समाचार

    Showing 20,901-20,910 of 26,736 items.
  • वन डढेलो नियन्त्रण सप्ताह झापामा सुरू

    झापा- झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो ।‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौं’, ‘बन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौं’, ‘वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो’ जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक वनबाट सुरू गरिएको सचेतना र्‍याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत

    • प्रकाशित मितिः चैत १, २०७९
    • 155 पटक पढिएको
  • झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    झापा- झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरी पक्राउ गरेको छ ।मंगलबार बेलुका झापाको दमक नगरपालिका १ मा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक -७ का २३ बर्षीय रविन कटुवाल र उनको श्रीमती २१ बर्षीया अनिता बि.क.लाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।सोही दिन मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट मा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग

    • प्रकाशित मितिः चैत १, २०७९
    • 169 पटक पढिएको
  • झापामा घाँस काट्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

    झापा- झापाको मेचिनगर नगरपालिका-४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्ट बहादुर कडरीया रहेका छन् । बुधबार बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • 129 पटक पढिएको
  • गुडिरहेको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा

    सुनसरी - गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा एक महिलाको मृत्यु भएको छ । गए राति करिब साढे १ बजे बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी राय को ७प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । सो मोटरसाइकलका चालक एवं मृतक महिलाका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    • प्रकाशित मितिः चैत १, २०७९
    • 173 पटक पढिएको
  • असिना पानीले गहुँ लगायतका बालीमा क्षति

    झापा – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् ।बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताए । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ ।यसैगरी सुन्तलाका पात समेत झार्ने गरी असिना परेकाले किसानहरुलाई ठूलो नोक्सानी पुर्‍याएको बोगटान फुड्सिल गाउँपालिकाका

    • प्रकाशित मितिः चैत १, २०७९
    • 161 पटक पढिएको
  • ग्यास सिलिण्डर पड्किँदा  एकजना घाइते

    झापा : पाल्पामा ग्यास सिलिण्डर पड्किँदा  एकजना घाइते भएका  छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किएको हो। ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको  स्थानीय पत्रकार दयाराज न्यौपानेले बताए।घाइतेको अवस्था सामान्य छ। न्यौपानेका अनुसार घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ। घरमा भने क्षति पुगेको छ।स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ। खाना पकाउने क्रममा एक्कासी ग्यास पड्किएको हो।घटनालगत्तै प्रहरीलाई खबर गरिएको पत्रकार न्यौपानेले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • 154 पटक पढिएको
  • आइजिपी बन्नको लागि प्रतिस्पर्धा सुरु भएको छ

    काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक बन्न भर्खरै बढुवा भएका एआइजिपीहरूबीच प्रतिष्पर्धा सुरु भएको छ ।२०५१ चैत्र ५ गते नियुक्त हालका एआइजीपीहरू वसन्त कुँवर, टेकप्रसाद राई, श्याम ज्ञवाली, किरण बज्राचार्य र दीपक थापा आइजीपी बन्ने दौडमा सामेल भएका हुन् । चैत्र १० गते आइजिपी धीरजप्रताप सिंह तीसवर्षे सेवा अवधि पूरा गरेर सेवा निवृत्त हुँदैछन् । सोही दिन नयाँ महानिरीक्षकको चयन हुनेछ । रोलक्रमको एक नम्बरमा परेको र कहिल्यै कुनै विवादमा नपरेर ब्यावसायिक प्रहरी अधिकारीको छवि बनाउन सकेका कारण वसन्तबहादुर कुँवर नै आइजिपी बन्ने निश्चित मानिएको छ । कुँवरलाई आइजिपी बनाउने पक्षमा शेरबहादुर देउवा स्वयम् भएकोले

    • प्रकाशित मितिः चैत १, २०७९
    • 195 पटक पढिएको
  • प्रहरीमा फेरि १६ वर्षे पेन्सन योजना

    काठमाडौं । सुरक्षा निकायकमा उच्च प्रहरी अधिकारी जागिर लम्बाउने प्रयासमा लागिरहँदा तल्लो तहका प्रहरी भने छिटो अवकाशका लागि माग गर्दै आएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १६ वर्षमा पेन्सनको सुविधा दिन माग हुँदै आएको छ ।सशस्त्र प्रहरीले भने हालै यससम्बन्धि प्रस्ताव अघि बढाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयसँग छलफल गरेर सशस्त्र प्रहरीले सशस्त्र प्रहरी नियमावली संशोधनको प्रस्ताव अघि बढाएको हो । हालको सरकार यसमा सकारात्मक भएकाले यो प्रावधान पास हुने सम्भावना रहेको गृहका एक अधिकारी बताउँछन् ।सरकारले नेपाली सेनामा सो व्यवस्था गरिसकेको छ । नेपाल प्रहरीबाट पनि एक वर्षअघि नै गृह मन्त्रालयमा यससम्

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 212 पटक पढिएको
  • कदम र सिरिस जातको गोलिया काठसहित ट्याक्टर र चालक झापा प्रहरीकाे नियन्त्रणमा

    झापा- अवैध गोलिया काठसहित एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार मेचीनगर नगरपालिका– २ स्थित सरस्वती टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँचका लागि रोकेका थिए ।सो ट्याक्टरमा आवश्यक कागजात बिना कदम र सिरिस जातको अन्दाजी १६० क्यु फिट गोलिया काठ फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।बरामद गरिएको काठ,ट्याक्टर र चालक मेचीनगर २ निवासी २२ वर्षीय सर्बन राईलाई आवश्यक कारबाहीको लागी जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 350 पटक पढिएको
  • झापा प्रहरीद्वारा ८० केजी बोइलर कुखुरा खाल्डाेमा पुरेर नष्ट

    झापा- गएराति ९ बजे झापा गाउँपालिका वडा नं.४ सुकुमबासी टोलमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोली र बिओपी पन्थापाडाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० केजी बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।अन्दाजी मूल्य २४ हजारबराबरको ती कुखुरा नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि र स्थानीयबासिहरुको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।केही दिनअघि झापाका कुखुरापालकहरुले भारतबाट भित्रिने अवैध कुखुरा रोक्न जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.