समाचार

    Showing 20,631-20,640 of 26,731 items.
  • बाराको मतदान केन्द्रबाट ४ जना पक्राउ

    बारा । बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मतदान भने जारी छ अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 269 पटक पढिएको
  • पाल्पामा बस दुर्घटना, करिब २ सय ५० मिटर तल खस्यो

    पाल्पा  ।   बुटवलबाट बाग्लुङ जादै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका ५ जोरधारा नजिक दुर्घटना भएको छ ।बस सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ । दुर्घटनमा प्रहरी पुगेर उद्धार भइरहेको छ ।  करिब ९ः ४५ बजे तिर दुर्घटना भएको थियो।प्रहरीका अनुसार दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने ३६ जना यात्रु घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ।

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 178 पटक पढिएको
  • उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने, राती नौ बजेवाट मतगणना

    काठमाडौ । निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बैशाख १० गते हुने उपनिर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको हो । तनहुँ १, चितवन २ र बारा २ मा आज उपनिर्वाचन सकिएपछि १३ गतेभित्र तिनै क्षेत्रको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । यसअघि निर्वाचनमा अन्तिम परिणाम आउन कम्तीमा ६ देखि ७ दिन लाग्ने गरेको थियो । आज बेलुका ८ बजेभित्र सबै ठाउँको मतपेटिका मतगणना स्थल पुर्याएर ढिलोमा ९ बजेदेखी गणना सुरु गर्ने गरि तयारी भैरहेको छ । चुनाव हुन लागेको मध्य चितवन–२ को इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका तथा तनहुँ–१ को केही वडाक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 230 पटक पढिएको
  • अमृतपालसिंह भारत मै पक्राउ

    काठमाण्डौ  ।  लामो समयदेखि फरार रहेको भनिएका  वारिस पञ्जाब दे सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब  प्रहरीले भारतबाटै पक्राउ गरेको हो ।     पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट यसको पुष्टि गर्दै अमृतलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ । प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ ।सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए । १८ मार्चदेखि उनी फरार रहेका थिए । सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत खोजी गरिदिन पत्राचारसमेत गरेको थियो

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 248 पटक पढिएको
  • आज उपनिर्वाचन हुदै

    काठमाडौं  ।   बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले,  बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 242 पटक पढिएको
  • चलचित्र छक्का पञ्जा ४ ले मनायो ५१ औ दिन

    काठमाण्डौ  ।  गत बर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा ४ ले प्रदर्शनको एकाउन्न दिन सफलताका साथ पार गरेको छ।आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मले शनिबार देशभरका १६ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ।डिजिटल युगमा आजभोलि नेपाली फिल्मलाई एक साता पनि हलमा टिक्न हम्मे हम्मे परेको समयमा छक्का पञ्जा ४ ले ५१औ दिन मनाएको छ । यसरी हलमा नेपाली फिल्मले ५१ औं दिन मनाउनु सामान्य मानिदैन । यो फिल्मले घरेलु बक्स अफिसमा २० करोड नजिकको ग्रस कलेक्सन गरेको छ। ‘छक्का पञ्जा’को यसअघिका तीन श्रृंखला पनि घरेलू बक्सअफिसमा सुपरहिट भएका थिए ।सामाजिक बिषयमा फिल्म बनाउने दीपक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 220 पटक पढिएको
  • गण्डकीमा एमाले सरकार ढल्यो

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन्। विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० प्रदेशसभा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए भने ३५ जनाले विश्वासको विपक्षमा मत दिएका थिए ।अधिकारीलाई एमाले बाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए। अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएप

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 159 पटक पढिएको
  • खेल क्षेत्रलाई सरकारले बेवास्ता गरेको छ प्रदेश खेलकुद विकास वोर्ड सदस्य सचिव वाग्ले

    सरोज निरौला पथरी, ९ बैशाख   ।   प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेल क्षेत्र लाई बेवास्ता गरेको बताउनु भएको छ । आज मोरङको पथरी शनिश्चरेमा आयोजित प्रथम जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगीतमा आफ्नो विचार व्यक्त गर्दै सदस्य सचिव वाग्लेले यस्तो बताउनु भएको हो । नेपाल सितारीयो कराते एकेडेमी र पथरी कराँते एकेडेमीको संयुक्त आयोजनमा भएको एक दिवसीय प्रतियोगीतामा वाग्लेले सरकारले खेललाई बृद्धिविकास गर्नुको साटो अझै मास्दै लगेको प्रति दुख व्यक्त गर्नुभयो । खेल क्षेत्रमा सरकारको तर्फबाट कम बजेट छुटिनु र छुट्टिएको रकमको सहि सदुपयोग नहुनु यस्को

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 251 पटक पढिएको
  • म्यान्मामा एक अधिकृतको गोली हानी हत्या

    एजेन्सी । म्यान्माको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ । म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ । यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट निम्त्याएको छ ।स्वघोषित नागरिक ‘पिपुल्स डिफेन्स फोर्सेज’ जुन्टाको विरोधमा खडा भएका छन् र उनीहरूका लडाकुहरूले सेनासँग काम गर्ने अधिकारीहरूलाई निशाना बनाएका छन् । सेनाको सञ्चार टोलीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय निर्वाचन आयोगका उपनिर्देशक साई क्याव थुको पूर्वी याङ्

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 199 पटक पढिएको
  • सरकारले दर्ता नदिएपछि ‘यात्री’ उत्पादक सन्कटमा

    काठमाण्डौ  ।  सरकारले नेपालमा बनेका सवारी साधन दर्ता गर्न आवश्यक व्यवस्था नगरिदिँदा कम्पनीको उत्पादन करिब आठ महिनादेखि बन्द भएको कुरा बाहिर आएसँगै सामाजिक सञ्जालमा यो विषय बहसको विषय बनेको छ ।यस विषयमा प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरूले आवाज उठाउँदै स्वदेशमा उत्पादित सवारीकाे प्रवर्द्धनका लागि कानूनी हिसाबले सम्बोधन गर्न सुझाएका छन् ।यात्रीले आफ्ना शुभेच्छुकलाई धन्यवाद पनि दिएकाे छ । साथै आफ्नो उद्देश्यप्रति प्रतिबद्ध रहेको र आफूहरू यो लडाइँमा निरन्तर लडिरहने कम्पनीले उल्लेख गरेकाे छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 344 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.