समाचार

    Showing 20,461-20,470 of 26,731 items.
  • जिउँदो सहिद मुकेश कायस्थको निधन

    काभ्रे  ।  दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।२०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 191 पटक पढिएको
  • आजबाट नेकपा एमालेको केन्द्रीय समिति बैठक

    काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ ।गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० वैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 164 पटक पढिएको
  • भारतीयको कुटाइबाट नेपाली युवाको मृत्यु

    भैरहवा  ।   सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ ।स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरी रहन्थे । सोही क्रममा उनी आज बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए । एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताए ।मृतकको आमा पनि पछिपछि जानुभएको थियो, मे

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 96 पटक पढिएको
  • सशस्त्र प्रहरीको बोडर एक्सन साढे २ करोडभन्दा बढी मूल्यको अवैध सामान बरामद

    काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिँदा करीव २४ घण्टाको बीचमा साढे २ करोड बढिको अबैध सामान तथा गाडी बरामद गरेको छ ।सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देश भरीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न यूनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो ।कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित यूनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित यूनिटले २४ घण्टाको बीचमा २

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 203 पटक पढिएको
  • शरणार्थी प्रकरणमा नरेन्द्र केसी पनि पक्राउ

    काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।उनलाई बुधवार बिहान खाँणसँगै पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाँण र उनका सचिवलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ । सार्वजनिक अडियोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रकरणलाई सहज बन

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 163 पटक पढिएको
  • अर्घाखाँची आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुग्यो

    अर्घाखाँची  ।   अर्घाखाँचीमा घरमा लागेको आगो निभाउनेक्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एकजनाको उपचारका क्रममा काठमाडौंमा निधन भएसँगै मृतकको संख्या चार पुगेको हो ।  भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए । भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।  घरमा लागेको आगो निभाउने क्र

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 178 पटक पढिएको
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।प्रहरी स्रोतकाअनुसार खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । उनलाई भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 202 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।त्यस्तै राति देशको पहाडी भू-भागका आंशिक बदली रह

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 165 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई जना पक्राउ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।आज मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विचौलियाको भूमिका खेलेको आरोपमा रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो । थप दुई जनासहित शरणार्थी प्रकरणमा संलग्न भइ पक्राउ पर्नेको संख्या १० जना पुगेको छ ।प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 212 पटक पढिएको
  • झापामा प्रहरीले गोली चलायो दर्जन घाइते

    झापा । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ १२ जना बडि घाइते भएका छन ।प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 618 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.