काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम
काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानम
नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १३ सिख्रौलीमा रहेको अविनाश हेचरीको गोदाम घरमा आगलागी भएको छ। गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा सोमबार दिउँसो २ बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।पाठकका अनुसार आगलागीबाट दुई करोड ५० हजार रुपैयाँबराबरको धनमाल जलेर क्षति भएको छ। प्रहरी र स्थानीय वासिन्दाले भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकलको सहायताले साढे तीन बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।आगलागीबाट भएको क्षतिको पूर्ण
काठमाडौं । सरकारले गुट्का र सुर्ती प्याक गर्दा प्लास्टिक प्रयोग गर्न नपाइने नीति ल्याएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन् ।महतले २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए । हाल गुट्खा र सुर्ती प्लास्टिकमा प्याक हुँदै आएको छ ।
झापा । सरकारले सांसद् विकास कोष पुनः ब्युत्याएको छ। संसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको हो।निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न भन्दै आठ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ छुट्याइएको बताए।
काठमाडौं । सरकारले केही समयदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कित्ताकाट फूकुवा गर्ने बताएका हुन्। घरजग्गा कारोबारलाई विस्तार गर्न कित्ताकाट फुकुवा गर्ने उनले बताए।घरजग्गाको खरिदबिक्रीलाई परदर्शी र यथार्थपरक बनाउन आगामी वर्ष महानगरपालिका र उपमहानगरपालिकाबाट भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याउने उनले बताए।सरकारले भूमि व्यवस्था मन्त्रालयलाई ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
काठमाण्डौ । आज जेठ १५ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडीखेल)मा बज बिहानै विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाइएको छ ।पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका पदाधिकारी उपस्थित थिए।यो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै र सुरक्षाकर्मीले कवा
काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिवी र पछौटेपनविरुद्धको लडाइँ जित्नुपर्ने बताएका छन् । १६औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताएका हुन् । ´गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिवी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्।राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका हुन्। डिल्लीबजार कारागारबाट उनी सोमवार बिहान छुटेका हुन्। उनलाई लिन समर्थक र आफन्त फुलमालाका साथ कारागार पुगेका थिए। टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार आम माफी दिएपछि उनी रिहा भएका हुन्। राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन्। टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताए । सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.