समाचार

    Showing 20,891-20,900 of 25,167 items.
  • यौन हिंसामा परेकाले अब राज्य कोषबाट क्षतिपूर्ति पाउने

    झापा  / यौन हिंसामा परेकाहरूले अब राज्य कोषबाट क्षतिपूर्ति पाउने भएका छन् । आज (शुक्रबार) यौनहिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । यसअघि प्रचलित व्यवस्थाअनुसार पीडितलाई पीडकबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो । तर, यो व्यवस्थाले पीडकले ‘मैले दिएको पैसा खाएर बसेको छ र छे’ भनेको सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने भन्दै सांसदहरुले पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्ने प्रस्ताव अघि गरेका थिए ।सो प्रस्तावमाथ

    • प्रकाशित मितिः असार २४, २०७९
    • 55 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउ

    काठमाडौं / प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ गरेको छ । पाल्पाको नगरपालिका- १४ घर भई काठमाडौं महानगरपालिका- १ नागार्जुन बस्दै आएका ५६ वर्षीय विष्णु प्रसाद गैरेलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उच्च अदालत पाटनले २०७९ जेठ २७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख ४० हजार जरिवाना सुनाएको थियो । तर उनी उक्त बिगो रकम नतिरिकन फरार भएका थिए ।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 48 पटक पढिएको
  • सशस्त्र प्रहरीका सात सई इन्स्पेक्टरमा बढुवा सिफारिस

    काठमाडौँ / सशस्त्र प्रहरीका ७ जना प्रहरी नायब निरीक्षक (सई) इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस भएका छन् ।शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फका ७ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।बढुवा सिफारिस हुनेहरूमा मणिराम केसी (खत्री), मछेन्द्र शाही, विजयराज थापा क्षेत्री, अनिरुद्र कुँवर, सुनिल बस्नेत, सञ्जय योगी, घनश्याम घिमिरे रहेका छन् ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 55 पटक पढिएको
  • बलात्कार मुद्दामा ‘हद म्याद’ बढाउन सहमति, अब कति वर्ष ?

    काठमाडौँ / बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति जुटेको छ । सांसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष हदम्याद बढाउन सहमति जुटाएको हो ।यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको विधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।सहमति अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पर्ने छ भने बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने छ । थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारम

    • प्रकाशित मितिः असार २४, २०७९
    • 72 पटक पढिएको
  • १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ

    झापा / सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका वडा नं २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत रहेको प्रहरीले जनाएको छ । रमेश  र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाखा गाउपालिका वडा नं १ शान्तिबजार स्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी सुमित खड्काले जानकारी दिएका छन् । पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र छिरेर

    • प्रकाशित मितिः असार २४, २०७९
    • 51 पटक पढिएको
  • अर्थमन्त्री प्रकरण : सभामुखले बोलाए विशेष छानविन समितिको बैठक

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक अस्नुअघि सभामुख सापकोटाले समितिका सदस्यहरूलाई बैठकमा बोलाएका हुन् ।एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको जानकारी दिइन् ।२ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजिकरणका लागि

    • प्रकाशित मितिः असार २४, २०७९
    • 50 पटक पढिएको
  • राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।शुक्रबार राष्ट्रपतिले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुवै विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 66 पटक पढिएको
  • कस्तुरीको बिना सहित पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका- ७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित पाँचथर तुमविया गाउँपालिका- ५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा. ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 56 पटक पढिएको
  • लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / मोरङमा लेनदेन मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका- ५ बस्ने ५० वर्षीय भरौसी चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ चैत ३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद  र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा पेश गरि अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 58 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका- ७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  मोटरसाइकल चालक  सुनबर्सी नगरपालिका- १ का ३३ वर्षीय रोशन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउसो साढे २ बजे प्रदेश १-०२-०४२ प २७६९ नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त मृतक लासलाई पोस्टमार्टमको लागि मङ्गलबारे अस्पताल उर्लाबारी पठाइएको र घटना सम्बन्धमा  थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.