समाचार

    Showing 20,661-20,670 of 26,731 items.
  • नेपालमा कोरोना संक्रमण थप १०३ जनामा

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्ये ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।नेपालमा हाल कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 153 पटक पढिएको
  • पाँच किलो सुनसहित दुईजना पक्राउ

    कोशी  ।  नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो ।उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 484 पटक पढिएको
  • पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

    काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु ५ करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन् ।नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र के

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 211 पटक पढिएको
  • राहुल गान्धीको पुनरावेदन अदालतद्वारा दुई वर्ष सजाय खारेज

    एजेन्सी । भारतको सुरतस्थित एक अदालतले मानहानी मुद्दामा कांग्रेस नेता राहुल गान्धीको अपील खारेज गरेको छ।मार्च २३ मा तल्लो तहको अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाउँदै फैसलालाई चुनौती दिन एक महिनाको समय पनि दिएको थियो।२०१९ मा ‘मोदी उपनाम’को बारेमा दिएको बयानमा अदालतले दोषी ठहर गर्दै उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। जसविरुद्ध उनले पुनरावेदन दायर गरेका थिए।अदालतको फैसलापछि गत महिना नै राहुल गान्धीको लोकसभा सदस्यता खारेज भइसकेको छ। भारतको कानूनमा कुनै पनि सांसद्लाई दुई वर्ष वा सोभन्दा बढिको जेल सजाय सुनाएको अवस्थामा सदस्यता खारेज हुने व्यवस्था छ

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 134 पटक पढिएको
  • आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध, मौन अवधी सुरु

    काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ ।प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो ।उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 179 पटक पढिएको
  • महिलाको शव गाडेको अवस्थामा भेटियो

    काठमाडाैँ । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा फेला पारेको छ।घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 205 पटक पढिएको
  • नेपाल-भारत सिमाना शुक्रबार रातिदेखि बन्द

    बारा   ।    बाराको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सिमानाका बन्द गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै भोलि(शुक्रबार) राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो।मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ बजेदेखि १० गते साँझ

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 227 पटक पढिएको
  • वैशाख ७ गते सूर्यग्रहण लाग्ने

    काठमाडौँ । वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते सूर्यग्रहण लाग्ने  छ । शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताएका छन।नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले बताएका छन ।यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कात्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले जानकारी दिए । वैशाख ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट सूर्यग्रहण देखिने छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 203 पटक पढिएको
  • आज मातातीर्थ औशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँने गरिन्छ ।शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्व मनाइने परम्परा छ ।छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 286 पटक पढिएको
  • हुण्डी कारोबारी पक्राउ

    वीरगञ्ज ।  हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना  वीरगञ्ज स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।वीरगञ्ज स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महतोलाई स्रोत नखुलेको चौध लाख रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिएका छन।पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.