समाचार

    Showing 20,861-20,870 of 26,736 items.
  • आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन

    झापा ।  त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा  चौध वर्षपछि आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ ।साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसहरुमा निर्वाचन हुन लागेको जनाइएको छ ।निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ ।प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 296 पटक पढिएको
  • जिउँदा चक्र मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा

    ४ चैत, डोटी । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ ।डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ ।अनलाइनखबरस

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 42 पटक पढिएको
  • स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । सोहीक्रममा उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 183 पटक पढिएको
  • इमरान खानको घरको ढोका तोडेर प्रहरीहरू भित्र पसे, घर भित्रबाट गोलि चल्यो

    एजेन्सी । इमरान खानको घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रहरीहरू इमरान खानको घरको ढोका तोडेर भित्र पसेका छन्। प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताए। इमरान खानको घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको प्रहरीले दाबी गरेको छ।यसै क्रममा इमरान खानले इस्लामाबादको अदालततर्फ जाँदा आफ्नो समूह दुर्घटनामा परेको बताएका छन्। आफू पक्राउ पर्ने थाहा भए पनि अदालतमा हाजिर हुन लागेको उनको दाबी छ। यसैबीच पाकिस्तानका प्रहरीहरूले खानको सवारी इस्लामावाद पुग्नुअघि उनका अङ्गरक्षकहरूले हतियार बुझाउनुपर्ने माग गरेक

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 201 पटक पढिएको
  • विराटनगरमा प्रदर्शन रोक्न निषेधित क्षेत्र घोषणा

    मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सुचनामा उल्लेख छ । निषेध गरिएको क्षेत्रमा प्रदेशसभ

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 277 पटक पढिएको
  • भोलाकाजीले पेट्रोल छर्किएर लगाए आफ्नै शरीरमा आगो

    झापा । खोटाङमा एक ब्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन्।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।शुक्रबार राती करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए।नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन अर्यालले बताए।जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राती नै काठमाडौं लगिएको छ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 282 पटक पढिएको
  • उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेश गरिने

    निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 104 पटक पढिएको
  • सुर्खेत उडेको बुद्ध एयरमा समस्या बिचबाटोबाटै फर्कियो

    काठमान्डौ । सुर्खेतका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै काठमाडौं फर्किएको छ।६२ जना यात्रु सवार रहेको बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि  सिमराबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भए पछि ६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ। ।जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 276 पटक पढिएको
  • जनयुद्धका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित

    काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 150 पटक पढिएको
  • शीतल निवासमा राष्ट्रपतिको आज सांसदलाई चियापानको निम्तो

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ ।उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौँमा आएका छन्  । सांसदहरूसँगै प्रमुख दलका शीर्ष नेताहरू पनि आमन्त्रित छन् ।राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.