काठमाडौँ । यातायात व्यवस्था विभागले नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले दर्ता व्यवस्था गरेको हो ।नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे हो ।नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल यात्रीको दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।त्यस्तै न
काठमाडौँ । बाग्लुङ बडिगाड गाउँपालिकाकी निरा पाण्डे आचार्यको हत्या रहस्यमय बन्दै गएको छ।कपनस्थित सरस्वती नगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलभित्रै ३५ वर्षीया आचार्यको ८ वैशाखमा चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो ।आचार्यको बीभत्स हत्या भएको एक साता बढी बितिसक्दा पनि प्रहरीले हत्याराबारे अझैसम्म कुनै क्लु समेत फेला पार्न सकेको छैन ।निराका आफन्तले भने हत्यारा छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिन थालेका छन् । निराका आफन्तले निराको हत्या भएको पसलअगाडि नै धर्नासमेत दिन थालेका छन् ।दबाब स्वरूप आज सरस्वती नगर, कपन हत्या भएको पसल अगाडि बाटो बन्द गरेर स्थानीय र आफन्तले प्रदर्शन गर
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुक पेट्रोल पम्प सिल गरेको छ । सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदा विष्णुमती खोलाको पुल नजिकै रहेको उक्त पेट्रोल पम्पलाई महानगरले बिहीबार सिल गगरेको हो ।महानगर प्रहरी प्रमुख राजु पाण्डेले मापदण्ड विपरीत सञ्चालनमा आएकोले पम्प सिल गरिएको जानकारी दिए । उक्त पेट्रोलपम्प साढे ४ तले घरको भुइँतल्लामा सञ्चालनमा थियो ।नेपाल आयल निगमको बिक्रेता विनियमावली २०६५ काअनुसार नगरपालिका भित्र पम्प सञ्चालनका लागि कम्तिमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमिन आवश्यक हुन्छ ।आगलागी हुन सक्ने जोखिमलाई ध्यान राख्दै एक हजार लिटरको पानी ट्यांकी, १० किलो क्षम
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताउनुभयो ।बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उहाँमाथि आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ । कडा सुरक्षा घेराबीचमा कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उहाँले बताउनुभयो ।
झापा । बुद्धशान्ति बुधबारेमा नेकपा एमाले बुद्धशान्ति गाउँकमिटिको आयोजनामा बृहत कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । सयाँैको संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यत रहेको थियो ।कार्यक्रममा पूर्व सभामुख तथा वरिष्ठ नेता सुवास नेम्बाङको आतिथ्यता र पार्टीका बुद्धशान्ति अध्यक्ष नेत्र रिजालको अध्यक्षता रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा एमाले पार्टी देशको लोकप्रिय र देश विकासका लागि एमाले पार्टीको विकल्प नरहेको पार्टी अध्यक्ष केपी ओलीले बताएका छन् । 
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।आजको बैठकमा सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनि सदस्यहरुको नामावली सहितको प्रस्ताव पेशगर्ने कार्यसूची रहेको छ ।यसैगरी, आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोध
काठमाडौँ । ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी गराएका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए।एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो।
मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका वडा न. ३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाई समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो।ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न १३ जना बालिकाहरुलाई सोमबार नियन्त्रणमा लिएको हो। मंगलबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ द
काठमाडौं । नेकपा (एमाले)ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ।केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए। एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो।उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो। उक्त अभियान यही वैशाख १० गते सकिएको छ। सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.