समाचार

    Showing 20,791-20,800 of 26,731 items.
  • मन्त्री सुधन किरातिले मागे उत्तर, अन्तराष्ट्रिय बिमानस्थलमा कर्मचारी सग

    काठमान्डौ  ।  अन्तराष्ट्रिय बिमानस्थलमा आकमिक बैठक बसी निम्न प्रश्नको जवाफ मन्त्री सुधन किरातिले मागेका छन उनले भने  अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु । १, व्यागेज चोरिएको घटनाहरु सत्य हो ?  २, अराइभलमा यात्रु लड्ने बिधुतिय भर्‍याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ? ३, सरसफाई अभियान के कस्तो चल्दै छ ?  ४, समयमा जहाज उड्दैछ कि छैन ?  ५, यात्रु मैत्री एर्यपोर्ट बन्दै छ कि छैन ? ६, एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ? ७, ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ? ८, सौचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 178 पटक पढिएको
  • मिटरब्याजपीडित र सरकार बीचको वार्ता निष्कर्ष विहीन

    काठमाडौं ।  मिटरव्याजपीडित र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन भएको छ। बिहीबार बिहान १० बजेदेखि सुरु भएको वार्तामा पीडितको मागका विषयमा यस अघिको कार्यदलको प्रतिवेदनअनुसार अघि बढ्ने सरकारीले बताएपछि वार्ता निष्कर्षविहिन भएको हो ।पीडित पक्षले भने पुरानो प्रतिवेदनले मुद्दा सम्बोधन नगर्ने अडान लिएपछि वार्ता टुंगोमा पुग्न नसकेको हो ।बिहीबार साँझ ६ बजे फेरि छलफल गर्नेगरी बिहानको बैठक टुंगिएको गृह मन्त्रालयका सहसचिव एवम् वार्ता समिति संयोजक रुद्रादेवी शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 247 पटक पढिएको
  • सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच आज वार्ता

    काठमान्डौ  ।  नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् ।गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन ।सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ,

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 156 पटक पढिएको
  • झापाकाे बुद्धशान्तिमा एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन्

    झापा । झापाकाे बुद्धशान्तिमा एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् ।  बुधबारे बजारमानै घर भएकी २२ वर्षिय स्वस्तिका लाेहाेरलाई उनकै सुत्ने काेठामा झुन्डिएको अवस्थामा मृत भेटिएकाे थियाे । उनी बुधबारेकै एक कपडा पसलमा काम गर्थिन । मृत अवस्थामा भेटिएकै ठाउँमा उनले लेखेकाे सुसाइड नाेट पनि भेटिएकाे छ । उनले लेखेकाे सुसाइड नाेटमा  " मेरा साथीहरु मैले गलत गरेँ । कति सपनाहरु थिए पुरा गर्न सकिन ।  मलाई यस्तो अवस्थामा ल्याउने तिमीलाई धेरै धेरै धन्यवाद । मेरा भाई बहिनीहरु परिवारमा राम्रो गर्नु तिमीहरुले । मलाई माफ गरिदिनु । मैले चाहेर पनि तपाईहरुको सपना पुरा गर्न सकिन । आइ एम सरी " ।

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 1,625 पटक पढिएको
  • सरकारको पूर्णतासँगै द्रुत गतीमा विकास अघि बढ्छ : महासचिव गुरुङ

    काठमान्डौ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताएका छन् । प्रगतिशिल चिकित्सक संघ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एक÷दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताए । महासचिव गुरुङले स्वास्थ्य, शिक्षा, रोजगार, आवासजस्ता जनताका मौलिक हक अधिकार पूरा गर्नुपर्ने दायित्व राज्यको भएको स्पष्ट पारे । उनले भने मौलिक हकको कार्यान्वयनका लागि मुद्दामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने ग

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 134 पटक पढिएको
  • मिटरब्याजको कारोबारलाई गैरकानुनी घोषणा माग; अखिल नेपाल किसान महासंघ

    बाग्मती । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले तत्काल मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेको छ ।महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याजको कारोबारलाई गैरकानुनी घोषणा गर्न सरकार सग माग गरेको हो ।अखिल नेपाल किसान महासंघले मिटरब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुदखोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ ।महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाहा गर्नु पर्ने बताएका छन ।उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासंघले आग्रह गरेको छ ।ऋण उठाउने नाममा ऋणीला

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 146 पटक पढिएको
  • क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाबाट सहयोग

    सरोज   ।  मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ ।पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरीकास्थित ओहायो नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो ।दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार नहुँदा मुखको क्यान्सरबाट पिडित बन्नुपरेकी रुपाको गत १२ गते ज्यान गएको थियो । संस्थाका साथै अमेरीकामै रहेका सानमार कम्पनिका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वल लगायतका नेपालीहरुले उक्त रकम उपलब

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 208 पटक पढिएको
  • टिपरले स्कुटरलाई ठक्कर दिँदा बुद्धशान्तिमा दुई घाईते

    झापा ।  मेची राजमार्ग अनर्तगत झापाको बुद्धशान्ति गाँउपालिका ३ मा सवारी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । दक्षीण बाट उत्तरतर्फ जाँदै गरेको मे १ क ६५७ नम्बरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र २–०३ –०१५–प ४२६४ नम्बरको स्कुटरलाई आज ११ बजे ठक्कर दिँदा स्थानीय स्कुटर चालक विमला भण्डारी र पछाडि सवार उनकै छोरी रक्षा भण्डारी सामान्य घाइते भएका छन् । घाईते दुवैजनाकोे बुधबारे सिटी अस्पतालमा उपचार भईरहेको बताईएको छ । घाईते दुवैको अवस्था सामान्य रहेको छ । ठक्कर दिने टिपर  चालक बुद्धशान्ति १ बस्ने शिशिर लिम्बुलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 200 पटक पढिएको
  • ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । ताप्लेजुङमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याए नपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ ।दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 180 पटक पढिएको
  • बैंकको टचर थेग्न नसकेर ब्यावसायी पौडेलले गरे आत्महत्या

    काठमान्डौ ।  रामेछापका एक व्यवसायीले आत्महत्या गरेका छन् । उनले बैंकको किस्ता थेग्न नसकेर बैकले दिएको टचर थाम्न नसकेर आत्महत्या गरेको आफन्तले बताएका छन्। रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायी दीपक पौडेलले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार पौडेल लामो समय व्यापार व्यवसायमा संलग्न रहेको र बैंकको किस्ता तिर्न नसकेको कारण आर्थिक भार सहन नसकेर आत्महत्या गरेका हुन्।लामो समयदेखि काठमाडौँमा बस्दै आएका पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्महत्या गरेका हुन्। ‘

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 527 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.