समाचार

    Showing 20,941-20,950 of 26,736 items.
  • नेपालको बालुवा अबैध रुपमा भारत लाने गरेका खुलासा

    झापा- मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ति टोलीले रतुवामाई-१ स्थितमा भारतिय BR389-202 नम्वरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा भारत तर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । बालुवा सहित नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 81 पटक पढिएको
  • अवैध रुपमा भारततर्फ लैजाँदै गरेको पशुसहित १ जना पक्राउ

    झापा-अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले २५ वटा पशुसहित १ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपालबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा २३ वटा गाई र २ वटा गोरुसहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सम्सी गाउँपालिका २ का ४५ वर्षीय शेष इजराइल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । पक्राउ परेका इजरायल प्रहरी नियन्त्रणमा रहेका छन् भने पशु चौपायालाई जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 82 पटक पढिएको
  • ओखलढुंगामा बनेका प्राथमिक अस्पताल सञ्चालनमा आउन सकेनन्

    झापा-ओखलढुंगामा निर्माण सम्पन्न भएका तीन स्थानीय तहका प्राथमिक अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाको चिशंखुगढी, खिजीदेम्बा र लिखु गाउँपालिकामा अस्पताल निर्माण भए पनि जनशक्ति, फर्निचर, औषधि र औजार उपकरण अभावमा अस्पताल सञ्चालनमा आउन नसकेका हुन् ।हरेक स्थानीय तहमा ५ शैय्याको प्राथमिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा अनुसार बनेका प्राथमिक अस्पताल सञ्चालनका लागि कुनै व्यवस्थापन नभएको गुनासो बढ्न थालेको छ । केहीहप्ता अघि मात्रै प्रदेश १ को प्रदेशसभामा ओखलढुंगा प्रदेशसभा क का सांसद प्रदीपकुमार सुनुवारले प्राथमिक अस्पतालको व्यवस्थापन र सञ्चालन गर्नका लागि सरकारको ध्यानाकर्षण गराए।जिल्लाका अन

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 76 पटक पढिएको
  • साढे दुई किलो चरेससहित लालसरा पक्राउ

    झापा-  साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो।बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुस

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 78 पटक पढिएको
  • सिंधुवाबाट छथर जोड्ने १६ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

    झापा — धनकुटाको सिंधुवाबाट तेह्रथुमको छथर गाउँपालिकाको ओख्रे जोड्ने १६ किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा छ । सडक खन्न सुरु गरेको ३० वर्षपछि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कालोपत्र थालिएको हो । स्वच्छन्द ओएसीस बन्धन भगवती भेजी निर्माण सेवाले ८२ करोड रुपैयाँ लगानीमा २०७६ मा स्तरोन्नतिसहित कालोपत्र सुरु गरेको थियो । एक महिनाभित्रै कालोपत्र सक्ने निर्माण कम्पनीका ईन्जिनियर मिनराज तामाङले वताए । कोशी राजमार्गसँग जोडिएको उक्त सडक कालोपत्रे भएपछि स्थानीयले सास्तीबाट मुक्ति पाउने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।छथर गाउँपालिका केन्द्र शुक्रबारे बजार हुँदै सरमुकाम म्याङलुङसमेत जोड्

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 88 पटक पढिएको
  • श्री एअरलाइन्सका सबै विमानको उडानमा रोक

    झापा- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।उनले विगतमा श्री एअरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए । क्यानका प्राविधिकले जहाजको इञ्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउने उनले बताए ।प्राधिकरणको यो निर्णयपछि श्री एअरला

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 85 पटक पढिएको
  • झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगरसहित ५ जना पक्राउ

    झापा - झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिनको ३ बजे सुनसरीको दुहबी नगरपालिका ५ फुटबल चोक स्थितमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका-८ का २१ बर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यसै गरी झापाको बिर्तामोड नगरपालिका-२ का २० बर्षीय विश्वास संग्रौलाको कोठाम

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 81 पटक पढिएको
  • उपराष्ट्रपति चयनका लागि शनिबार मनोनयन दर्ता

    काठमाण्डौ :  राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम तय भएको छ ।आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । यसअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको पाँच वर्षको कार्यकाल आउँदो चैत ३ मा सकिँदैछ । उहाँ ०७४ चैत ४ मा उपराष्ट्रपतिमा निर्वाचित हुन

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 52 पटक पढिएको
  • दुर्गा प्रसाईंद्वारा चैत २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द

    काठमाण्डौ  ।  बैंक तथा वित्तीय संस्था विरुद्द आन्दोलन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।उनको आन्दोलनका कार्यक्रम अनुसार अब हरेक शनिबार दिनको १ बजे माइतीघर मण्डलाबाट जुलुस सुरु गरेर बानेश्वरमा कोणसभा गरिनेछ ।चैत १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्जसहित पश्चिम नेपालका दार्चुला, बैतडी, सुर्खेतको महेन्द्रनगर, इटहरी, विराटनगर, धरान र दमकसम्म आमसभा र कोणसभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।चैत्र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, पसल बन्द ग

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 215 पटक पढिएको
  • तुलसी सहकारी बन्द , अध्यक्ष शर्मा फरार

    कोशी  । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था २५ दिनदेखि बन्द हुँदा सर्बसाधारणको डेढ अर्ब रुपैयाँ जोखिममा परेको छ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालय  बन्द छ ।उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार आरोपमा अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दुई जना पक्राउ परेपनि अध्यक्ष केदारनाथ शर्मा फरार छन् । सहकारीबाट एक करोड भन्दा बढी रकम बचत फिर्ता नपाएको भन्दै केही उजुरी परेको छ ।  प्रहरीका अनुसार २०७१ सालमा खुलेको सहकारीले झापाको दमक र उदयपुरको गाइघा

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 468 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.