समाचार

    Showing 20,911-20,920 of 26,736 items.
  • एसपी ऋषिराम कँडेलले पाए सफाइ

    झापा- पश्चिम नवलपरासीका तत्कालीन एसपी ऋषिराम कँडेललाई प्रहरी प्रधान कार्यालयले सफाइ दिएको छ । तस्करलाई सघाएको आरोपमा पुस २० मा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि उनलाई पश्चिम नवलपरासीबाट फिर्ता बोलाएको थियो ।पश्चिम नवलपरासी स्थित नेपाल–भारत सीमाबाट हुने तस्करीलाई कँडेलले खुला गरेको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । छानबिनबाट कँडेलले त्यस्तो गतिविधि गरेको पुष्टि नभएको प्रहरी प्रवक्ता (डिआईजी) पोषराज पोखरेलले बताए । कँडेल २०७८ चैतमा नवलपरासीमा सरुवा भएका थिए । छानबिनपछि उनलाई कोशी प्रदेश प्रहरी कार्यकालमा सरुवा गरिएको छ ।

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 160 पटक पढिएको
  • धातुजन्य किला ठोक्दा तीर्थस्थल पाथीभरा क्षेत्रका बोटबिरुवा मासिँदै

    ताप्लेजुङ -ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ ।पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विभिन्न जिल्लाको होटल, पसल र फार्मका नाम तथा सम्पर्क नम्बर उल्लेख गरिएका बोर्ड देखिन्छन् । टिनका टुक्राटुक्रीमा विज्ञापनमूलक कुरा लेखेर धातुजन्य काँटीको प्रयोग गरी रुखमा भुण्ड्याउँदा बोटबिरुवा मासिने र प्राकृतिक सुन्दरता हराउने पाथीभरा क्षेत्रका होटल व्यवस

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 132 पटक पढिएको
  • उपराष्ट्रपति निर्वाचन : राति १२ बजेदेखि निषेधको अवधि लागू

    झापा: निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।उक्त आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुन

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 236 पटक पढिएको
  • धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना , तीन जनाको मृत्यु, एक घाईते

    झापा- धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित मुढे-लेगुवा सडक खण्डमा को को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका-९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो । त्यसै गरी राती पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका-८ कोशी राजमार्ग स्थितमा ध. १ ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदल यात्री सर्लाही मलङग्वा-७ घई भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 181 पटक पढिएको
  • शिकार खेल्न गएका एकजनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु

    सल्यान - शिकार खेल्न गएका एकजनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जंगलमा शिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा घाइते भएका चित्र बहादुर घाइते भएका थिए।घाइते रावतको उपचारका लागि सुर्खेत लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। बन्दुक  र बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 182 पटक पढिएको
  • मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटायो

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटाएको छ।  मन्त्रालय अन्तर्गतको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो।मन्त्रालयले मंगलबार सार्वजनिक सूचना प्रकाशन गरी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौं तहका स्टाफ नर्स सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको जनाएको छ।सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाएको सूचनामा उल्लेख छ।

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 197 पटक पढिएको
  • पोखरीमा डुबेर बालकको ज्यान गयो

    झापा- सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चाेकमा पोखरीमा डुबेर एक बालकको ज्यान गएकाे छ । स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षीय छाेरा हार्दिक कुमार मण्डलकाे पोखरीमा डुबेर ज्यान गएकाे हाे ।पाेखरीमा डुबेर घाइते भएका बालककाे उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयाे।

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 201 पटक पढिएको
  • चोरी भयो आठौँ शताब्दीको बुद्धको मूर्ति

    काठमाण्डौ – ललितपुरको चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँमा रहेको पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको त्यहाँका श्रीधर श्रेष्ठले जानकारी दिनुभयो ।चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि गएको १७ गते पनि मूर्ति चोरी भएको थियो । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा त्यहाँका नागरिकले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 212 पटक पढिएको
  • शिकारीको पासोमा परेर चितुवाको मृत्यु

    झापा- बँदेलको शिकार गर्न थापिएको पासोमा परेर गुल्मीको छत्रकोटमा एउटा चितुवा मरेको छ । गुल्मीको छत्रकोट गाउँपालिका–२ अन्तर्गत मनबागमा आइतबार भाले चितुवा मृत अवस्थामा फेला परेको हो । चार मिटर भन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासबाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।मृत अवस्थामा भेटिएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा ल्याइ कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ । गत वर्ष छत्रकोट गाउँपालिकाको लुम

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 140 पटक पढिएको
  • सशस्त्रका जवान निलम्बित

    झापा बर्दीको दुरुपयोग गरेको आरोपमा सशस्त्र प्रहरीले एकजना जवानलाई निलम्बन गरेको छ । जवान सन्दीपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता(डीएसपी) शैलन्द्र थापाले बताए । उनले सशस्त्र प्रहरी निरीक्षकको दज्र्यानी चिन्हसहितको बर्दीमा इलाका प्रहरी कार्यालय आरुघाटमा गएर ‘म गोरखा गुल्मको इन्सपेक्टर हुँ’ भनेका थिए । गोरखाको इलाका प्रहरी कार्यालय आरुघाटमा परेको निवेदन बारेको छलफलाई उनले प्रभावित पार्न खोजेको आरोप छ ।जवान शाह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत छन् । १० दिनको घरबिदा लिएर उनि गोरखा गएका हुन् । आरुघाट गाउँपालिका–३ थुमी बस्ने

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.