समाचार

    Showing 20,371-20,380 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । पछिल्लो समय पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा परिरहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।आज राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरुमा र देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 172 पटक पढिएको
  • शरणार्थी प्रकरणले प्रहरी गुटबन्दी छताछुल्ल, आरोप प्रत्यारोम

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर नै मुछिने सूचना सार्वजनिक भएका छन् । अर्कातिर हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित गर्ने गरी सन्देश र पत्र आदनप्रदान गर्न दिएको खुलेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमाथि प्रश्न उठेको छ ।अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएदेखि नै उनलाई उम्काएको आरोप आईजीपी कुँवरमाथि लागेको थियो । एमाले सांसद रायमाझी पक्राउ पुर्जी जारी भएको दिन गत वैशाख २० मा अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । प्रहरी सुरक्षा घे

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • 201 पटक पढिएको
  • स्कारपिओ दुर्घटना एकको मृत्यु मृत्यु, एक घाइते

    ताप्लेजुङ   ।   ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ। मृतक अंशुमानका ठूला बुवा कृष्ण गुरुङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार मे १ च ७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव ४०\५० मिटर तल खसी दुर्घटना भएको थियो।दुर्घटनामा चालक कृष्णका भाईका छोरा अंशुमनको मृत्यु भएको र सवारी चालक कृष्णको दायाँ आँखाको डिलमा चोट रहेको प्रहरीले बताएको छ। गाडाीमा सवार दुबै जनालाई घटनास्थलबाट उपचारका लागि त

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • 140 पटक पढिएको
  • रुकुममा ट्याक्सि दुर्घटना पाच जनाको मृत्यु

    दाङ । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ।बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।  सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी  छन्। यस्तै वर्ष ५० को देउचन  खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • 172 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। को

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • 196 पटक पढिएको
  • केपी ओली र ईश्वर पोखरेल, योगेश भट्टराई विरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।झापाको गिरिबन्धु टि स्टेट जग्गा प्रकरण, कोरोना खोप आयातको कमिसन र नेपाल भ्रमण वर्ष सचिवालयमा अरबौं अनियमितता भएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको हो ।उजुरीमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई नेताहरु भानुभक्त ढकाल, पद्मा अर्याल लगायतमाथि छानविन गरि कारवाही गर्न माग गरिएको छ । सबै भ्रष्टाचार काण्डहरुको नेतृत्व प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेको र उप्रधानमन्त्री पोखरेल, पर्यटन मन्त्री भट्टराई, स्वास्थ्य मन्त्री

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 363 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर

    काठमाडौं    ।    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। प्रहरीले सोमबार बुझाएको अनुसन्धानको फाइल अध्ययन गरेपछि आज अदालतमा फाइल लगिएको हो।प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य १४ प्रतिवादी बनाएर फाइल बुझाइएको छ।चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। बैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो। प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको छ।  सरकारी वकिल कार्यालयले सरकार कागजत किर

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 192 पटक पढिएको
  • नक्कली शरणार्थी प्रकरण : ओली र देउवासहितका भीभीआईपीलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै उजुरी

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा भीभीआईपी आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै उजुरी परेको छ । केही भीआईपी अभियुक्तलगायतलाई पक्राउ गरी अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा युवराज पौडेल सफलले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवालसहितका भीभीआईपीलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।उजुरीमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका अन्य भीभीआईपीहरु पूर्वप्रधानमन्त्रीहरु ओली र देउवासहित पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, तत्कालीन गृह सचिवसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रम

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 350 पटक पढिएको
  • आज सङ्घीय संसद्को संयुक्त बैठक

    काठमाडौं। सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ ।

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 172 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। मधेश

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 145 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.