समाचार

    Showing 20,411-20,420 of 26,731 items.
  • सत्तासाझेदारि दल सर्वोच्च अदालतको फैसलाविरुद्ध उत्रियो

    काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि सत्ताधारी दल समेत रहेको नागरिक उन्मुक्ति पार्टीले विरोध जनाएको छ ।सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले मंगलबार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाए। फैसलाको विरोध गर्न नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर मण्डला पुगेका थिए । उनीहरूले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।त्यसअघि टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्म

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 87 पटक पढिएको
  • अयोग्य लडाकुलाई दिने भनिएको रकमबारे निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

    झापा । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई/दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो । वैशाख ३१ गते सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।इजलासले सरकारलाई कारण देखाऊ आदेश पनि जारी गरेको छ । यस्तै, जेठ ८ छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 113 पटक पढिएको
  • रेशम चौधरीलाई जन्मकैद फैसला सर्वोच्चद्वारा सदर

    काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।मंगलबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको हो । इजलासले यही प्रकरणमा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 96 पटक पढिएको
  • डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ।म‌गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो । सो

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 197 पटक पढिएको
  • बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप: नेपालराष्ट्र बैंक

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिवाना नलाग्ने गरी तीन महिना थप गर्ने जनाएको छ।शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधा पाउने जनाएको हो।‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना/शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिनेछ,’ सार्वजनिक समीक्ष

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 176 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको मौसमविद् समीर श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने उनले बताए।त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ। पूर्वी तराईका

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 194 पटक पढिएको
  • कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग प्रधानमन्त्री दाहालको छलफल

    काठमाडौं   ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था, आर्थिक परिदृश्य र विदेश नीतिका बारेमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउनुभएको थियो । सङ्घीय संसद्को निर्वाचनको परिणाम गठबन्धन सरकारको पक्षमा द

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 211 पटक पढिएको
  • नेपालमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नाघेको छ : आरजु

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणाले फेक न्युज र फेक मिडिया पराकाष्ठामा पुगेको बताएकी छिन्।प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताएकी छिन्।‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरु गरोस्,’ राणालाई प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन्, ‘र, मेरो नाममा बनाईएको फेक अडियोका बारेमा सत्यतथ्य बाहिर ल्याओस्।’नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो नाम मुछिएर ल्याइएको अडियोका बारेमा

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 228 पटक पढिएको
  • कम्युनिस्ट पार्टीहरू एक हुने बेला आएको छ: नेता नेपाल

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिए भन्दै चिन्ता व्यक्त गरेका छन् ।सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरे।उनले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिष्ट एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए। विकासलाई अघि बढाइरहे पनि चाहेअनुसारको विकास हुन नसकेको उनले बताए।

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 173 पटक पढिएको
  • संसदलाई सभामुखले रायमाझी पक्राउ परेको जानकारी दिए

    काठमाडौं। सभामुख देबराज घिमिरेले सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएका छन्।आइतबार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो। सो जानकारी पछि सभामुख घिमिरले उनी पत्राउ परेका संसदलाइ जानकारी गराएका हुन्।नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए।नक्कली भ

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.