समाचार

    Showing 20,321-20,330 of 26,731 items.
  • जङ्गली च्याउ खादा दुइको मृत्यु

    धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।जिल्लामा उपचार हुन नसकेपछि हिजो बिहीबार उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 180 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो  देशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रह

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 257 पटक पढिएको
  • टेस्लाका सीईओ एलन मस्क विश्वको धनी व्यक्ति

    एजेन्शी । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन्। टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन्।पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा सोहि समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घट्न पुगेको थियाे। सो घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो।ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएकाे छ। जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहदैँ थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 278 पटक पढिएको
  • दुई दर्जन सहसचिवको सरूवा, भन्सार विभागको महानिर्देशक फेरिए

    काठमाडौं । सरकारले ४४ जना सहसचिव सरुवा गरेको छ । कतिपय शक्तिशाली सहसचिवहरूले सरुवा भएको २२ दिनमै सरूवा बदर गर्न सफल भएका छन् । २०८० वैशाख २० गते  संघीय मामिला तथा सामान्य प्रशासनबाट सहसचिव कमल भट्टराईको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको थियो। मन्त्री सुदन किराँतीले विवादस्पद सहसचिव भन्दै उनलाई मन्त्रालयमा भित्र्याउनै चाहेनन् । उनको सरुवा पत्र पर्यटन मन्त्रालयले बुझ्न नमाने पछि यो बिचमा सहसचिव भट्टराईले चलखेल गरेर सामान्य मन्त्रालयमा थमौती गर्दै प्रवक्ताको समेत जिम्मेवारी लिन सफल भएका छन् ।अघिल्लो साता २२ सहसचिवको सरुवा  गरिएको थियो । जसमा रक्षा मन्त्रालयका स

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 305 पटक पढिएको
  • बालेन एक्कासी भारत भ्रमणमा, कार्यबाहकको जिम्मेवारी डंगोललाई

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत प्रस्थान गरेका छन् ।बिहीबार उनी भारत प्रस्थान गरेका हुन् । उनी के कामको लागि भारत गएका हुन् भन्ने खुलाएका छैनन् ।उनले बिहीबारदेखि उपप्रमुख सुनिता डंगोललाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् । मेयर बालेनले स्वदेश नफर्किँदासम्म महानगरको कार्यबाहक प्रमुखको जिम्मेवारी डंगोललाई दिएका हुन् ।

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 279 पटक पढिएको
  • डाक्टर वसन्त कार्की सुन्धाराको होटलमा मृत फेला

    काठमाडौँ । ओखलढुंगाका डा. वसन्त कार्की सुन्धाराको एक होटलमा मृत अवस्थामा फेला परेका छन्। बुधबार साँझ ६ बजे प्रहरीले डा.कार्कीलाई सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो। महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालकाअनुसार बुधबार साँझ उहाँ होटलको आफू बसिरहेको कोठामा मृत अवस्थामा फेला पारेको थियो।हिजो साँझ ४-५ बजेसम्म बाहिर ननिस्केपछि होटलवालाले ढोका ढकढकाउदा नखुलेपछि प्रहरीलाई खबर गरेको थियो। ढोकाको काँचको छिडीबाट हेर्दा सुतिरहेको अवस्थामा देखेपछि ढोका फोडेर भित्र पस्दा कार्की मृत अवस्थामा थिए।प्रहरीकाअनुसार केही विषका बट्टाहरु पनि सुते

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 373 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको अधिकांश भू-भागको अधिकत

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 253 पटक पढिएको
  • राष्ट्रपतिको निर्णयविरुद्ध अधिवक्ता पुगे सर्वोच्च अदालत

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीतको कदम भएको भन्दै त्यसलाई रोक्न मागसहित रिट लिएर दुई वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् ।पुरानो राष्ट्रपतिले रोकेको विधेयक नयाँ राष्ट्रपतिले जारी गर्न नमिल्ने तर्क गर्दै उनीहरु पुगेका अदालत हुन् ।वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध मुद्दा दर्ता गरेका छन् ।रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 215 पटक पढिएको
  • प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

    एजेन्शी   ।    भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।आजै प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधान

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 276 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

    काठमाण्डौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकारमा बोल्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।प्रचण्डले मोदीको भ्रमण चाँडै हुने आशा व्यक्त गरेका छन् । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताउँदै प्रचण्डले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने बताए ।

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 307 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.