समाचार

    Showing 20,471-20,480 of 26,731 items.
  • पाल्पामा दुई शव फेला

    काठमाडौँ । पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शब फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा रमाथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो।दुवै शवहरु सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन्।

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 190 पटक पढिएको
  • आज कानून दिवस

    काठमाण्डौ ।  नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ ।नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानूनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका ला

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 169 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    झापा  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।आज (मंगलबार) दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।देशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 220 पटक पढिएको
  • कक्षा १२ को परीक्षा चार लाख ६७ हजार परीक्षार्थीले दिँदै

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए । “परीक्षाका लागि आवश

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 202 पटक पढिएको
  • प्रबेश पत्र पैसा बिना स्कुलले नदिदा कक्षा १२ मा पढ्ने जित बहादुरले जीवन समाप्त गरे

    धादिङ   ।   धादिङको चैनपुर ७ का कक्षा १२ मा पढ्ने १९ वर्षिय जित बहादुर बयलकोटीले आफ्नो जीवन समाप्त गरेका छन । गरिब परिवारबाट रहेका उनी बैशाख २६ बाट सुरु हुने १२ को परिक्षाको लागि परिक्षा प्रबेश पत्र लिन स्कुल गएका थिए ।तर स्कुलका प्रिन्सिपलले पहिला पैसा लिएर आउ अनि मात्रै प्रबेश पत्र दिनेछौं भने पछी उनी साथीहरुकै अगाडी निराश हुँदै घर फर्किएका थिए ।सोही राती उनले आफ्नो जीवन समाप्त गरेको उनको परिवारले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 230 पटक पढिएको
  • राष्ट्र बैंकले हटायो ३ महिनामा मात्रै ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मासिक रुपमा कर्जाको ब्याजदर समेत परिवर्तित आधार दरको आधारमा परिवर्तन गर्नुपर्ने व्यवस्था लागू गरेको छ । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई संसोधन गर्दै केन्द्रीय बैंकले यसअघि कायम एक त्रैमासमा एकपटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था हटाएको हो । यो सँगै अब मासिक रुपमा घटबढ हुने आधारदरसँगै पुराना र नयाँ कर्जाको ब्याजदर पनि घटबढ हुनेछ । विशेषतः पछिल्लो समय मासिक रुपमा घट्दो आधार दरका कारण पुराना ऋणिहरुले कर्जाको ब्याजदर घट्दा राहात पाउने अवस्था बन्नेछ । संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 245 पटक पढिएको
  • राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघको सुझाब बजारलाइ चलायमान बनाउन पुनर्कर्जा दिनुस्

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारलाई चलायमान बनाउन पुनर्कर्जा र कर्जाको पुनर्संरचना गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ। सोमबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसादलाई भेट गरी यस्तो आग्रह गरेको हो ।मौद्रिक नीति २०७९\८० को चौथो त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै महासंघले निक्षेपको व्याजदर घटेसँगै कर्जाको व्याजदर पनि घटाउन आवश्यक उपकरण ल्याउन आग्रह गरेको छ।  आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीहरुमा ऋणको सावाँ ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको, बैंकहरुको खराब कर्जा अनुपात पनि बढेकोले तत्काल पुन

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 237 पटक पढिएको
  • युवराज सफलले हाले रवि विरुद्ध सर्वोच्चमा अर्को रिट

    काठमाण्डौ   ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । यसअघि रवि लामिछानेको नागरिकताको विषयलाई लिएर सर्वोच्च गई उनको सांसद तथा मन्त्री पद खारेज गरिदिएका युवराज सफलले उपनिर्वाचनबाट रवि अत्याधिक मत सहित विजय भएर आएपछि फेरि उनलाई सांसदका रुपमा काम गर्न नदिन भन्दै सर्वोच्च गएका हुन् ।प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सर्वोच्च पुगेका सफलले आफूले विधी र कानुनी राज्यको हितका लािग यस्तो गरेको बताए ।रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि न

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 161 पटक पढिएको
  • आईजीपी कुँवरको अमेरिका भ्रमण रद्द

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणको तरंगपछि नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द भएको छ ।अमेरिकी सरकारको निमन्त्रणामा उनी सोमबार जाने कार्यक्रम तय भएको थियो। तर सरकारले नक्कली शरणार्थी प्रकरणको कारण देखाउँदै भ्रमण नजान भनेपछि  नक्कली भुटानी शरणार्थी प्रकरणको तरंगपछि आईजीपी कुँवरको अमेरिका भ्रमण रद्द भएको छ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 226 पटक पढिएको
  • टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर

    काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले सबै जिल्लामा सर्कुलर गरेको हो ।भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर गत बुधबारदेखि रायमाझी फरार भएका छन् । पूर्व उप्रधानमन्त्री समेत रहेका रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 218 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.