समाचार

    Showing 20,601-20,610 of 26,731 items.
  • रास्वपाका सभापति लामिछाने चितवन -२ बाट विजयी

    चितवन   ।   चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गर्नुभयो ।चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बद

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 315 पटक पढिएको
  • उपनिर्वाचन बारा-२ बाट जसपा अध्यक्ष यादव विजयी

    बारा  ।   बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी हुनुभएको छ । यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।उहाँका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गर्नुभएको हो । त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गर्नुभयो ।बारा-२ मा कुल ६९ ह

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 205 पटक पढिएको
  • रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्दै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका छन ।  चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका छन।सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन सभापति लामिछानेले भने, सरकारमा जाने त सम्भावनै छैन। सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।सभापति लामिछानेले भने काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने नयाँ सरकारको त

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 78 पटक पढिएको
  • मेयर बालेनको आदेशपछी १६ औं दिनमा उठ्यो सिंहदरबारको फोहोर

    काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउन थालेको छ ।फोहोर संकलन रोकिएको १६ औं दिनबाट ती स्थानको फोहोर उठाउन थालिएको हो । सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका प्रमुख व्यवस्थापक तथा फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र साहले टेलिफोन गरेर फोहोर उठाउन निर्देशन दिएका थिए ।मेयर बालेनको निर्देशन आउनेबित्तिकै सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति निवासको फोहोर उठाउन थालेको छ। सोमबार साँझसम्म सिंहदरबारको फोहोर पुरै उठ्यो। बालुवाटार तथा राष

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 174 पटक पढिएको
  • आज विश्व मलेरिया(औंलो) दिवस

    काठमाडौं  ।   आज विश्व मलेरिया दिवस। शून्य मलेरिया प्रदान गर्ने समय, लगानी, आविष्कार र कार्यान्वयन भन्ने नाराका साथ विश्वभरी मनाइँदैछ।लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ। यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औंलो) दिवस मनाइँदै छ।नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ-सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारि फैलाउने गर्दछन्।यसबारे कतिपय विक

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 208 पटक पढिएको
  • जग्गाको कित्ताकाट निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहीँ ५ गते नेपाल सरकार मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।काठमाण्डौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहीँ ५ गते नेपाल सरकार मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन । नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको महासङ्घको टोलीले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालसँग भेट गरी विभिन्न छ बुँदे मागसहितको सुझाव कार्यान्वयन पत्र बुझ्दै उहाँले यस्तो निर्देशन दिए

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 283 पटक पढिएको
  • सोमबार राति त्रसित गराएको फ्लाइ दुबईको सहज ल्यान्डिङ

    काठमाडौं   ।  सोमबार राति उडिरहेको विमानबाट निस्केको आवाज र देखिएको आगोले काठमाडौं त्रसित बन्यो। धेरैले डरलाग्दो दुर्घटना नजिकिँदै गरेको अनुभूति गरेका थिए। सोसल मिडियामा विमानको  दृश्य पनि फैलियो, सबैले कामना गरे कि विमान सकुशल उत्रियोस्, यात्रुहरु सकुशल रहुन्।विमानलाई ‘लाइभ ट्र्याक’ गर्ने वेबसाइट ‘फ्लाइट राडर २४’मा पनि उत्तिकै झुम्मिए मानिसहरु। विमानले काठमाडौं ल्यान्ड गर्न प्रयास पनि गरेको देखियो। केही बेर काठमाडौंको फन्का लगाएपछि विमान पश्चिम नेपाल हुँदै भारत तिर लाग्यो। त्यतिखेर विमान आफ्नो सेड्युल अनुसार नै अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दियो। आत्ति

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 381 पटक पढिएको
  • उपनिर्वाचन तनहुँ क्षेत्र न. १ मा रास्वपाका डा. वाग्ले विजयी

    काठमाण्डौ  ।   तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन ।वाग्ले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन ।वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्र प्राप्त गरेका छन ।तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका हुन। 

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 323 पटक पढिएको
  • आइतबार परेको चट्याङ लागेर नौ जनाको मृत्यु

    एजेन्सी  । बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा चट््याङ र मेघगर्जनसहित भारी वर्षासमेत भएको थियो । चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ ।चट्याङका कारण भएका अधिकांश मृत्युमा आफ्नो खेतबारीमा काम गरिरहेका ग्रामीण किसान परेका अधिकारीले बताएका छन् । सुख्खा यामदेखि वर्षायामसम्म मौसम परिवर्तन हुने भएकाले वर्षको यो समयमा घना बस्ती भएको दक्षिण एशियाली मुलुकमा चट्याङका कारण सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।बङ्गलादेशमा चट्

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 125 पटक पढिएको
  • फ्लाइ दुबई सुरक्षित, गन्तव्यतर्फ लाग्यो विमान

    काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।काठमाडौं विमानस्थलबाट उडान भर्ने बित्तिकै एउटा इन्जिनमा आगो देखिए पनि फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ । विमानमा देखिएको प्राविधिक समस्या हल भएपछि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६  भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो।असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्को इन्जिन ठीक रहेकाले

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 369 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.