समाचार

    Showing 20,971-20,980 of 26,736 items.
  • पक्राउ परे दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा

    झापा- बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो । संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 244 पटक पढिएको
  • पशुपतिनाथ मन्दिरको सरसफाइमा जुट्न आग्रह

    झापा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित मातहतका निकायमा कार्यरत कर्मचारीले हरेक शनिवार दुई घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ गर्ने भएका छन् ।पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीलाई पनि सरसफाइमा जुट्न आग्रह गरेको हो ।मन्त्रालयसहित मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट अब हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 148 पटक पढिएको
  • घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी

    झापा– दाङको घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी भएको छ । चार लेन परियोजना कार्यालय लमहीले सूचना निकालेर ठेक्का रद्द गर्नका लागि प्रकृया थालेको जनाएको छ । परियोजनाले ठेक्का रद्द गर्नुनपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना निकालेको छ ।परियोजना प्रमुख अनिश थापा मगरका अनुसार यदि तोकिएको अवधिमा ठेकेदार कम्पनी सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुनेछ । चौथो पटक थपिएको म्याद आउँदो असारसम्म छ । तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना न्यून रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो ।चार लेनको ठेक्का भारतीय त

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 159 पटक पढिएको
  • हेलिकप्टरबाट हुम्लाका गाउँमा नुन ढुवानी

    झापा : स्थलमार्गबाट समस्या देखिएपछि हुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनले हेलिकप्टरबाट नुन ढुवानी थालेको छ। सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेसन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताए। कैलाश एयरको हेलिकप्टरबाट अनुदानको नुन ओसार्ने काम भइरहेको छ। नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि हेलिकप्टरको माध्यमबाट ढुवानी सुरु भएको हो।हेलिकप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ। बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ। हेलिकप्टरभित्र राख्न

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 161 पटक पढिएको
  • आजकाे माैसम

    काठमाडौं : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसारदेशको उच्च  पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने देखिएको छ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 97 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय महिला दिवस

    झापा । आज मार्च ८ अर्थात् ११३औँ अन्तर्राष्ट्रिय महिला  दिवस मनाइँदै छ ।संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ ।अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 181 पटक पढिएको
  • प्रहरीद्वारा धुलिखेलको ग्रेस होटेलबाट कौडा खेल्ने ९ जना पक्राउ

    काठमाडौं । प्रहरीले काभ्रेपलाञ्चोक जिल्लामा कौडा खेल्ने ९ जनालाई पक्राउ गरेको छ ।धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने २७ वर्षीय महेन्द्र दाहालसमेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 194 पटक पढिएको
  • प्रचण्ड विरुद्ध सर्वोच्चमा रिट, बारको असन्तुष्टि

    काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकोमा असन्तुष्टि जनाएको छ ।मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा संक्रमणकाली नयायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 175 पटक पढिएको
  • सर्लाहीको हरिवनमा पहिलो चार्जिङ स्टेसन सञ्चालनमा

    काठमाडाैं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै  चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो। दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेसनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए।नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रम

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 186 पटक पढिएको
  • वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्रलाइ ६ महिना कैद

    काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसूरमा न्यायाधिकरणले मंगलबार दोषी ठहर गरेको हो ।यही मुद्दामा प्रेस सञ्चालक सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने न्यायाधिकरणको फैसला छ ।न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरुलाई दोषि ठहर गरेको हो । यो मुद्दामा मतियारको रुपमा दाबी गरिएका प्

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 211 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.