समाचार

    Showing 20,481-20,490 of 26,731 items.
  • प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

    काठमाडौँ । प्रधानन्यायाधीश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि अहिलेका कामु प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको हो । 

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 224 पटक पढिएको
  • नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको जहाज उडाउन रोक लगायो

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ।तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ ।यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज साेमवार फेरि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हु

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 168 पटक पढिएको
  • सांसद अमरेश कुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका स्थानीय नेता विकाश कुमार ठाकुरले सांसद सिंहले अकुत सम्पत्ती आर्जन गरेको दाबी गर्दै सो विषयमा अनुसन्धान गर्न माग गर्दै अख्तियार दु्रुपयोग अनुसन्धान अयोगमा उजुरी दिएका हुन् । नेपाली कांग्रेस परित्याग गरी मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा चुनाव लडेर निर्वाचित भएका सिंह पछिल्लो समय कांग्रेसविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन् । 

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 721 पटक पढिएको
  • अर्थतन्त्र उकास्नका लागि ५०० र १००० का नोटहरू प्रतिबन्ध

    काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले ५०० र हजार रुपैयाँका नोटलाई ब्यान्ड गर्नुपर्ने माग गरेकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले यस्तो माग गरेकी हुन् ।अर्थतन्त्र उकास्नका लागि ५०० र हजारका नोटहरू प्रतिबन्ध गर्नुपर्नेमा उनले जोड दिइन् । उनले सधैँभरि बिरालो बाँधेर श्राद्ध गर्नेतिर जान नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्र उल्लेख गर्न आग्रह गरिन् । किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताइन् ।किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन प

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 324 पटक पढिएको
  • राससले माग्यो सात पत्रकार र चार कर्मचारी

    काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले पत्रकार तथा कर्मचारी माग गरेको छ । आन्तरिक, खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पद पूर्ति गर्ने गरी आवेदन आह्वान गरिएको हो ।पत्रकारितातर्फ ७ जना जनशक्ति माग गरिएको छ भने जसमा ६ उपसम्पादक र १ सहायक समाचार छन् । त्यसैगरी, कम्प्युटर अधिकृत, वरिष्ठ सहायकमा पनि १/१ जना जनशक्ति माग गरिएको छ ।योग्यता पुगेका इच्छुक नेपालीले आगामी जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन।लेकसेवाले सञ्चालन गर्ने परीक्षामा दोब्बर दस्तुर तिरेर पनि जेठ १८ गतेसम्म आवेदन दिन सकिने राससले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 157 पटक पढिएको
  • मन्त्रालयका कर्मचारी बेगनास तालमा मृत भेटिए

    पोखरा । पराराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनास तालमा सोमबार मृत भेटिएका छन् ।  विराटनगर राजवंशी चोकका अनुप भण्डारी   परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा नासुमा कार्यरत थिए । बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो । भण्डारी आइतबार राति मध्यरात १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुम

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 271 पटक पढिएको
  • पशुपतिको शवदाह गृहमा निःशुल्क दाह संस्कार

    काठमाडौं  ।   सरकारले पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा निःशुल्क दाह संस्कारको प्रबन्ध गर्ने भएको छ । आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको कोषका सदस्य सचिव डा. मिलन थापाले जानकारी दिए ।सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेका मध्ये एउटा मात्र सञ्चालनमा रहेका छन् । बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 154 पटक पढिएको
  • संसद बैठकको सुरुमै हंगामा, सांसद सिंह सदनमै नाङ्गै भए

    काठमाडौं । प्रि-बजेटबारे छलफल गर्न प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको हो । बैठकको कारबाही प्रारम्भ भएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले आजको बैठकमा विशेष समयको प्रवन्ध नगरिएको जनाएपछि सांसदहरुले उठेर आपत्ति जनाएका छन् ।सभामुखले विशेष समय नछुट्याएको विरोधमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेका छन् । सभामुखले सदनभित्र सव्य व्यवहार प्रस्तुत गर्न आग्रह गर्दै संसद नियमावलीको नियम ३० अन्तर्गत बैठकमा असव्य व्यवहार नगर्न चेतावनी दिए । सभामुखको चेतावनी पछि सांसद सिंहले आफ्नो कपडा लगाएका छन्

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 269 पटक पढिएको
  • ढाकाकुमारले दिए सर्वोच्चमा उजुरी, आज सुनुवाइ

    काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमी बार्गेनिङ गरेपछि कारबाहीमा परेका रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ सांसद पदमा पुनः बहालीको माग गर्दै सर्वोच्च पुगेका छन्। उनले प्रसाईँसँग २ करोड रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएको थियो । ७२ घण्टाभित्रै रास्वपाले उनलाई कारबाही गरेको हो ।तर श्रेष्ठले संसदीय कानून विपरीत आफूलाई कारबाही गरेको भन्दै पुनः बहालीको माग गरेका हुन् । श्रेष्ठको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनी सांसदबाट हटेको सूचना सभामुखले संसद्लाई जानकारी गराइसकेका छन्। उनको ठाउँमा एसिड आक्रमणमा परेकी विन्दबासिनी कंशाकरलाई सांसद बनाउने निर्णय गरेको छ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 181 पटक पढिएको
  • भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवा नै फर्कियो

    काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो ।भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो । यात्रुहरू जहाजभित्रै छन् ।चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन । जहाज रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 399 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.