समाचार

    Showing 20,401-20,410 of 26,731 items.
  • तीन जना सहकारीका सञ्चालक पक्राउ

    काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले सहकारी सञ्चालक सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी र सहकारीका सञ्चालक केदारनाथ शर्माकी श्रीमती गीता शर्मालाई पक्राउ गरेको छ । गीता शर्मा शिव शिखर सहकारी संस्थाको मुख्य साझेदारी रहेको शिखर अर्गनाइजेसन प्रालिकी निर्देशक हुन् ।सहकारी संस्थाका सदस्यहरुलाई आर्कषक ब्याजको प्रलोभन देखाई बचत, मुद्दती निक्षेप तथा सेयरमा समेत रकम जम्मा गर्न लगाई बचत गरेको रकम तथा मुद्दती खातमा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी निक्षेप रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 190 पटक पढिएको
  • नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने

    काठमाण्डौ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्यका कारण उनले वाचन नगर्ने आशंका गरिएको थियो ।राष्ट्रपति कार्यालय सोतका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल तयार छन् । राष्ट्रपतिले नै प्रस्तुत गर्ने छन । बाहिर आएको कुरा हल्ला मात्र हो राष्ट्रिपतिको सचिवालयले  भनेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बीचमा समस्या आएमा अर्कोलाई वाचन गर्ने दिने तयारी पनि छ ।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । संसद सचिवालयले पनि शुक्रबार राष्ट्रपति पौ

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 96 पटक पढिएको
  • ठूला दलले साना दल र स्वतन्त्र सांसदलाई हेपेको महशुस भएको छ: अमरेशकुमार

    काठमाण्डौ  ।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफूले पहिलो नम्बरमा प्रश्न दर्ता गराए पनि पछाडि पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको उनको आरोप छ । कांग्रेस र एमालेका धेरै सांसदहरुले बोल्न आवश्यक नभएको उल्लेख गर्दै उनले भने, ‘एक नम्बरमा प्रश्न दर्ता गरे पनि ठूला पार्टीले जहिले पनि हेप्ने, स्वतन्त्रलाई बोल्न नदिने, साना पार्टीलाई बोल्न नदिने, आफूलाई नै संसद भवन ठान्ने । संसदमा विचारको प्रतिनिधित्व हुने स्थान रहेको भन्दै उनले भने, ‘काग्रेसको चारजना किन बोल्नुपर्यो ? एमालेको तीनजना किन बोल्नुपर्यो ? एक

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 134 पटक पढिएको
  • भारतको सहयोगमा दुई परियोजना

    काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो ।रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कूल रु आठ करोड ३३ लाख लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 157 पटक पढिएको
  • अनुसन्धानमा बाधा पुग्ने गरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल

    काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम एवं सञ्चारमाध्यमको झल्को दिने गरी भ्रम फैलाउने सामाजिक सञ्जाल (युट्युबरफेसबुकलगायत)बाट दुष्प्रचार भएको बताएको हो ।काउन्सिलले यथेष्ट प्रमाणबिना र अपुष्ट स्रोतरबयानको हवाला दिई घटनासँग असम्बन्धित व्यक्ति, सङ्घसंस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुने गरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजमा भ्रमरअफवाह फैलाउने, अतिरञ्जि

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 87 पटक पढिएको
  • टेकनाथ र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं   ।    काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका छन।भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन ।उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 213 पटक पढिएको
  • बंगलादेशले नेपालबाट बिजुली किन्ने

    काठमाडाैं। बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ। दुई देशबीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो।नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ। नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरि आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ।दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो।

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 101 पटक पढिएको
  • आज ३०औँ मदन-आश्रित स्मृति दिवस

    झापा  ।   नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन-आश्रित स्मृति दिवस मनाउँदै आएको छ । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि आज मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 89 पटक पढिएको
  • विपद् उद्धारका लागि तयारी रहन आईजी अर्यालको निर्देशन

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले मनसुनजन्य विपद्उ द्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको सोमबार निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन् ।मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउनुहुँदै उनले जति धेरै पूर्व तयारी गर्न सक्यौ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथी बन्न सकिने बताए । मुलुकमा आईपर्ने विषम परिस्थितिमा ज

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 105 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाक

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.