समाचार

    Showing 20,681-20,690 of 26,731 items.
  • मिटरब्याजी रामबाबु यादव पक्राउ

    सिरहा  ।   जिल्ला प्रहरी कार्यालय सिरहाले ठगी मुद्दामा सिरहाको औरही गाउँपालिका-३ खजनपुरका मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ ।उनीमाथी ठगी गरेको आरोपमा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता (प्रहरी नायब उपरीक्षक) डिएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिएका छ्न ।मिटरव्याजी ठगी मुद्दामा अहिलेसम्म पाँच सय बढी निवेदन दर्ता भएकोमा एकजना मिटरब्याजी ठगी मुदामा यादव पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 165 पटक पढिएको
  • पूर्व गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको विषयमा गरेको निर्णय खारेज

    काठमाण्डौ  ।   पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रबारे गरेको निर्णयलाई खारेज गरेको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धमा बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुरा निजी कम्पनीलाई दिने पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेले गरेको निर्णय खारेज गर्ने निर्णय गरेको हो ।मन्त्री शर्माले तत्कालीन गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनका लागि निजी कम्पनीलाई ठेक्का दिनेगरी स्वीकृत गरेको कार्यविधि खारेज गरिएको मन्त्री शर्माले बताउनुभयो

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 201 पटक पढिएको
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु

    काठमाडौं  ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शुरुवात गर्नुभयो ।प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका संचारकर्मीसँग प्रत्यक्ष दोहोरो सम्वाद गर्नुभएको थियो ।मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 302 पटक पढिएको
  • देशैभर जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय

    काठमाण्डौ । आर्थिक गतिविधि चलायमान बनाउने भन्दै सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रीपरिषद बैठकले 'भू-उपयोग पहिलो संशोधन नियमावली २०७९' स्वीकृत गर्ने निर्णय गरेको हो । यो नियमावली क्याबिनेटले पास गरेसँगै देशभर लामो समयदेखि बन्द भएको जग्गाको कित्ताकाट खुलेको हो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको र यसले राजश्वमा समेत गम्भीर धक्का लागेपछि नियमावली पारित गरिएको बताइन् । पछिल्लो समय जग्गाको कित्ताकाट तथा अंशबण्डाको काम रोकिँदा

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 1,326 पटक पढिएको
  • सांसद शाहीले प्रत्येक महिनाको तलबबाट रु. ३ हजार खेलाडीलाई दिने घोषणा

    काठमाण्डौ  ।  राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन्।मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले आजको संसदबाट  घोषणा गर्दै भने मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु।शाहीले संघ र प्रदेशका सबै सांसदलाई खेलाडीलाई सहयोग गर्न अनुरोध पनि गरेका छन। उनले भने हामी आठ सय ८४ जना छौँ यदि हरेक सांसदले महिनाको तीन हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ।

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 130 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक स्थगित

    काठमाडौँ  । अर्को सुचना जारी नभएसम्मका लागी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 203 पटक पढिएको
  • आन्तरिक उडानका लागि जहाज किन्दै निगम

    काठमाण्डौ  । रास्ट्रीय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ ।आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो ।निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो।निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 226 पटक पढिएको
  • बाइक चलाएर नेपाल आए भारतबाट अभिनेता अजित कुमार

    काठमाण्डौ  ।  दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन्। उनी भारतबाट बाइक चलाएर नेपाल आएका हुन्। उनी धनुषाको ढल्केबरमा देखिएको राजेश्वर एमपी फेसबुक पेजमा उल्लेख छ।उक्त पेजले एक तस्बिर सेयर गर्दै लेखेको छ, ‘लोकप्रिय भारतीय सुपरस्टार अभिनेता अजित कुमार साथीहरूसँग बाइकमा नेपालको ढल्केबरमा देखिए। उनका फिल्म भारतसँगै नेपालमा पनि चर्चित छन्।’उनी बाइकमा नेपाल आएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी फिल्म छायांकनको लागि नभई घुम्नका लागि नेपाल आएको बताइएको छ।दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका उनी आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झ

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 229 पटक पढिएको
  • कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाण्डौ । कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया  कोराना संक्रमित महिलाको मृत्यु भएको छ ।उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना पुष्टि भएको बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 168 पटक पढिएको
  • राष्ट्रिय परिचय पत्र देखाउदा डोलप्रसाद अर्याललाई निगमले विमान चढ्न रोक लगायो

    काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई नेपाल वायुसेवा निगमले उडानमा रोक लगाएको छ।भारत जान विमानस्थल पुगेका अर्यालले प्रस्तुत गरेको परिचय पत्र अमान्य रहेको भन्दै निगमले उडानमा रोक लगाएको हो। भारत जान विमानस्थल पुगेका अर्यालले परिचय पत्रको ठाउँमा ‘राष्ट्रिय परिचय पत्र’ दिएका थिए।  निगमका कर्मचारीले राष्ट्रिय परिचय पत्र मान्य नहुने भन्दै विमान चढ्न रोकेका हुन।दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा रहेका अर्यालले बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा आश्चर्य व्यक्त ग

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 262 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.