समाचार

    Showing 20,501-20,510 of 26,731 items.
  • रबिलाइ एमालेले व्यङ्ग्यात्मक टेलिसिरियल बनाउदा प्रधानमन्त्रीको रोल दिने: महेस बस्नेत

    काठमाण्डौ   ।   नेकपा एमालेका नेता महेश बस्नेतले एमाले अहिले कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्ने अवस्थामा नरहेको बताएका छन् । सोमबार कास्कीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका छन।पोलिटब्युरो सदस्यसमेत रहेका बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गर्ने कुनै सम्भावना नरहेको पनि बताएका छन ।एमाले सस्तो लोकप्रियता हुने कुरातिर लाग्दैन, यस्ता स्तरहीन राजनीतिक चेतना भएकालाई एमाले प्रधानमन्त्री बनाउँछ भन्ने कुरा हास्यास्पद हो उनले भने, ‘एमालेको प्रचार विभागले कुनै व्यङ्ग्यात्मक टेलिसिरियल बनायो भन

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 240 पटक पढिएको
  • वलिउड सुपरस्टार अभिनेता आमिर खान नेपालमा

    काठमाडौँ  ।   भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् ।त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । बलिउडमा कयौँ हिट फिल्म दिएका आमिरको नेपालमा पनि थुप्रै फ्यान रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 234 पटक पढिएको
  • प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ गठबन्धन बैठकले यही विषयलाई लिएर पुनः विश्वासको मत लिन आवश्यक नभएको निष्कर्ष निकालेको हो।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले सरकारमा नभएको रास्वपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता नभएको बताए।रास्वपाले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। रास्वपाले समर्थन फिर

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 199 पटक पढिएको
  • बजेट अधिवेशन आजदेखि सुरु

    काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो ।नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै ब

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 181 पटक पढिएको
  • आज पत्रकारिता दिवस

    काठमाडौँ- आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।काठमाण्डौ  ।   आज विभिन्न कार्यक्रम गरी आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहि

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 178 पटक पढिएको
  • हिमपहिरोमा जुम्लाका तीन जना बेपत्ता

    मुगु । हिमपहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउँपालिका२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ। उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको उनले जानकारी दिए । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 196 पटक पढिएको
  • डिभी चिठ्ठाको नतिजा सार्बजनिक

    काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा शनिवार ९ः४५ (मे ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो। डिभी लट्री २०२४ को नतिजा शनिबार सार्वजानिक भएको छ।अमेरिकी डिभी चिठ्ठापरे नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन।इडिभी पर्यो कि परेन भनेर https://www.dvlottery.state.gov/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ।हरेक वर्ष विभि

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 293 पटक पढिएको
  • आज देशका चारवटा प्रदेशमा वर्षा हुने

    काठमाडौं  ।  आइतबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 207 पटक पढिएको
  • दोलखामा भाइले गरे दिदीको हत्या

    काठमाण्डौ । दोलखामा आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छन। ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका–१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 176 पटक पढिएको
  • विराटनगरबाट ४४ तोला सुन र ८ किलो चादी पक्राउ

    मोरङ  ।  विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ।प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन्। विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन्। पुष्पा भने नेपाली नागरिक हुन्। उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ। प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो।को २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी प्र

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 181 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.