समाचार

    Showing 20,961-20,970 of 26,736 items.
  • नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

    झापा - सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो ।प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पीडितका परिवारले उजुरी दिएपछि १६ र १७ वर्षका किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।उनकाअनुसार बुधबार दुवै जनाविरुद्ध जबरजस्तीकरणी कसुरमा मुद्दा दर्ता गरेर बालिकाको स्वास्थ्य परीक्षणसमेत गर

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 173 पटक पढिएको
  • चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मृत भेटियो

    काठमाण्डौ-  चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटिएको छ । हिजो बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले अमलाटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक कोर क्षेत्रमा अन्दाजी २० वर्षको एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उहाँका अनुसार आपसमा जुधेर गैँडा मरेको अनुमान छ ।यो सँगै चालु आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा मर्ने गैँडाको सङ्ख्या १३ पुगेको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 173 पटक पढिएको
  • झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट ब्राउनसुगर र नियन्त्रित औषधीसहित पाँच जना पक्राउ

    झापा- प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । विहिबार ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका-३ घई भई सुन्दरहरैचा-१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बुलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन- ८५ पिस र ट्रमाडोल-८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरे सँगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी-३ का २१ बर्षीय सुजल तामाङ र मोरङ स

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 166 पटक पढिएको
  • सरकारले सत्य निरुपणसम्बन्धि संशोधन विधेयक संसदमा दर्ता गर्ने

    काठमाडौं : सरकारले सत्य निरूषण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।  आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले विधेयक आज संसद सचिवालयमा दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। द्वन्द्वकालका मुद्दा लामो समयसम्म टुंगो नलाग्दा पीडितले न्याय पाएका छैनन्।प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालीन मुद्दामा रिट दर्ता भएपछि सरकारले संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउइने दाबी गरेको छ।२०७१ माघमा बनेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अहिले पदाधिकारीव

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 202 पटक पढिएको
  • श्री एयरको जहाज सुरक्षित अवतरण

    झापा : काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काइएको छ।बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको श्री एयरको ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हुँदा धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको हो।उक्त जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जनाकारी दिए।उनका अनुसार चालक दलका सदस्य र यात्रु सुरक्षित छन्।

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 327 पटक पढिएको
  • धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र

    झापा - धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको रु ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ । विसं २०७७ असारमा दुई बर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भिमेश्वर शर्मा जेभी काठमाडौँलाई एक वर्षको म्याद थप गरिएको छ ।पूर्वाधार विकास कार्यालय, भोजपुरअन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव–इन्जिनियर बद्री ढुङ्गानाले जान

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 119 पटक पढिएको
  • महामूर्ख उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई, पत्रकार ऋषि धमला पटमूर्ख

    झापा– २०७९ सालको महामूर्ख उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ ।जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उहाँ मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उहाँलाई त्याे सम्मान दिइएको आयोजकले जनाएको छ ।नगरप्रमुख साहलाई मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित द

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 201 पटक पढिएको
  • ओखलढुंगा : दस वर्षमा ३६ हजारले लिए श्रम स्वीकृति

    झापा-पछिल्लो दस वर्षमा ओखलढुंगाबाट ३६ हजार ४ सय ७७ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । आव २०६९/०७० देखि २०७९/०८० सम्मको वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उक्त अवधिमा श्रम स्वीकृति लिने पुरुषको संख्या ३३ हजार ७ सय ५७ (९२.५४ प्रतिशत) छ ।श्रम स्वीकृति लिनेमा २ हजार ७ सय २० (७.४६ प्रतिशत) महिला छन् । यो तथ्यांकले श्रम गर्न सक्ने युवा बाहिरिएको देखिन्छ । रेमिट्यान्स, ज्ञान, सीप र अनुभव भने भित्रिएको सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगारीले गाउँ युवाविहीन हुनु, जमिन बाँझो हुनु, ठगी र ऋणमा पर्नु, पारिवारिक विचलन आउनु, मृत्यु वा अंगभंग हुनु जस्ता समस्या देखिएका छन् । नेपाल सरकारको ग्

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 115 पटक पढिएको
  • हिमाल आरोहणको तयारीमा रहेका पाँचथरका सेर्मालाई आर्थिक सहयोग

    झापा — अफ्रिका र युरोपका २ वटा हिमाल आरोहणको तयारी गरिरहेका पाँचथरका सुशील सेर्मालाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । किरात याक्थुङ पापोहाङ सेर्मा सङजम्भो प्रवाश दक्षिण कोरियामार्फत संकलित १ लाख ३ हजार रुपैयाँ उनलाई उपलब्ध गराइएको छ । पाँचथरको कुम्मायक–२ निवासी सुशीललाई उक्त संस्थाका अध्यक्ष नरेन्द्र सेर्माले आइतबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा रकम हस्तान्तरण गरे ।यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, आइसल्यान पिक र लाङटाङ हिमाल आरोहण गरेका सुशील तान्जानियास्थित ५ हजार ८ सय ९५ मिटर उचाइको किल्ली मन्जारो र रसियाको माउन्ट एल्बुस नामक हिमाल आरोहणको तयारी गरिरहेका छन् । दुई वटै

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 164 पटक पढिएको
  • लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

    झापा – उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताउनुभयो ।मार्फामा रहनुभएका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको बताउनुभयो । ‘जमिन तातेकाले हिउँ जमिसकेको छैन,’ उहाँले भन्नुभयो, ‘डाँडा भने सेताम्मे भएका छन् ।’ मौसम चिसो भएपछि जमिनमा हिउँ जम्ने लालचनले बताउनुभयो । खेतीपातीका लागि ढिलै भए पनि हिउले फाइदा गरेपनि वर्षाले राम्रो नगर्ने कृषि प्राविधिकक

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 188 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.