समाचार

    Showing 20,491-20,500 of 26,731 items.
  • मुगुमा हिमपहिरो हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ

    काठमाण्डौ   ।  मुगुको च्याखु लेकमा हिमपहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी र बेपत्ता भएकाका आफन्तसहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।  यही २२ वैशाखमा नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 292 पटक पढिएको
  • पेरुको सुनखानीमा आगलागी हुँदा २७ जनाको मृत्यु

    एजेन्शी  ।  पेरुको एक सुनखानीमा आगलागी भएपछि २७ जनाको मृत्यु भएको छ। यो दुर्घटना दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ।दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ। बाँकी अन्यलाई जीवितै उद्दार गर्ने सम्भावना लगभग समाप्त भएको अधिकारीहरुले बताएका छन्। एरिक्पा क्षेत्रको ला एस्पेरान्जा नामक सुनखानीमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ।दुर्घटनाग्रस्त खानीको अध्ययनका लागि ३० जना विशेषज्ञ अधिकारीहरुलाई घटनास्थलतर्फ पठाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। खानी रहेको पहाडी क्षेत्रबाट आगो र धुँवाको मुस्लो निस्किएका दृश्यहरु सार्वजनिक भएका छन्। खानीमा आगलागी भ

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 179 पटक पढिएको
  • भारतमा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

    काठमाडौं  ।   भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।आइतवार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन्। २५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ।राति दुर्घटना भएकाले उद्धार तथा खोजीका लागि उद्धारकर्मी रातभर खटिएका थिए। अझै केही मानिस बेपत्ताको आशंकामा उद्धार कार्य बिहान पनि जारी छ। दुर्घटनाको कारण अझै खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरी रहेको त्यहाँको प्रहरीले जनाएको छ।​ डुंगामा क्षमताभन

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 152 पटक पढिएको
  • आज संबैधानिक परिषदको बैठक बस्दै

    काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ।उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो। उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन।संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो। संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 192 पटक पढिएको
  • ब्याट्री लिलाम प्रकरणमा टेलिकमका वरिष्ठ सहायक लामिछाने दोषी

    काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछाने सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।साथै इजलासले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न आदेश दिएको छ ।लामिछानेमाथि नेपाल टेलिकमको बोलपत्रअन्तर्गत ब्याट्रीको लिलामी समाप्त भएपछि नेपाल टेलिकमका विभिन्न कार्यालयहरूबाट थानकोट स्टोरमा भण्डार गरी राखेको आरोप लगाइएको थियो ।लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोजमा २९ गते विशेष अदालतमा मुद्दा दायर गरे

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 220 पटक पढिएको
  • टुकुचा खोला हो, तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो

    काठमाडौं   ।    उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ ।न्यायाधीशहरू महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गत माघ १८ गते सुनाएको फैसलाको आज सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ । फैसलामा भनिएको छ, “टुकुचा (इच्छुमती) खोला र बागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल हो भनी विद्वान कानून व्यवसायी

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 287 पटक पढिएको
  • आज देश भरिको मौसम

    काठमाडौँ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामा

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 205 पटक पढिएको
  • आज देखी प्रि बजेटका बारेमा छलफल

    काठमाडौँ । आज देखी तीन दिनसम्म प्रि बजेटका बारेमा छलफल हुने भएको छ। हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ।जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिए। उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ।संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छ

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 182 पटक पढिएको
  • आज देखी काठमाडौ महानगरपालिकाले अब्यबस्थित तार हटाउने

    काठमाडौँ । आज देखी काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको सुरु गरिदैँछ। महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो।आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिए

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 262 पटक पढिएको
  • झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतीय पक्राउ

    काठमाडौं  ।   झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार पक्राउ परेकाहरुले नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुटा विवरण पेश गरी

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 219 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.