समाचार

    Showing 20,871-20,880 of 26,736 items.
  • पुटिन विरुद्ध जारी भयो पक्राउ पुर्जी

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पुटिन विरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।सो अदालतले युक्रेनमा युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार ठहर्याएको छ। गैरकानुनी रुपमा युक्रेनी बालबालिकालाई रुस लगिएको आरोप पनि अदालतले लगाएको छ। फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ।अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ। सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ।पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने सो अदालतला

    • प्रकाशित मितिः चैत ४, २०७९
    • 208 पटक पढिएको
  • रविलाई पासपोर्ट विवादमा प्रहरिले दियो सफाइ

    काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेले झुटो विवरण पेस गरेर पासपोर्ट लिएको मुद्दामा उनलाई ‘क्लिन चिट’ दिन प्रहरीले राय दिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँले ४ दिनअघि सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल कार्यालयका एकजना अधिकृतले  बताए । तर, सरकारी वकिल कार्यालयले त्यसबारे निर्णय लिएको छैन । झुटो विवरण बुझाएर अमेरिकी नागरिक हुँदाहुँदै नेपाल पासपोर्ट लिएको मुद्दामा उनीविरुद्ध मुद्दा चलाउने वा नचलाउने भन्नेबारे सरकारी वकिलले आइतबार निर्णय गर्दै छ । संवैधानिक इजलासको फैसला अनुसार लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५० सालमा लिएको नागरिकता पुनः क

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 275 पटक पढिएको
  • शिक्षक संघ झापाको पद हस्तान्तरण सम्पन्न

    बिर्तामोड- नेपाल शिक्षक संघ झापाको पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले तमाम विद्यार्थी वर्गलाई लोकतान्त्रिक आचरण, अनुशासन र सृजनात्मक कार्यमा उत्प्रेरणा जगाउन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई झापा कांग्रेस सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे र सचिव कृष्ण हुमागाईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।शिक्षक संघ झापाका नवनिर्वाचित सभापति तोयानाथ दाहालले शैक्षिक गुणस्तर वृद्धि र

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 160 पटक पढिएको
  • नेपाली लेखक संघ झापाको नयाँ नेतृत्व चयन

    बिर्तामोड - नेपाली लेखक संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभा हलमा साहित्यकारहरुको भेलाले कुमार भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता), सचिवमा समीरबाबु कट्टेल, सहसचिवमा सुनिता तामाङ, कोषाध्यक्षमा पवन राजवंशीलाई चयन गरेको छ ।साहित्यकार तथा पत्रकार केशव आचार्य, विष्णुकुमार भट्टराई, राजेश ढुङ्गाना लगायतको उपस्थितिमा सम्पन्न भेलाले सदस्यहरुमा दयानन्द गोस्वामी, वेणुप्रािदन अधिकारी, चित्रा पौड्याल, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र गौतम र दिपेन राई रहेका छन् ।त्यसैगरी भेलाले नेपाली

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 179 पटक पढिएको
  • एक महिलाको कोठा भित्र निसासिएर मृत्यु

    तुलसीपुर - दाङमा निसासिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-५ देविस्थान बस्ने ४० वर्षीया पार्वती घर्तीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ। एककोठे जस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुँवाका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए।उनको घर गाउँभन्दा झन्डै डेढ सय मिटर टाढा एकान्त ठाउँमा रहेको र उनी एक्लै बस्दै आएकी थिइन्। स्थानीय बासिन्दाका अनुसार मृतक घर्तीले सधैँ मापसे गर्ने र चुरोट पनि सेवन गर्ने गर

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 38 पटक पढिएको
  • स्कुलको बसको ठक्करबाट बालकको मृत्यु

    सिमराः स्कुलको बसको ठक्करबाट बाराको कलैयामा शुक्रबार ३ वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।  मृत्यु हुनेमा भारत मुझफरपुर घर भइ कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् । वीरगन्ज महानगरपालिका १४ मा रहेको गुरुकुल एकेडेमीको ना२ख ४२१० नम्बरको बसले बालक साहको टाउकोमा किचेको थियो । जिल्ला प्रहरी कार्यालयबाट पाँच सय मिटर उत्तरपश्चिमतर्फ रहेको घटनास्थलमा पुगेको प्रहरीले बससहित चालक नन्दकुमार साहलाई नियन्त्रणमा लिएको छ । 

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 179 पटक पढिएको
  • विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण गरेर विराटनगर महानगरलाई हस्तान्तरण

    विराटनगर - सीमावर्ती विराटनगरको महाभारतकालीन विराट् राजाको दरबार रहेको क्षेत्र मानिएको भेडियारीमा नेपाली सेनाले संग्रहालय निर्माण गरेर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर महानगरपालिकाले यसलाई भारतको विहारस्थित पूर्णियासम्म निर्मित महाभारत सर्किटसँगै नेपालका धार्मिक क्षेत्रलाई जोड्ने गुरुयोजनासाथ संरक्षण र पुनर्निर्माणको कामसमेत अघि बढाउने तयारी गरेको छ ।त्यसका लागि महानगरले चालु वर्षमा उक्त क्षेत्रको विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ । पहिले त्यस क्षेत्रमा भेटिएका विभिन्न पुरातात्त्विक महत्त्वका वस्तु स्थानीयले संरक्षण गरिराखेका थिए । तर पछिल्लो समय सेनाको पहल

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 131 पटक पढिएको
  • सुनसरीबाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

    झापा- सुनसरीको दुहबी नगरपालिका-१ र २ बाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका(२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका(३ मोरङका २७ बर्षीय अमन सरदार रहेका छन ।  बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रदेश १-०२-०४८ प २९६१ नम्बर र प्रदेश १-०२-०५० प ३९७९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 161 पटक पढिएको
  • झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

    झापा- झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका प्रदेश १-०२-०४५ प १३८७ नम्बरको मोटरसाईकल चालक बिराटनगर-४ का २३ बर्षीय निश्चल गुरुङको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यसै गरी बिशेष सुचनाको आधरमा प्रहरी चौकी केर्खा झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-४ का ४२ बर्षीय ईन्द्र बहादुर लिम्बुको साथबाट ४ सय २० मिलिग्राम र २३ बर्षीय सतिष तामाङ्को साथबाट २ सय २० मि

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 163 पटक पढिएको
  • ट्युवेल चलाउँदा करेन्ट लागेर महिलाको मृत्यु

    झापा- सुनसरीको देवानगंज गाउँपालिका-४ कप्तानगंज स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३५ बर्षीया सपना देवी शर्मा रहेकि छिन् । विहिबार अपरान्ह साढे ४ बजे आफ्नै घरमा मोटर जडान भएको ट्युवेल चलाउने क्रममा करेन्ट लागि घाईते भएकि शर्मालाई तत्काल उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा उनको सोही स्थानमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.