समाचार

    Showing 20,511-20,520 of 25,135 items.
  • ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीमाथि गोली प्रहार

    एजेन्सी / ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन बनेका एक खेलाडीको गोली हानी हत्या भएको छ ।ब्राजिलको साओपाउलो नाइट क्लबमा प्रहरीले हानेको गोली  लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गोली हानेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  गोली प्रहार लगत्तै भागेका ती प्रहरीको खोजी भइरहेको छ । टाउकोमा गोली लागेका लोको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । ३३ वर्षीय उनी लो जियु–जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।&nb

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 124 पटक पढिएको
  • ब्राउन सुगरको कारोबारमा संलग्न २ महिला सहित ४ जना पक्राउ

    बिर्तामोड / सुनसरीबाट लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका -४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भूमि गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् । गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिली ग्राम ७ हजार नगद सहित सृजना ओझा

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 137 पटक पढिएको
  • राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उनले बताएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 126 पटक पढिएको
  • बुद्धशान्तिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

    बिर्तामोड / झापाको बुद्धशान्तिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ बस्ने ६२ वर्षीय लक्ष्मीमाया कार्की रहेकी छिन् । आइतबार बेलुका ५ बजे बुद्धशान्ति -२ स्थित रबर बगान नजिक दुर्घटना भएको दुर्घटनामा परि घाइते भएकी कार्कीको उपचारका लागी बिर्तामोड स्थित बि एण्ड सी अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । बुद्धशान्ति -२ स्थित रबर बगानस्थित भित्री सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल चालक ४४ वर्षीय सुमन कार्की सक

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 171 पटक पढिएको
  • आज यी स्थानमा चट्याङ्गसहित भारी वर्षा हुने

    झापा / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।त्यसैगरी आज राति प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू–भागका थोरै स्था

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 60 पटक पढिएको
  • आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ / राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय समेत तोक्ने छन् ।

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 105 पटक पढिएको
  • अवैध सामान सहित पिकअप गाडी र चालक नियन्त्रण

    बिर्तामोड /  झापाको कचनकवल गाउपालिका - ४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट प्रहरीले ७,७८६०० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । नेपालबाट भारत तर्फ अवैध रुपमा भन्सार छली गरि लादैं गरेको २६ कार्टुन बियर (९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर)  साइन फिटो (कोक) १ कार्टुन, स्प्राईट ३ बन्डल (१.५ लि ) कोकाकोला २ बन्डल (१.५ लि ) बरामद गरेको हो ।  बरामद भएको उक्त सामान र को १ च ६२३४ नं को पिकअप चालक इलाम देउमाई नगरपालिका -२ का २३ वर्षीया कपिल मगरलाई इलाका प्रहरी कार्यालय केचना र सशस्त्र प्रहरी बल केचनाबाट खटिएको प्रहरी टोलीले

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 260 पटक पढिएको
  • जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

    झापा /  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग सिफारिस समितिमा पठाइएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले बहुमतले पारित गरेर उक्त प्रस्तावलाई सिफारिस समितिमा पठाएको हो । प्रधानन्यायाधीश जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्क

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 63 पटक पढिएको
  • घाँस काट्न गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

    झापा  / पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 126 पटक पढिएको
  • विदेशी मुद्रासहित दुबई जान लागेका एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

    काठमाडौँ / विभिन्न देशको मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेल रहेका छन् । उनलाई विभिन्न देशको मुद्रा अवैध रुपमा लुकाई छिपाई अन्य मुलुकमा लैजान लागेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय युरो, ४ हजार ४६५ यूएई दिराम र ४ हजार ६५० केन्याको स्टर्लिङ बरामद गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो ।  अन्तर्राष्ट्रिय उ

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.