सरोज । मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ ।पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरीकास्थित ओहायो नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो ।दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार नहुँदा मुखको क्यान्सरबाट पिडित बन्नुपरेकी रुपाको गत १२ गते ज्यान गएको थियो । संस्थाका साथै अमेरीकामै रहेका सानमार कम्पनिका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वल लगायतका नेपालीहरुले उक्त रकम उपलब
झापा । मेची राजमार्ग अनर्तगत झापाको बुद्धशान्ति गाँउपालिका ३ मा सवारी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । दक्षीण बाट उत्तरतर्फ जाँदै गरेको मे १ क ६५७ नम्बरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र २–०३ –०१५–प ४२६४ नम्बरको स्कुटरलाई आज ११ बजे ठक्कर दिँदा स्थानीय स्कुटर चालक विमला भण्डारी र पछाडि सवार उनकै छोरी रक्षा भण्डारी सामान्य घाइते भएका छन् । घाईते दुवैजनाकोे बुधबारे सिटी अस्पतालमा उपचार भईरहेको बताईएको छ । घाईते दुवैको अवस्था सामान्य रहेको छ । ठक्कर दिने टिपर चालक बुद्धशान्ति १ बस्ने शिशिर लिम्बुलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि
काठमाडौं । ताप्लेजुङमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याए नपुर्याएको विवरण भने नआएको प्रहरीले जनाएको छ ।दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमान्डौ । रामेछापका एक व्यवसायीले आत्महत्या गरेका छन् । उनले बैंकको किस्ता थेग्न नसकेर बैकले दिएको टचर थाम्न नसकेर आत्महत्या गरेको आफन्तले बताएका छन्। रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायी दीपक पौडेलले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार पौडेल लामो समय व्यापार व्यवसायमा संलग्न रहेको र बैंकको किस्ता तिर्न नसकेको कारण आर्थिक भार सहन नसकेर आत्महत्या गरेका हुन्।लामो समयदेखि काठमाडौँमा बस्दै आएका पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्महत्या गरेका हुन्। ‘
काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएकाे र बुधबार त्यसमा छलफल हुने उनले बताए ।न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष घरजग्गाको कारोबार ४० प्रतिशतले घटेको छ । कित्ताकाटमा लगाएको रोक र चर्को ब्याजदरसँगै बैंकमा लगानीयोग्य रकम अभाव हुँदा जग्गाको कारोबार घटेको हो । यो वर्ष सेयर बजारको गति पनि ओरालो छ । जग्गाको कारोबार सुस्ताउँदा यो क्षेत्रबाट राज्यले पाउने कर आधाभन्दा बढीले घटेको छ। सेयर बजारबाट पाउने करमा ८६ प्रतिशतले कमी आएको छ ।भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्षको फागुन मसान्तसम्म १३ लाख १८ हजार ५ सय १२ पटक घरजगगा किनबेच भएकामा यो वर्षको सोही अवधिमा यस्तो किनबेच ७ लाख ९७ पटक भएको छ । घरजग्गाको खरिद-बिक्री गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको छ । टुक्रे जग्
काठमाडौं । गृहमन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहरालाई खटाएको छ ।यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी श्यामलाल ज्ञवाली प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि कोशी प्रदेश प्रहरी कार्यालय नेतृत्वविहीन थियो । गृहमन्त्रालयले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको प्रमुख रहेका एसएसपी बास्तोलालाई कोशी प्रदेश प्रमुखको जिम्मेवारीमा पठाएको हो । केहिदिनमै प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा ब
पथरी । मोरङको पथरी शनिश्चरेमा रहेको नमुना विद्यालय पञ्चायत माध्यमिक विद्यालयले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कक्षा १० को फलामे ढोकाको रुपमा हेरिएको एसइइ परिक्षामा समेल हुने विद्यार्थीहरुलाई सफलताको शुभकामना प्रदान गर्ने अभिप्राय स्वरुप विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । विद्यार्थीहरुलाई शुभकामना दिँदै शिक्षकहरुले पढाइ जिन्दगीको आधार भएकाले भविश्यलाई बलियो बनाउन पढाइ अत्यन्तै महत्त्वपूर्ण रहेको र यस्मा सबैको ध्यान जान जरुरी रहेको बताउदै एसईईलाई ठुलो समस्याको रुपमा नहेरि विना संकोच परीक्षा लेख्न अनुरोध गरेका थिए । पछिल्लो समय यो बर्षबा
झापा - कोशी प्रदेश सरकारले विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कोशी नाम खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गत १० गते मृत्यु भएको थियो । ‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागी भई चैत १० गते श्री पदम लिम्बू (लाजेहाङ) को दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रदाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम हार्दिक स
काठमाडौँ - ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर १३ का जिवछ बिक, वडा नम्बर १९ सत्य नारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ८ का श्याम कुमार यादव रहेका छन् ।उनीहरुले गत फागुन ११ गते मिर्चैया नगरपालिका वडा नम्बर ३ मा ग्लोबलमा काम गर्ने कर्मचारीले मिर्चैयाको ९ लाख रकम लुटपाट गरेर फरार भएका थिए । बैंकको शाखा कार्यालय कल्याणपुरतर्फ लिएर जाने क्रममा उनीहरुले पेस्तोल देखाई रकम खोजेर फरार भएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.