारका क्रममा मृत्यु भएको छ ।विद्यालयको शौचालयमा जलिरहेको देखेपछि स्थानीयले प्रहरीको सहयोगमा उनको उद्दार गरी तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याएका थिए। कोशी अस्पतालले थप उपचारका लागि काठमाडौंंस्थित वर्न हस्पिटलमा रेफर गरेकोमा उपचारका लागि लैजाने क्रममा शनिबार साँझ ढकालको मृत्यु भएको हो।लेखापाल ढकालले बिषादीजन्य वस्तु सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंलाई खन्याएर आगो लगाएको प्रारम्भिक

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 289 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र च

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 243 पटक पढिएको
  • तराईमा तातो हावा चल्ने, घर बाहिर ननिस्किन सुझाव

    काठमाडौँ । मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्। गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आगामी पाँच दिनसम्म तराईमा तातो हावा चल्ने तथा लु लाग्ने सम्भावना देखिएको जानकारी दिएको हो ।‘आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ’, बुलेटिनमा भनिएको छ, ‘तसर्थ, देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 185 पटक पढिएको
  • गाडीबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु

    भक्तपुर। भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ ।राधेराधेबाट निकोसेरातर्फ  जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो। घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को  सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएकाे छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 397 पटक पढिएको
  • धनगढीमा एक पुरुषले आफ्नै घरमा आगो लगाए

    धनगढी   ।    धनगढीमा एक पुरुषले आफ्नै घरमा आगो लगाएका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाडी डिलासैनी टोलका ५२ वर्षीय बिरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका हुन्। उनले मादक पदार्थ सेवन गरि दुई तले पक्की घरमा शुक्रवार राति आगो लगाएका थिए।आगो लगाउदा कोठा भित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा राति नै आगो पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छ। आगो लगाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 294 पटक पढिएको
  • विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

    विराटनगर   । मोरङको सुन्दरहरैचा नगरपालिकाको श्री माध्यमिक विद्यालयका  विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन्  ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ : ५० बजेतिर भेटिएका हुन् । ढकाल सोही विद्यालयको लेखापाल हुन् । उनी शनिबार (आज ) बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेक

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 254 पटक पढिएको
  • चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 240 पटक पढिएको
  • एमाले नेताको जिम्मेवारी हेरफेर

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्षबाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।शुक्रबार बसेको केन्द्रिय समिति बैठकले नेताहरुको हेरफेर गर्ने निर्णय गर्दै जिम्मेवारी तोकेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजकको जिम्मा दिइएको छ ।बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार कार्यविभाजनमा जिम्मेवारी पाएका नेताहरुले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग पर

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 174 पटक पढिएको
  • भारतमा ट्रेन दुर्घटना २३३ जनाकाे मृत्यु, सयाैं घाइते

    एजेन्शी  ।   भारतको उडिसा राज्यमा धेरै वटा रेल आपसमा ठोक्कएर भएको दुर्घटनामा २ सय ३३ जना भन्दा बढिको मृत्यु भएको छ । घटनामा ९ सय जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।दुर्घटना भएको बालास्वर जिल्लामा घाइतेहरुको उद्दारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जिनाले जानकारी दिएका छन। शुक्रबार मध्यराति एउटा यात्रुवाहक रेल लिकबाट अर्को ट्रयाकमा खसेको र अन्य रेलहरु आएर आपसमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।भारतमा भएको यो दुर्घटना शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो । घटना स्थलमा उद्दारको कार्य चलिरहेकाले मृतकको संख्या

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 389 पटक पढिएको
  • भारतको मणिपुर हिंसा भड्किँदा कम्तीमा ९८ जनाको मृत्यु

    काठमाडौँ । भारतको उत्तर–पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ । मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 263 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.