समाचार

    Showing 20,751-20,760 of 26,731 items.
  • पोखरामा एक पुरुषले गरे आत्मदाह

    पोखरा । पोखरामा एकजना पुरुषले आत्मदाह गरेका छन्। स्याङ्जा अर्जुनचौपारी गाउँपालिका– १ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने नन्दप्रसाद अर्यालले आत्मदाह गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।तीनतले घरको दोस्रो तलामा रहेको आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन्। अर्यालको घरको कोठाबाट एक्कासि आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घरको पहिलो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।स्थानीयले खबर गरेलगत्तै पुगे पनि कोठामा समेत चुकुल लगाएका कारण उद्धार

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 235 पटक पढिएको
  • पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

    काठमाडौं  ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको छन। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 317 पटक पढिएको
  • वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन

    काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको छ ।काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु तीनसय ४५ घटेर अधिकतम भाडा रु पाँच हजार चार सय ९० कायम भएको छ । काठमाडौँ–भद्रपुर रुटमा रु तीन सय, विराटनगर

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 209 पटक पढिएको
  • भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु, तीन जना घाइते

    काठमाण्डौ । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ ।त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् ।आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो ।३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 182 पटक पढिएको
  • यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक करोडौ रकम लिएर फरार

    वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ स्थित यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिई फरार भएका छन् । सहकारीका संचालक वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी राहुल सिंह, श्रीमती शान्ति चौधरीले बचतकर्ताको करिब १० करोड रकम लिई फरार भएका हुन् । विगत लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले खाता खोली रकम बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता मर्कामा परेका छन् । गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौ

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 399 पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

    काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको हो ।धुर्मुस-सुन्तली फाउन्डेसनले सुरु गरेको निर्माण रकम अभावका कारण अलपत्र परेको थियो ।

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 230 पटक पढिएको
  • राष्ट्रपतिबाट जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा शुभकामना

    काठमाडौं  ।   राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिनुभएको छ ।हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ। महावीरले आफ्ना अनुयायी

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 186 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा तीनको मृत्यु

    काठमाडौं  ।   काठमाडौँको कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोकका ३५ वर्षीय हरिशरण अधिकारीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यस्तै, काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीए एए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्क

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 221 पटक पढिएको
  • आगोलागी हुँदा दर्जन सवारीसाधन जलेर नष्ट

    काठमाण्डौ । ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ ।तत्कालै दमकल पुगेपछि आगोलाई नियन्त्रणमा लिइएपनि ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । बिहान करिब ४ बजे  एक्कासि आगलागी भएकाे हाे ।  आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 120 पटक पढिएको
  • एलपी ग्यासको ट्यांकर पल्टिदा, एक जनाको मृत्यु

    काठमाण्डौ । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका  लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो।चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.