समाचार

    Showing 20,551-20,560 of 26,731 items.
  • भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

    काठमाडौं  ।   भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटेको नयाँ मूल्य सूची पठाएको छ।आइओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेललगायत इन्धनको मूल्य घटेको हो।नयाँ मूल्यसूचीअनुसार प्रति लिटर पेट्रोलको मूल्य ४ रुपैयाँ ३३ पैसा र प्रति लिटर डिजलको मूल्य ४ रुपैयाँ ११ पैसाले घटेको छ।निगम र आइओसीबीच १५/१५ दिनमा नयाँ मूल्य कायम हुने सम्झौता छ। जसअनुसार आइओसीले मे १ तारिखमा इन्धनको नयाँ मूल्य सूची पठाएको हो।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 163 पटक पढिएको
  • रास्वपाको संसदीय दलको सचेतकमा डाँगी चयन

    काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।रास्वपाको संसदीय दलको सोमबार बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 155 पटक पढिएको
  • अखाद्य बस्तु हाली मह उत्पादन गर्ने कम्पनि गार्डेन एपिएरी उद्याेग प्रालि सिल

    काठमाण्डौ  ।  बुढानीलकण्ठ नगरपालिका वडा नं २ बँदेलीमा रहेकाे गार्डेन एपिएरी उद्याेग प्रालिले अखाद्य बस्तु हाली मह उत्पादन गरेर बिक्री वितरण गरेकाे पाइएकाे छ ।बुढानीलकण्ठ वडा नं. २ बस्ने  पवन सत्यालले संचालन गरेको  साे उद्याेगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बिक्रीबितरण गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएकाे थियाे ।गाेप्य सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट परिचालित प्रहरी टोली र स्थानिय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा  अबैध मह र अबैध मह उत्पादन गर्ने कच्चा पदार्थ फेला परेको थियो।अवैध काम गरेकाे भेटिएपछि संच

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 232 पटक पढिएको
  • रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन

    काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पुनःपार्टी संसदीयदलको नेतामा चयन भएका छन ।सोमबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेताबनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।उनले भने ‘रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय भएको छ। सरकारमा जाने नजानेबारे छलफल भइरहेको छ तर यस विषयमा ठोस निर्णय भै सकेको छैन्।’ सोमबार बसेको संसदीयदलको बैठकले लामिछानेलाई संसदीयदलको नेता चयन गर्ने निर्णय अनुमोदन गरेको उनले बताए।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 256 पटक पढिएको
  • सरकार र महावीर पुनबीच सातबुँदे सहमति

    काठमाडौँ  ।   सरकार र विभिन्न माग राखी धर्नामा बस्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति भएको छ ।प्रधानमन्त्रीलाई सम्बोधन गरी अध्यक्ष पुनले दिनुभएको ज्ञापनपत्रमा उल्लेखित मागमा उपप्रधानमन्त्री तथा रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग भएको छलफल बमोजिम प्रधानमन्त्रीको निर्देशनमा आज सहमति भएको हो ।सहमति अनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास,नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गरिने भएको छ ।यसैगरी कोषको व

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 285 पटक पढिएको
  • रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा दिए

    काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आफूविरुद्ध मुद्दा चलाउने प्रमाण नभएको निर्णय गरेका कारण उक्त निर्णयविरुद्ध दायर रिट निवेदन खारेज हुनुपर्ने माग गरिएको छ ।लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेज हुनुपर्ने माग गर्दै दायर भएका रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले विपक्षी लामिछानेसँग लिखित जवाफ माग गरेको थियो

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 255 पटक पढिएको
  • डीआइजीको निर्देशनमा स्याउका गाडी नियन्त्रण हुदा, झापाको सशस्त्र प्रहरी र नेपाल प्रहरी बेखबर

    झापा । झापा जिल्ला देखि सीमा क्षेत्रसम्म तैनाथ रहेको सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको आइतबार राती सशस्त्रले स्याउ र गाडी नियन्त्रणमा लिएसगै घटनाको खुलासा भएको छ। उक्त नाकाबाट भन्सार छलेर विगत  देखि ठूलो परिणाममा चाइनिज स्याउ भारत तस्करी भइरहेको सूचना सशस्त्र प्रहरी नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले थाहा पाए सगै घटना बाहिर आएको हो। पूर्वीका सीमा नाकाहरूबाट हुने चोरी तस्करी रोकथाम तथा नियन्त्रणमा अभियाननै चलाएका  डीआइजी पोखरेलले कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको स

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 2,372 पटक पढिएको
  • आज मजदूर दिवस देशभरी सार्वजनिक बिदा

    काठमाडौं । सरकारले बैशाख १८ गते देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार(आज) मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिने भएको हो ।सार्वजनिक बिदा भएसँगै  बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 158 पटक पढिएको
  • देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान; राष्ट्रपति पौडेल

    काठमाडौं  ।  राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने वहाँले विश्वास व्यक्त गर्नुभएको छ ।नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 162 पटक पढिएको
  • अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना

    काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ ।प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ ।“राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.