समाचार

    Showing 20,361-20,370 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं     ।   आज बिहान देशभर पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र वाग्मती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भ

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 125 पटक पढिएको
  • बसबाट यात्रुले हात र टाउको निकाल्दा ज्यान गयो

    काठमाण्डौ   ।   बसको झ्यालबाट हात र टाउको निकाल्दा मकवानपुरमा एकजना यात्रुले ज्यान गुमाएका छन्। मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको हो।बसमा सवार यात्रुको दायाँ हात चुडिँनुको साथै टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पूर्व–पश्चिम राजमार्ग स्थित रजैयामा शनिबार दिउँसो हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा रहेका नामथर ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिएको हो।ट्रकको ठक्करबाट यात्रुको दायाँ हात चुँडिनुको साथै टाउकोमा चोट लागेक

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 45 पटक पढिएको
  • भारत उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै फर्कियो

    काठमाडौं । भारतको बैंग्लुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै पुन: काठमाडौं फर्किएको छ । १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडेको एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाज केही समयपछि पुन: काठमाडौं नै फर्किएको हो ।जहाजमा चरा ठोक्किएको आशंकापछि जहाजलाई पुन काठमाडौं फर्काइएको हो । ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो ।जहाजमा चारा ठोक्किएको पुष्टि भने हुने सकेको छैन । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको विमानस्थलले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 275 पटक पढिएको
  • भारतसँग पेट्रोलियम पाइपलाइन सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौत गर्ने निर्णय गरेको हो ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 169 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको ।देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत स

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 281 पटक पढिएको
  • विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

    विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेश सभाको

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 188 पटक पढिएको
  • १९५० को सन्धि पुनरावलोकन गर्ने विषयमा छलफल

    काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० लाई पुनरावलोकन गर्नुपर्ने विषयमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा जलस्रोत विज्ञ एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नेपाल भारतबीच १९५० मा  भएको भन्दै आएको सन्धिको मूल कागजपत्र कतै पनि फेला नपरेको बताएका छन।उनले हालसम्म उक्त सन्धिबारे भेटिएका कागजात र भनाइहरूमा समेत नेपाल भारतबीचको सीमा नाका खुला हुने कुरा उल्लेख नगरिएको बताउनुहुँदै नेपालले सीमा नाका खुला नगर्ने प्रस्ताव भारत समक्ष राख्न सक्नुपर्ने धारणा राखेका

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 307 पटक पढिएको
  • करेन्ट लागेर एक युवकको मृत्यु

    मनाङ । मनाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङ रहेका छन् ।मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा रोकेर ट्र्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा हातले विद्युत्को नाङ्गो तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए ।‘बाढीपहिराका कारण लत्रिएको विद्युत्को तारमा छोइँदा करेन्ट लागेको हो, करेन्ट लागेर गम्भीर घाइते भएका तामाङका आफन्तले स्वास्थ्य चौकीमा पुर्‍याएका रहेछन्, थप उप

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 193 पटक पढिएको
  • शोभाकान्त अर्थ फर्किए, २२ सहसचिवको सरुवा

    काठमाडौँ । सरकारले २२ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरेको छ । सरुवा हुनेमा केही पुरानादेखि केही नयाँ मिलानसम्म रहेका छन् । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल अर्थ मन्त्रालय गएका छन् भने उनको ठाउँमा सत्य निरूपण तथा मेलमिलाप आयोगका अर्जुन गौतमलाई पठाइएको छ । पौडेल अर्थमा गएसँगै कतिपयले भन्सार विभागको महानिर्देशक हुने आँकलन गरेका छन् तर अर्थ स्रोतका अनुसार उनी केही समय मन्त्रालयमै बस्न र भन्सारमा उत्तर कुमार खत्री जाने चर्चा छ । यद्यपि मन्त्री डा. प्रकाश शरण महतले हाल विभागमै उपमहानिर्देशक रहेका शेवन्तक पोख

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 336 पटक पढिएको
  • शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् ।नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताए। उनले समृद्धिको पूर्वशर्तका रुपमा रहेको सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त भई अनुसन्धान गर्नन नेपाल प्रहरीलाई निर्देशन दिइएको स्पष्ट गरे।नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार र

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 399 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.