समाचार

    Showing 20,521-20,530 of 26,731 items.
  • प्याडभित्र लुकाएर ब्राउनसुगर तस्करी गर्ने दिदीबहिनी पक्राउ

    झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगरसहित दुई दिदीबहिनी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । सोनीले लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् ।सोनीसँग ब्राउन सुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 282 पटक पढिएको
  • हेलिकप्टर दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु : अप्डेट

    काठमाण्डौ  ।   संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारका अनुसार मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा अन्य ४ जना घाईते छन्। शुक्रबार दिउँसो १ बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । घाइतेमध्ये व

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 299 पटक पढिएको
  • सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।हेलिकोप्टर दुर्घटनामा चारजना घाइते भएको र दुईजनाको अवस्था सिकिस्त रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले जानकारी दिए । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलको र स्थानीय भविन गुरुङ गम्भीर घाइते थप दुइजना सामान्य घाइते भएका छन । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ । गोला

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 655 पटक पढिएको
  • शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी, सहकारी सञ्चालक पनि मुछिए

    काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् ।पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।पक्राउ पुर्जी जारी भएका हरिभक्त  न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन्।हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीम

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 273 पटक पढिएको
  • टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी प्रकरण षड्यन्त्रपूर्ण छ, निर्दोष फसाउन खोजियो भने सहँदैनौँ; एमाले अध्यक्ष ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन्।प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले निर्दोष फसाउन खोजिए आफूहरुले नसहने चेतावनी दिए । साथै उनले दोषीलाई भने कारबाही हुनुपर्ने बताए। निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने भन्दै ओलीले भने, ‘दोषी

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 495 पटक पढिएको
  • आज देशभर उँभौली पर्व मनाइँदै

    काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँधौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँधौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर ला

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 172 पटक पढिएको
  • माओवादी बैठक बस्दै; भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताउनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उहाँले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही  कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको हो ।प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 351 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ। बैठक पार्टी कार्यालय बसुन्धरामा बस्ने छ ।बैठकमा सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे आवश्यक निर्णय हुने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।यसअघि बसेको रास्वपाको बैठकमा पार्टी अस्पष्ट हुन नहुने भन्दै सरकारबारे ठोस निर्णय हुनुपर्ने नेताहरुले धारणा राखेका थिए ।सोहीअनुसार आज आवश्यक निर्णय गर्नेगरी बैठक तय भएको हो । रास्वपामा सरकारमा सहभागिताको विषयमा दुई धार रहेको छ । एक समूहले सरकारमा सहभागी हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ भने अर्को पक्षलेचाहिँ सरकारलाई दिएको समर्थन फिर

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 200 पटक पढिएको
  • एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान, प्रधानमन्त्री

    काठमाण्डौ  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धमा भौतिकबादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन्।आज २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको समेत जनाएका छन्।आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको छ। बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो, वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्या

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 220 पटक पढिएको
  • आज बुद्ध जयन्ती अर्थात वैशाख शुक्ल पूर्णिमा

    काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्। अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो यस्त

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 236 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.