समाचार

    Showing 20,931-20,940 of 26,736 items.
  • नाटक लङ टाईम नो सी दमकमा मञ्चन हुने

    झापा । कदम थिएटरले दमकमा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् । पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गईरहेको छ भन्ने अवधारणाको कथालाई दमक कै परिवेशमा रुपान्तरण गरेको कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पा बताउँछिन् ।  दमकमा नियमित रुपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक “लङ टाईम नो सी” फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्नेछ । नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 250 पटक पढिएको
  • सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

    काठमान्डौ । सिन्धुलीमा बस दुर्घटना भएको छ । ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुवाहक बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।फिक्कल गाउँ पालिका–४ खाङ्साङ कुइभीरमा बस दुर्घटनामा परेको हो । बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला, दुई पुरुष र एक बच्चा छन् । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । उनीहरूलाई दुर्घटना स्थलबाट उपचारको लागि सिन्धुलीको खुर्कोट ल्याइएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 198 पटक पढिएको
  • नेपाल सरकारको थाप्लोमा २० खर्ब ७० अर्ब ऋण पुग्यो

    काठमान्डौ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा रू ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण रू १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण रू नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो । चालु आवको द

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • 202 पटक पढिएको
  • झापाको बुद्धशान्ति-३ मा आगलागी

     बुद्धशान्ति ३ चर्चाबारी स्थित पुण्यप्रसाद न्यौपानेको गोठमा आगो सल्किएको छ।उक्त गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ भने मानवीय क्षति हुनबाट जोगिएको छ। झन्डै ६:३० मा सल्किएको आगो इलाका प्रहरी कार्यलय बुधबारे र धुलाबारी, सशस्त्र प्रहरी बल टिमाई, बारुण नियन्त्रण मेचिनगर र स्थानीयको सहयोगमा करिब १.५ घण्टामा आगो नियन्त्रणमा आएको हो ।७:४५ मा आगो नियन्त्रणमा आएको  इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज खड्ग गिरीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 501 पटक पढिएको
  • नेपाल प्रहरिमा २१ जना इन्स्पेक्टरको काज सरुवा

    काठमान्डौ । प्रहरीमा काज सरुवाको ‘बेथिति’ मौलाएको छ । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको दशौं दिनमा पुनः २१ जना इन्स्पेक्टरको काज निकालेको छ ।आइजीपी धिरजप्रताप सिंहको निर्णय अनुसार कर्मचारी प्रशासन शाखाका एसपी बेलबहादुर पाण्डेले काज निकालेका हुन् । फागुन १६ मा प्रधान कार्यालयले १३९ जनाको काज सरुवा सूची प्रकाशन गरेको थियो ।सो काज भएको दशौं दिनमा फेरी २१ जनाको काज निकालिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले पुरानै मिति ‘ब्याक डेट’मा इन्स्पेक्टरहरुको काज गरेको छ ।प्राप्त सुचीअनुसार शुक्रबार गरिएको काज निर्णयको पत्रम

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 275 पटक पढिएको
  • पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द

    तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्मको लागि दैनिक चार घण्टा पूर्णरुपमा बन्द हुने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो ।अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए ।उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगर

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 194 पटक पढिएको
  • सप्तरिमा प्रहरीले दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा

    सप्तरी । सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् । नशामा लठ्ठ उनी सर्ट फुकालेर अर्धनग्न छन्, स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका अनुसार आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 254 पटक पढिएको
  • मोरङबाट हुन्डी कारोबारी पक्राउ

    मोरङ ।  हुन्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 230 पटक पढिएको
  • पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षक बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले शुक्रबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।नेपाल प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचिकन एआइजी बढुवा सिफारिस भएको हो। यसअघि पहुँचका आधारमा बढुवा सिफारिस हुने गरेको भन्ने गुनासोलाई ध्यान दिँदै प्रधानमन्त्री प्रचण्डले बरियता मिचेर बढुवा नगर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दियो।सोही अनुरुप गृहले गरेको सिफारिसको एक नम्बरमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख बसन्तबहादुर कुँवर रहेका छन् भने दोस्रोमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेकप्रसाद राई रहेका छन् ।त्यसपछि क्रमशः दी

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 213 पटक पढिएको
  • लघुवित्त बचाउन माग गर्दै महिलाहरुको प्रदर्शन

    झापा - लघुवित्त संस्था नै धरासायी हुने गरी भएका गलत कार्य रोक्न माग गर्दै कोसी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन भएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार जुलुस प्रदर्शन गर्दै लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने देखिएपछि आफूहरू सडकमा उत्रन बाध्य भएको सहभागी महिलाले बताएका छन् ।मोरङको कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त स

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 87 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.