समाचार

    Showing 20,541-20,550 of 26,731 items.
  • आफैलाइ चोर घोषणा गरे मेयर बालेन शाहले

    काठमाडौं  ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई  चोरको संज्ञा दिएका छन् ।  मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् उनी पनि नया नेतामा पर्छन। उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, 'नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।' पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । पछिल्लो समय उनले नेताहरुको विरोध गर्दै आइरहेका छन यसपाली भने उनले आफै

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 325 पटक पढिएको
  • सांसद कोइरीको पद गयो, अदालतबाट पक्राउ पुर्जी

    काठमाण्डौ । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन् ।सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो  । कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 156 पटक पढिएको
  • चितवनका पोल्ट्री व्यवसायी कँडेल अफिसमा मृत भेटिए

    चितवन । व्यवसायीसमेत रहेका नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष  शंकर कँडेल नारायणगढ बेलचोकस्थित आफ्नै व्यवसायिक अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीद्वारा सञ्चालित अनमोल फिड्स उद्योग आर्थिक समस्याका कारण बेचेको र बैंकले कालो सूचीमा राखेको लगायतका समस्या पनि भएको बताइएको छ ।उनी नेपाली काँग्रेस वर्तमान महासमिति सदस्य पनि हुन् भने चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा चिनिएका व्यवसायी मानिन्थे । उनी त्यो अवस्थामा मृत भेटिएपछि प्रहरीले

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 324 पटक पढिएको
  • एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरूपमा खुलेको छ ।धुनीबेँसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो ।भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 173 पटक पढिएको
  • सरकारले मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने

    काठमाडौं । सरकारले मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने भएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले  मिटरब्याजी दिर्घकालिन समस्या समाधानका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको बताईन् ।मन्त्री शर्माले बैठकमा नेपाल ऐनलगायत केही ऐन संशोधन गर्ने विषयको बारेमा पनि छलफल भएको बताईन् ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 163 पटक पढिएको
  • नेपाल च्याम्पियन बन्दै एसिया कपमा

    काठमाडौं । नेपाल र युएईबीच आज बिहान भएको एसीसी प्रिमियर कप क्रिकेट खेलमा युएईलाइ पराजित गर्दै नेपाल विजयी बनेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान भएको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी बनेको हो । यो जितसँगै नेपालले एसिया कपमा आफ्नो स्थान बनाएको छ ।सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । वर्षाका कारण खेल रोकिएपछि आज सोमबारकै ओभरबाट खेल सुरु गरी नेपाललाई ११८ रनको चुनौती दिएको थियो ।उक्त लक्ष्यमा ३०.३ ओभरमा ३ विकेट गुमाउँदै नेपालले युएईले दिएको

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 179 पटक पढिएको
  • फरार कोइरी सांसदबाट निलम्बित

    काठमाडौं  ।   प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। संसद सचिवालयले उनलाई निलम्बन गरेको हो। प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई कोइरीबारे आइतवार जानकारी गराएको थियो। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी बिरामी भएको भन्दै बिदाको प्रस्ताव गरेका थिए। तर, सत्तारुढ दलका सांसदले आपत्ति जनाएपछि उनी फरार सूचीमा रहेकोबारे नयाँ नियमावली बनेपछि जानकारी नआएको घिमिरेले बताएका थिए। यसअघि पुस ७ गते पनि कोइरीको बारेमा प्रहरीले संसदलाई पत्राचार गरेको थियो। शपथ नै रोक्नुपर्ने भन्दै प्रहरीले संसदलाई पत्र लेखेक

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 181 पटक पढिएको
  • राष्ट्रपतिले आफनो उपचार खर्च आफै ब्योहोर्ने, सरकारलाइ भार नदिने

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्योर्होने भएका छन। राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन।‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।छात्तिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए। १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्केका हुन।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 184 पटक पढिएको
  • पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित पक्राउ

    काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो। उनी माथी सोधपुछ अनुसन्धान सुरु भएको छ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 180 पटक पढिएको
  • उपचारका क्रममा रवि लामिछानेका चालकको निधन

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान  पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो। घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका च

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.