समाचार

    Showing 20,331-20,340 of 26,731 items.
  • प्रधानमन्त्री प्रचण्डले भारतसँग गरेका सम्झौता

    काठमाण्डौ   ।    नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायत समझदारीमा हस्ताक्षर भएको छ ।प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।ट्रिटी ट्रान्जिटको पुनरावलोकन गर्ने सम्झौता भएको छ । त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तिमन्त्री पीयुष गोयबीच सम्झौता आदान प्रदान भएको हो।दुई द

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 171 पटक पढिएको
  • लमजुङ कारागारबाट दुई कैदी बन्दी फरार

    लमजुङ   ।    जिल्ला कारागार लमजुङबाट दुई जना कैदी फरार भएका छन् । सदरमुकाम बेसीशहरस्थित जिल्ला कारागारबाट रातको समयमा उत्तर पश्चिम तर्फको पर्खाल नाघेर दुई जना कैदी फरार भएका हुन् ।भाग्ने कैदीमा गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङ र मध्यनेपाल नपा–४ लमजुङका विनोद विक रहेको कारागार प्रमुख कमलपति अधिकारीले बताए । उनिहरु राती करिव २ वजे प्रहरी सिफ्ट परिवर्तन हुने समयमा भागेका हुन् । विक जबर्जस्ती करणी र डाँका चोरी मुद्धामा र गुरुङ ठगी मुद्धामा कारागार चलान भएका थिए । कैदी फरार भएलगत्तै प्रहरीले खोजीकार्य तीव्र पारेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 279 पटक पढिएको
  • आज विश्व दूध दिवस

    काठमाडाैं। आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन्।विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो।आम जनताबीच दूध

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 284 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।जसकारण हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।साथै मधेस प्रदेश र लु

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 215 पटक पढिएको
  • नागरिकता विधेयक प्रमाणीकरण भएसँगै एनआरएनए खुसी

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ ।सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाइ छ ।“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधँैको न

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 319 पटक पढिएको
  • भारत भ्रमणको उद्देश्य दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउनु हो ; प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताएका छन् ।चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा भएको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।यस क्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 175 पटक पढिएको
  • दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाह्रखम्बास्थित नेपाली दूतावास पुगेका छन्।प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा आयोजित रात्रिभोजमा सरिक हुन प्रधानमन्त्री प्रचण्ड दूतावास पुगेका हुन् ।रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली समुदाय, सञ्चारकर्मीलगायतको सहभागिता छ ।आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री दाहाल होटल मौर्यमा बसेका छन् । दूतावास आउनु अघि प्रधानमन्त्री दाहालले अजित डोभाल, विदेश सचिव विनय मोहन क्वात्रा सँग होटेलमै भेटेका थिए ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 302 पटक पढिएको
  • प्रमाणीकरण भयो नागरिकता विधेयक

    काठमाडौं । अघिल्लो प्रतिनिधिसभाले दुई दुई पटक पारित गरेर प्रमाणिकरणका लागि ततकालिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमणिकरणका लागि पठाएको नागरिकता विद्येयक अन्तत प्रमाणिकरण भएको छ । सरकारको आग्रहमा त्यही विद्येयकलाई अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेका हुन् ।सरकारले मनित्रपरिषद्को बैठकबाटै तत्कालिन राष्ट्रपतिले प्रमाणिकरण नगरी त्यक्तिकै थन्काएर राखेकी उक्त विद्ययेक प्रमाणिकरण गर्न राष्ट्रपति पौडेलसाग आग्रह् गर्ने निर्णय गरेको थियो । त्यसपछि आजै बिहान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विद्येयक प्रमणिकरणका बारेमा र आफनो भारत भ्रमणका बारेमा छलफल

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 435 पटक पढिएको
  • अस्पतालहरुमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् । उनले अस्पतालहरुमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।मन्त्री बस्नेतले सो काम शुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 278 पटक पढिएको
  • प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन् ।भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्न लागेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट प्रचण्ड भारत जाने छन् । प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि आज भारत जान लागेका हुन् ।भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.