समाचार

    Showing 20,731-20,740 of 26,731 items.
  • दश वर्षीया बालिका बलात्कृत

    पाल्पा   ।    पाल्पामा १० वर्षीया बालिकामाथि ३७ वर्षीय पुरुषद्वारा बलात्कृत भएकी छिन् ।बालिकालाई बलात्कार गरेको अभियोगमा तानसेन नगरपालिका–११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिलाबहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 213 पटक पढिएको
  • महादुर्गा ट्रेडर्सका सञ्चालक सुभास बजाज पक्राउ

    काठमाडौँ  ।   प्रहरीले कुलेश्वरस्थित महादुर्गा ट्रेडर्सका सञ्चालक सुभास बजाजलाई पक्राउ गरेको छ ।बजाजलाई म्याद गुज्रेको खाद्य सामग्रीमा रि लेबलिङ गरेर बेचेको आरोपमा प्रहरीले ट्रेडर्सका सञ्चालकलाई पक्राउ गरेको हो ।सञ्चालक बजाजले दालचिनी, काजु, बदाम, ल्याङ र किसमिस जस्ता म्याद गुज्रेका सामान रि प्याकिङ गरेर बेचेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।प्रहरीले उक्त गोदामबाट रि लेबलिङ गरेर बजार पठाउन लागेको करिब १ करोड ३० लाखको सामान बरामद गरेको छ ।

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 298 पटक पढिएको
  • पर्यटनमन्त्री किरातीको एक्सन, अध्यक्षलाई स्पष्टीकरण

    काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तीन दिने स्पष्टीकरण सोधेका छन् । मन्त्री किरातीले दिएको जानकारीअनुसार सोमबार अधिकारीलाई स्पष्टीकरण सोधिएको हो ।मन्त्रालयले वायुसेवा निगमको अवस्था सुधारका लागि पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा सुझाव समिति गठन गरेको थियो । आइतबार गठन गरेको समितिलाई दुई महिनाको समयसीमा दिइएको छ । समितिले काम सुरु गर्न नपाउँदै मन्त्री किराती एक्सनमा उत्रिएका छन्। किरातीले ५ बुँदे स्पष्टीकरण सोध्दै त्यसको जवाफ तीन दिनभित्र दिन भनेका छन्। नेपाल वायु सेवा निगमका कार्यकार

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 177 पटक पढिएको
  • कार र बाइक ठोकिदा छोरीको मृत्यु, बुवा घाइते

    जनकपुर २७ चैत । सप्तरीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत छन।मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा आइतबार दिउँसो बा ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए ।बाबु-छोरी सवार मोटरसाइकल कारमा ठोक्किएपछि ना६ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका ध्रुव र एन्जिलालाई उपचारका लागि

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 167 पटक पढिएको
  • बुद्धिचाल प्रतियोगिताकाे उपयोगीताकाे उपाधि नेपालीलाई

     पथरी २७ चैत्र   ।    सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाल नेपालीले जितेका छन् ।मोरङको पथरीशनिश्चरे नगरस्थित फ्रेण्डसिप चेस क्लबले आयोजना गरेको प्रतियोगितामा काभ्रेका खोमप्रसाद तिम्सिनालाई पछि पार्दै नेपालीले उपाधि जितेका हुन ।तीन पटकका नेपाल च्याम्पियन नेपालीले उपाधिसँगै ५१ हजार रुपियाँ पुरस्कार पाएका छन् । काभ्रेका खोमप्रसाद तिम्सिना दोस्रो हुँदै ३५ हजार रुपियाँ पुरस्कार पाए भने झापाका प्रकाशचन्द्र नेपाल तेस्रो हुँदै २५ हजार प्राप्त गरे ।यस्तै चौथो स्थान हासील गर्ने पुकार राईले २० हजार रुपियाँ पुर

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 218 पटक पढिएको
  • एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना

    पोखरा  ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको छ।  धौलागिरि बेसक्याम्बाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । धौलागिरि बेसक्याम्पनजिकै उक्त हेलिकोप्टर दुर्घटना भएको हो ।उक्त हेलिकोप्टर क्याप्टेन प्रिया अधिकारीले उडाएकी थिइन् । उनी सकुशल रहेको बताईएको छ । हेलिकोप्टरमा यात्रु भने सवार थिएनन् ।हेलिकोप्टर दुर्घटना भएको खबर आएलगत्तै एयर डाइनेस्टीको हेलिकोप्टर उद्धारका लागि त्यसतर्फ गएको थियो । दुर्घटनास्थल पुगेर क्याप्ट

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 515 पटक पढिएको
  • थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु

    एजेन्सि । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।राजधानी बैङ्ककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो ।थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् । यो अवधिमा हालैका केही दशकभित्र भउका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ ।गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक प

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 148 पटक पढिएको
  • काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना

    काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोष्टर दुर्घटना भएको छ ।अस्पतालको छतमा अवतरणका क्रममा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनाबाट ठूलो दुर्घटना भने नभएको प्रहरीले जानकारी दिएको छ । हेलिकोष्टरका पाइलट शकुसल छन।अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पंखा खुस्किएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 247 पटक पढिएको
  • पथरीमा खुल्ला बुद्धिचाल प्रतियोगीता सुरु

     सरोज ,पथरी २४ चैत्र  ।  मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ । कार्यक्रमको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो र  नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म लामाले संयुक्त रूपमा  चेस बोर्डमा गोटी चालेर उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले नगरपालिकाले  स्थानीय स्तरमा चेस खेलको प्रवर्दन गर्न सहयोग गरेको र  विभिन्न विद्यालयका विद्यार्थीलाई खेलमा समावेस गरेको प्रति धन्यवाद व्यक्त गर्नुभएको थि

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 193 पटक पढिएको
  • ढल्केवर जनकपुर सडक खण्डमा गाँजा बोकेको ट्रक, चालक पक्राउ

    मधेश प्रदेश । ट्रकमा फल्स बटम बनाएर १२ बोरा गाँजा बोकेको ट्रक चेकजाचको क्रममा प्रहरीले चालक  सहित पक्राउ गरेको छ।शुक्रबार दिउँसो ३:३० बजे ढल्केवर जनकपुर सडक खण्डमा ना. ७ ख. ४२५१ नम्बरको ट्रक माथी शंका लागि चेक जाँच गर्दा उक्त ट्रकमा गाँजा भेटिएको हो ।ट्रक भित्र फल्स वटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १२ वटा पोकामा १२४ के.जी. लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेद प्रसाद गौतमले बताए ।प्रहरीले बरामद गाँजा, ट्रक र ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-०९ वस्ने वर्ष ५१ को सन्त विर दोङलाई नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.